Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन्। गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले भेनका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो।’

Read More

काठमाडौँ: नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको निर्णयको प्रतिकार गरिने बताएका छन्। नेपालखबरसँग संक्षिप्त कुरा गर्दै उनले कसैले चाहँदैमा पार्टीभित्र एकलौटी नहुने बताएका हुन्। ‘आज जुन निर्णय भयो भनेर समाचार आएका छन्। त्यसको प्रतिकार हुन्छ,’ भुसालले भने, ‘ओलीले अहिले जुन निर्णय गरेका छन्। त्यसलाई असफल बनाइन्छ। यसको राजनीतिक र वैचारिक रूपमा प्रतिकार गर्ने कुरा छँदै छ। कानुनी रूपमा प्रतिकार हुन्छ।’ शुक्रबार एमाले अध्यक्ष ओलीले लगातार दुईवटा बैठक राखेर माधवकुमार नेपालसहितका नेतालाई महत्वपूर्ण जिम्मेवारीबाट हटाएका छन्। त्यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमाओवादीबाट एमालेमा आएका २३ जनालाई विभिन्न पदमा मनोनयन गरेका छन्। भुसालले…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख ७ गतेदेखि देशभर कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तयारी भएको छ। अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप नेपालले गत माघ १४ गतेबाट देशभर लगाउन सुरु गरेको हो। सुरुमा चार हप्तापछि लगाइने बताएको मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुई खोपबीचको समय जति बढी भयो त्यति खोप प्रभावकारी हुने नयाँ तथ्य सार्वजनिक गरेसँगै १२ हप्तापछि दोस्रो डोज लगाउने तयारी गरेको हो। ‘बैशाख ७ देखि बैशाख १५ सम्म दोस्रो डोज खोप लगाउने मन्त्रालयको तयारी छ,’ मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने। पहिलो डोज खोप लगाएको कार्ड बोकेर पायक पर्ने स्थानमा…

Read More

काठमाडौँ: नेकपा एमालेका विभिन्न विभागका प्रमुख लगायत नेताहरुको महत्वपूर्ण जिम्मेवारी हेरफेर गरिएको छ। ओली समूहको शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले बिभिन्न नेताहरुको जिम्मेवारी फेरबदल गरेको हो। तर सो बैठकमा माधवकुमार नेपाल पक्षको भने उपस्थिति नै थिएन। उनीहरुलाई बैठकबारे कुनै जानकारी नै नभएको बताएका छन्। शुक्रबारको निर्णयसँगै संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेलले प्राप्त गरेका छन्। माओवादीसँग पार्टी एकीकरण गरी नेकपा बन्नुअघि एमालेमा यो जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका डा. राजन भट्टराईलाई विदेश विभाग प्रमुख बनाइएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हटाई उनको ठाउँमा भट्टराईलाई चयन गरिएको हो। निर्वाचन विभागको प्रमुखमा…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले माधव नेपाल समूहको कब्जामा आउने बताएका छन्। बुटवलमा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले नेपाल समूहले एमाले कब्जा गर्न नसके विद्रोह गर्नुपर्ने अवस्था आउने बताएका हुन्। ‘या त माधवजीहरुले छिट्टै एमाले क्याप्चर गरेर केपी ओलीलाई हटाउने स्थिति हुन्छ। होइन भने विद्रोह गर्ने स्थिति बन्छ’, प्रचण्डले भने, ‘उहाँहरु हामी मिलेर फेरि एउटा आन्दोलनकारी ठूलो कम्युनिस्ट शक्ति बनाउछौँ।’ उनले प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको कदमविरुद्ध नेपाल र खनालसहित देश दौडहामा निस्केको र त्यस क्रममा आफूहरुबीच भावनात्मक संम्बन्ध बनेको बताए। अध्यक्ष प्रचण्डले अबको आफ्नो…

Read More

काठमाडौँ: वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ। ६३ वर्षीय शर्माको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो। उनले लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा काम गरेका थिए। उनका आफ़न्ताका अनुसार हिजो बिहीबारदेखि शर्माको फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएको थियो। दाहालका अनुसार शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। उनले हालसालै एक ट्विट गरेका थिए जुन प्रम ओली संग संदर्भित छन् – शर्मा केपी शर्मा ओलीले २०७४ सालको आम निर्वाचन जित्दा, उनले हालको सरकारलाई पूरा ५ वर्ष कार्य गर्न सफल भए मात्रै २०७४ को चुनाव सफल भएको मानिनेछ भनेर सन् २०१७ मा एक ट्विट…

Read More

काठमाडौँ: काठमाडौँको बौद्धबाट बरामद भएको युरेनियम २० वर्ष पहिले नै भारतबाट नेपाल ल्याइएको प्रहरीले जनाएको छ। भारतमा रहेको युरेनियम खानीमा काम गर्ने अम्बर लामाले घर फर्किंदा सो युरेनियम ल्याएको महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरि पालले बताए। युरेनियमसहित पक्राउ परेकी अम्बर लामाकी बुहारी जानुका तामाङले २० वर्ष पहिले नै ससुराले ल्याएको र अहिले बिक्री गर्न खोजेको प्रहरीलाई बताएकी छन्। अम्बर भने ५/६ वर्ष पहिलेदेखि छोरीसँग अमेरिकामा बस्दै आएका छन्। जानुकाका श्रीमान् पनि अमेरिकामै छन्। अम्बरले युरेनियमको कुरा सुनाएपछि जानुकाले बेचबिखन गर्ने सोच बनाइन्। उनले सुरुमा रामेछापकै नारायणसिंह तामाङलाई भनिन्। नारायणसिंहले बहुमूल्य भएको र बेच्दा निक्कै रकम आउने…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार बुटवल आएका छन् । बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको महाधिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउन लागेका हुन् । संघको प्रथम महाधिवेशन बुटवलका हँुदै छ । सोही अवसरमा विहान दलित पत्रकार संघको आयोजनामा बुटवलमा प्रभातफेरी कार्यक्रम भएको थियो । उक्त कार्यक्रम उद्घाटन गरेपछि प्रचण्डले दिउँसो बुटवलको क्लब डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौँ: पुनर्स्थापित एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ। सर्वाेच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज गरेपछि यसमा मिसिएका पहिलेकै दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन्। त्यसयता एमालेले पहिलोपटक केन्द्रीय कमिटीको बैठक राख्न लागेको हो। बैठक चैत १ गते (आगामी आइतबार) धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने कार्यालय सचिव ईश्वरी रिजालले नेपालखबरलाई जानकारी दिए। एमालेले केही दिनअघि नै केन्द्रीय कार्यालयबाट नेकपाको बोर्ड हटाएर आफ्नो साइनबोर्ड राखिसकेको छ। ऋषि कट्टेलले आफूले नेकपा नामको पार्टी निर्वाचन आयोगमा पहिले दर्ता गराइसकेको अवस्थामा एमाले…

Read More

काठमाडौँ: सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदलस्तरको निर्णायक बैठक हुँदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो। जसपाका शीर्ष नेताले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए। हिजोको वार्ता सकारात्मक भएपछि आज पुनः बैठक बस्न लागेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। हिजोको वार्तामा ओलीले सत्तामा सहभागी भए जसपाले उठाएका सबै माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेपछि आज दुई पार्टीले बनाएको कार्यदलस्तरको निर्णायक बैठक बस्न लागेको हो। जसपासँग वार्ता गर्न प्रधानमन्त्री ओलीले विष्णु पौडेल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेता सुवासचन्द्र नेम्वाङ सम्मिलित कार्यदल बनाएका छन्। जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण…

Read More