Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सबै तहका परीक्षा स्थगन गर्न सिफारिस गरिएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने भन्दै सिफारिस गरिएको सीसीएमसीको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । त्यसैगरी बैठकले भोलिदेखि शुरु हुने विद्यालय तहका सबै परीक्षा पनि स्थगित गर्न सिफारिस गरेको उनले बताए । बैठकमा काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् । बैठकले लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भएका छन्। नयाँ थपिएका सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ । यसैगरी २४ घण्टामा…
काठमाडौँ: सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकपछि आइतबार बालुवाटारमा संवाददाताहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल देशभरि लकडाउन नगर्ने बताए। ‘लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। अर्थतन्त्र पनि भर्खर तंग्रिन लागेको छ,’ ज्ञवालीले भने,‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’ मन्त्री ज्ञवालीले सरकारको ध्यान नागरिकहरूमा जनचेतना फैलाउने र स्वास्थ्य मापदण्ड पालना गराउनेमा केन्द्रीत हुने बताए। एमाले प्रवक्तासमेत रहेका ज्ञवालीले आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका संगठनहरूलाई कोभिड…
काठमाडौँ: नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन सक्ने सम्भावनाबारे आज बालुवाटारमा छलफल भएको छ। एमाले महाधिवेशन आयोजक कमिटीको आइतबारको बैठकमा अविश्वास प्रस्ताव आउन सक्नेबारे छलफल भएको हो। एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको छ। ‘अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको छ। प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन। तर कर्णालीकै जस्तो विभिन्न ठाउँमा ‘फ्लोर क्रस’ गराउन पनि प्रयास हुँदै गरेका छन्, तीबारे आवश्यक जानकारी लिइरहेको र यसबारे पछि निर्णय गर्ने गरी छलफल भएको छ,’ बालुवाटारमा उनले पत्रकारहरूसँग भने। एमालेमा माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि…
काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशनविपरित नेपाली सेनाले काठमाडौं-तराई/मधेश द्रुतमार्गअन्तर्गतको सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनी पोली चङ्दालाई सुम्पेको छ । गत चैत १९ मा लेखा समितिले दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएको पोली चङदा इञ्जिनियरिङको छनोट रद्द गरी नयाँ प्रक्रियामा सुरु गर्न निर्देशन दिएको थियो । प्याकेजको बोलपत्र भर्ने म्याद नसकिँदै एक दिनअघि लेखा समितिले यस्तो निर्देशन दिएको थियो । तर, सेनाले आइतबार (आज) उहीँ पोली चङदालाई ठेक्का दिने सूचना जारी गरेको छ । सेनाले २० करोड ८५ लाख ७६ हजार ९ सय ३१ अमेरिकी डलरमा कम्पनीलाई ठेक्का दिएको छ । सेनाले लेखा समितिको निर्देशनको अवज्ञा गरे पनि…
काठमाडौँ: नेपाली सेना साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्ड भएको नयाँ संरचनामा जाने भएको छ । अब सेनामा चार कमान्ड हुनेछन् । पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा मध्य कमान्ड र कर्णाली नदीको बहावको आधारमा पश्चिम कमान्ड हुनेछन् । उपत्यकामा भने रणनीतिक महत्त्वको आधारमा उपत्यका कमान्ड हुनेछ । मन्त्रिपरिषद्ले फागुनमा सेनाको नयाँ संरचना कार्यान्वयनमा लान स्वीकृति दिएपछि नयाँ संरचना बन्न लागेको हो । अहिले सैनिक मुख्यालयपछि सात प्रदेशमा सात पृतना र उपत्यकामा एउटा पृतना गरी आठ पृतना छन् । अब सबै पृतना खारेज हुनेछन् । पृतनाको नेतृत्व दुईतारे जर्नेल (उपरथी) ले गरिरहेका छन् । अब कमान्डको नेतृत्व पनि उपरथीले…
काठमाडौँ: चीनले भारतलाई कोरोनाभाइरसको महामारीविरूद्ध लड्न सहयोग गर्ने प्रस्ताव गरेको छ। यी दुई मुलुकबीच सीमा विवादका कारण केही समयदेखि तिक्ततापूर्ण सम्बन्ध जारी छ। पछिल्लो समय भारत कोभिड-१९ को संसारकै हटस्पट बनेका बेला छिमेकी चीनले सहयोग गर्ने प्रस्ताव गरेको हो। ‘कोरोनाभाइरसविरूद्धको लडाइँमा चिनियाँ सरकार भारतीय जनता र सरकारको पक्षमा छ। भारतको आवश्यकताअनुसार चीन सरकार सहयोग गर्न तयार छ। यस विषय भारतीय पक्षसँग कुराकानी पनि भइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्। एकातिर दैनिक साढे ३ तीन लाख संक्रमित थपिइरहेका र अर्कातिर अमेरिकाले खोप बनाउन चाहिने सामग्रीको आपूर्ति रोकेका बेला भारतलाई चीनले सहयोगको प्रस्ताव राखेको हो। भारतमा अहिलेसम्म चीनले…
काठमाडौँ: आइतबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। समसामयिक राजनीति, राष्ट्रिय सभाको एक सदस्य चुन्न जेठ ६ मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न भोलि सोमबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। त्यसअघि आज दिउँसो २ बजे सभापति देउवाको निवास (बूढानीलकण्ड) पदाधिकारी बैठक बस्न लागेको कांग्रेस नेताले बताएका छन्। बैठक कांग्रेसको १४औं महाधिवेशन तयारीबारेमा केन्द्रित हुने बताइएको छ। सोमबार बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो।
काठमाडौँ: २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु पारेर गएको विनाशकारी भूकम्पको ६ वर्ष पूरा हुँदैछ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प गएको ६ वर्षमा पुनर्निर्माण सन्तोषजनक रहेको दावी गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्षभित्र आधारभूत संरचनाहरुको पुनर्निर्माण सम्पन्न गर्ने र बाँकी रहेका कामहरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गर्ने जनाएको छ। प्राधिकरण स्थापना भएको ६४ महिनामा पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ। अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको प्राधिकरणले जानकारी दिएको छ। पहिलो किस्ता वितरण ९९.८६…
भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात पनि दिए । यस्तै, मृतकको आँकडाको कुरा गर्ने हो भने एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ ।…
