Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । चौधौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र…
काठमाडौँ: शुक्रबार क्यानडाको हाउस अफ कमन्सको जुम कन्फ्रेन्स चलिरहेको थियो। सबै सांसदले आआफ्ना सुझाव दिइरहेका थिए। यहीबीच एक जना सांसद भने पिसाब फेरिरहेको देखिए! जसले गर्दा लाजमर्दाे स्थिति उत्पन्न भयो। भिडिओ सम्मेलन क्रममा पिसाब फेरिरहेको देखिने सांसद हुन्– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोका लिबरल पार्टीका विलियम अमोस। जो एक महिनाभित्र दोस्रोपटक भिडिओ कन्फ्रेन्समा नग्न अवस्थामा देखिएका हुन्। यस घटनापछि उनको राजीनामा मागिएको छ। यस विषयमा सांसद अमोसले ट्विट गर्दै भनेका छन्, ‘म संसदको भिडिओ बैठक चलिरहेका बेला पिसाब गरिरहेको थिएँ, तर मलाई लागेको थियो– मेरो क्यामेरा बन्द छ। तर पछि थाहा भयो– मबाट गल्ती भएछ। म यतिबेला एकदमै लज्जित छु। यसका…
काठमाडौं: सभामुख अग्नि सापकोटाले नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताएका छन् । गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको समेत उल्लेख गरेका छन् । ‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौं,’ सापकोटाले सन्देशमा भनेका छन्, ‘यस विषम परिस्थितिमा अझ जिम्मेवारीवोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको हो । शुक्रबारदेखि गरिएको परीक्षण्मा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो । परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएकालाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर…
काठमाडौं । विपक्षीले संविधान मिचेर अगाडि बढेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने संविधानको कार्यान्वयनमार्फत् जनताको हातमा प्रतिफल पुर्याउन दत्तचित्त भएको बताएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रलाई कसैको स्वार्थसिद्धिका लागि उपभोगको रुपमा अर्थ्याउने परिभाषा हानिकारक भएको पनि बताएका छन् । शनिबार बिहान सैनिक मुख्यालयमा आयोजित १४ औं गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो। जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो। जनताले सात दशक लामो बलिदानीपूर्ण…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उनले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको स्मरण गरे । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’
काठमाडौं: यस वर्षको गणतन्त्र दिवसको मूल समारोहको कार्यक्रम सैनिक मुख्यालयभित्र आयोजना हुँदैछ। गृह मन्त्रालयका प्रबक्ता जनकराज दाहालका अनुसार विशेष समय र परीस्थितिका कारण (कोरोना) र मौसम प्रतिकुलताले गर्दा पनि मूल कार्यक्रम आज जंगी अड्डाभित्रै गर्न लागिएको हो। यसका लागि मुख्यालय भित्र सीमित संबैधानिक पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम हुन लागेको हो। दिवसको मूल आयोजक समारोहका अध्यक्ष प्रम ओली आफै हुनुहुन्छ । गणतन्त्र दिवस जंगी अड्डा भित्र मनाइएको यो पहिलो घटना हो । प्राद्यापक डा सुरेन्द्र केसीले भने जंगी अड्डाभित्र लगेर गणतन्त्र मनाउनुले जनतामा राम्रो सन्देश नजाने बताए। कोभिड नै कारण हो भने गत वर्ष पनि यो ब्याधी थियो उनी तर्क गर्छन। पानी…
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सो सम्बोधनमा जारी कोरोना महामारीमा सरकारले गरेका गतिबिधि, महामारी नियन्त्रणका लागि गरेका प्रयत्नहरुको विवरण पेस गरेका थिए। प्रधानमन्त्री ओलीले विभिन्न देशबाट कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि प्रयास भइरहेको र सबै नेपाली वयस्क नागरिकलाई खोप लगाउने प्रतिवद्धता व्यक्त गरे। त्यसैगरी उनले सम्बोधनमा आफू नेतृत्वको सरकारले धेरै राम्रा कामहरु गर्न चाहेपनि आफ्नै पार्टी एमाले र अरुको असहयोगका कारण गर्न नपाएको फेहरिस्त प्रस्तुत गरेका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अन्य दलहरुलाई पनि सरकारमा सहभागी हुन आग्रह गरे। ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन। जनतालाई दलहरूबारे मूल्याङ्कनको मौका दिनु र…
