Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् ।

Read More

नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट सुरु गर्नुपर्ने माग ओलीले नसुनेपछि नेपाल समूह पार्टीबाटै बाहिरिने वा सांसद पदबाट सामूहिक राजीनामा दिएर आन्तरिक संघर्ष गर्ने भन्नेबारे छलफलमा जुटेको हो । एमाले अध्यक्ष ओली नेतृत्वमा रहेको सरकारले विश्वासको मत आर्जन गर्न नसकेपछि अहिले नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा नेपाल पक्ष निर्णायक स्थानमा छ । नेपाल पक्षका सांसदले राजीनामा दिए विपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि…

Read More

काठमाडौं: हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) विहीबार हुने भएकाे छ । उच्च व्यवस्थापन र नाम के रहने भन्ने लामाे विवादमा सहमति भएसँगै गत साता बसेकाे दुवै बैंककाे सञ्चालक समिति बैठकले मर्जरमा जाने प्रस्ताव अनुमाेदन गरेकाे थियाे । मर्जरपछि बन्ने बैंकको नाम, सञ्चालक समिति, अध्यक्ष र स्वाप रेसियो तथा उच्च व्यवस्थापन जस्ता विषयमा सहमति जुटेसँगै मर्जरकाे प्रारम्भिक सहमतिमा हस्ताक्षर हुन लागेकाे हाे । भाेलि ३ बजे छायाँ कम्प्लेक्सकाे हाेटेल अलफ्टमा दुई बैंकका अध्यक्षले सम्झाैतामा हस्ताक्षर गर्नेछन् । दुई बैकबीच कर्मचारी समायाेजन, सफ्टवेयर कुन बैंककाे चलाउने भन्ने विषयमा भने छलफल भएकाे छैन । बाँकी कुरा स्वतन्त्र विज्ञबाट मुल्यांकन…

Read More

काठमाडौँ: जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो पार्टी वैकल्पिक सरकारको पक्षमा नरहेको जानकारी गराएका छन्। राष्ट्रपति भवन शितल निवास पुगेर ठाकुर र महतोले अर्का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका लागि पार्टीको सिफारिस ल्याएमा नमान्न समेत आग्रह गरेको स्राेतले बतायो। यादव दोस्राे वरियताको अध्यक्ष भएको र निर्वाचन आयोगमा समेत ठाकुरकै हस्ताक्षर चल्ने जानकारी ठाकुर र महतोले राष्ट्रपतिलाई गराएका थिए। तर जसपाको विधानमा अध्यक्षहरुको वरियता नतोकिएको यादव पक्षीय नेताहरुको भनाई छ। जसपका अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री केपी ओलीकै निरन्तरताको पक्षमा छन् भने अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा…

Read More

काठमाडौँ: नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन्। राजीनामा तयार पारिसकिएको र बिहीबार बिहान सोको जानकारी संसद् सचिवालयलाई दिइने एक नेताले बताए। ती सांसदले २८ जनाले राजीनामा पत्रमा हस्ताक्षर गरेको पनि बताए। तर, उनका अनुसार कांग्रेस नेतृत्वमा गठनबन्धन सरकार बन्न आवश्यक सांसदले मात्र राजीनामा बुझाउने तयारी छ। ‘२८ जनाको राजीनामा दिनेगरी हामीले तयारी गरेका छौँ, भोलि समयमै राजीनामा दिन्छौँ,’ ती नेताले भने, ‘कांग्रेसको नेतृत्वमा बहुमत पु¥याउन आवश्यक संख्याले मात्र पनि राजीनामा दिनसक्छौँ।’ ‘हामीले फर्स्ट आवरमै राजीनामा दिएको जानकारी संसदमा गराउनेछौँ,’ ती सांसदले भने। सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका केही नेताहरुले भने अझै पनि अध्यक्ष…

Read More

काठमाडौँ: निजी अस्पताललाई आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सयभन्दा बढी बेड क्षमता भएका अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो। तत्काल अक्सिजन प्लान्ट सञ्चालन गर्ने अस्पताललाई सरकारले सहजीकरण गरिदिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। ‘उहाँहरूले प्लान्ट सञ्चालन गर्ने हो भने सरकारले फ्लाइट व्यवस्थापन गरिदिन्छ, भारतबाट ल्याउनुछ भने कूटनीतिक पहल गरेर ल्याउन सहयोग गर्छ,’ डा. गौतमले भने, ‘सबै अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्नैपर्छ, यसरी हुँदैन।’ निजी अस्पतालले अक्सिजनको अभाव भएको भन्दै बिरामी भर्ना लिन छाडेका छन्। तर अक्सिजनले जति भ्याउँछ त्यतिलाई मात्रै भर्ना गर्ने, अक्सिजन प्लान्ट…

Read More

काठमाडौँ, २९ वैशाख (रासस) : मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो । तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ । नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो । अहिले अन्तरराष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित सङ्ख्यामा…

Read More

मकवानपुर, २९ वैशाख: वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक/एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो । वाग्मती प्रदेशमा पछिल्लो २४…

Read More

भक्तपुर, २९ वैशाख (रासस) : भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ । जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भाँैतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गर्नुभएको हो । “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले ट्वीटमा भन्नुभएको छ । आज नेपालसहित विश्वभरि नै ‘नर्स ः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै…

Read More