Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, २२ चैत (रासस) : नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सदस्यले नेपालको उत्पादनले कहिलेसम्म पेट पालेर बस्ने भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका हुन् । कृषिमा वैदेशिक लगानी खुलाको विषयमा भएको छलफलमा सांसद अमृतादेवी अग्रहरिले नेपालले कृषि उपज अन्य देशबाट ल्याउनुपर्ने अवस्था आएको बताउनुभयो । “हामी कृषि प्रधान देश भन्छौँ, अधिकांश कृषि उपज विदेशी देशबाट ल्याउनुपर्ने अवस्था आएको छ, विदेशी देशबाट ल्याउनु नै छ भने विदेशी कम्पनीलाई किन नल्याउने ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो,…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको हो । ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ज्येष्ठ नागरिकको सम्पती संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था छ । तर, रेग्मीले ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको आरोप छ ।

Read More

काठमाडौँ: शेयर बजार परिसूचक नेप्से ६ साताको अन्तराल पश्चात ऐतिहासिक उचाईमा पुगेको छ । नेप्से सूचले नयाँ रेकर्ड बनाउँदा कारोबार रकममा समेत सुधार आएको छ। यो साताको पहिलो दिन नेप्से सूचक २५.७१ अंकले बढेर हालसम्मकै उच्च विन्दु २६५७.६१ विन्दुमा उक्लिएको छ । यसअघि गत फागुन ९ गते नेप्से २५४०.३५ विन्दुमा पुगेको थियो । फागुन ९ को उच्चविन्दु पश्चात घट्न थालेको नेप्से २३९० विन्दुबाट बाउन्स ब्याक भएर नयाँ उचाईमा पुगेको हो । बजारमा हल्ला गरिएजस्तो तरलता असहज नभएपछि बजारले सुधारको लय समातेको थियो । साथै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक विवरण सार्वजनिक गर्ने दिनहरु नजिकँदै गर्दा प्रगति उन्मुख वित्तीय विवरण आउने…

Read More

काठमाडौँ: माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डाकिएको बैठक केही नेताहरू उपत्यका बाहिर रहेको कारण देखाउँदै स्थगित गरिएको हो । अर्को बैठकको मिति तय भइ नसकेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । अबको स्थायी कमिटी ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी रहेको साहले जानकारी दिए । ‘ समर्थन फिर्तासँगै अविश्वासको प्रस्तावलाई पनि कसरी मुभ गराउने भन्ने प्राविधिक पक्षबारे छलफल गर्छौँ, यसबारे कांग्रेस र जसपासँग भएको अनौपचारिक समझदारीबारे अध्यक्ष प्रचण्डले जानकारी गराउँनु हुनेछ,’ साहले भने । कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार…

Read More

काठमाडौँ: भारतमा थप ९२ हजार ९९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि (शनिबार) चैत्र २१ मा भारतमा यो वर्षको दोस्रो धेरै ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख २७ हजार १२२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ९२ हजार ३५० छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख…

Read More

नेपालगन्ज: बाँकेको नरैनापुर गाउँपालिका-४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा एक सय १५ घर जलेर नष्ट भएका छन् । घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो साढे ३ बजेतिर आगलागीमा परी ४ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन । आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिए । जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन्। कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताएका हुन्। कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए। उनले भने ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउँछौंँ।’ सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनस्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन…

Read More

काठमाडौं: नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई पार्टी एकता जोगाउन आग्रह गरेकी छन् । शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् । भेटवार्तामा राष्ट्रपति भण्डारीले नेता खनालको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेकपा एमालेभित्र देखिएको विवादबारे चिन्ता प्रकट गरेकी थिइन् । ‘लोकतन्त्र बलियो बनाउन पार्टीहरू पनि बलियो हुनुपर्छ । सबै पार्टी बलिया भएमात्रै लोकतन्त्र जोगिन्छ । एकीकृत पार्टी पनि नटुटोस्, सकेसम्म मिलेर जानुस्’, खनाललाई राष्ट्रपति भण्डारीको आग्रह छ । भेटपछि नेता खनालले राष्ट्रपति भण्डारी आफ्नो निवासमा आएर समसामयिक विषयमा कुराकानी गरेको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रसंग जोडिएका गल्फ लगायत खेलकुद प्रबद्र्धन गर्न सके विदेशी मुद्रा आर्जन गर्न सकिने बताएका छन् । देशमा आवश्यकता अनुसारले गल्फ कोर्टहरू बनाई यो खेलको विकासमा लाग्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ । नेपाल चेम्बर अफ कमर्श ७० औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला तथा पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दै गभर्नर अधिकारीले खेल पर्यटन पनि आर्थिक उन्नयनका निम्ति उपयोगी बन्न सक्ने बताएका हुन । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले आउँदा वर्षहरूमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ लाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिने बताए । उनले गल्फ लगायत खेलकुदमार्फत पर्यटनको विकासमा सरकारसँग…

Read More

कपिलवस्तु: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने र नयाँ सरकार आउने दाबी गरे । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केही दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’ अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको दाबी गरे । माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई…

Read More