Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अविस्वासको प्रस्ताव पास गरेर आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आइतबार झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका हुन् । ‘तपाईंहरुले संसद फिर्ता गरेर ल्याउनुभएको छ भने, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् ।’ पहिले पनि हटाउँदा जनताले आफूलाई जिताएर पठाएको उल्लेख गर्दै उनले अहिले हटाए तीन करोड जनताबाट फेरि दुई तिहाई मत ल्याएर देखाउने दावी गरे । ‘त्यसैले चिन्ता गर्नुपर्ने अहिलेको अवस्था होइन’ उनले भने, ‘संसद पुनः स्थापना त भयो । तर, पार्टीको नेता र…

Read More

काठमाडौँ: कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा शेयर बजार परिसूचक मापक नेप्से आइतबार ३.१२ प्रतिशत अर्थात ७९.७४ अंकले घटेर २ हजार ४७४ दशमलव ३९ अंकमा झरेको छ । कोरोना भाइरस संक्रमणका कारण लगानीका अन्य क्षेत्रहरु खुम्चिएर बैंकिङ्ग प्रणालीको ब्याजदर न्यून भई सबैतिरबाट शेयर बजारमा भित्रिएको पार्किङ्ग मनि बाहिरिन थालेसँगै एकपछि अर्को दिन नेप्सेको घट्ने क्रम बढेको हो । बिहीबार ४४ अंकले घटेको नेप्से आइतबार ८० अंकले घटेको छ । आइतबार २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर ९६ हजार १५१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४…

Read More

काठमाडौं: भारत सरकारले नेपालको बिजुलीलाई आफनो बजारमा प्रवेश गर्न दिने नीति कार्यान्वयनमा ल्याएको छ । नेपालले लामो समयदेखि गर्दै आएको पहल स्वरुप नै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले विजुली व्यापारका लागि मार्गप्रशस्त गरिदिएको छ । तर त्यसमा नदेखिने तर स्पष्ट बुझिने एउटा सर्त भने राखेको छ । त्यसमा नेपाल र भारतले लगानीकर्ता बाहेक अन्य देशका लगानीकर्ताको लगानी रहने बिजुली भने भारतीय बजारमा प्रवेश पाउने छैन । नेपालमा पछिल्ला दिनमा चिनियाँ लगानीकर्ताले जलविद्युत् क्षेत्रमा ठूला लगानी भित्र्याउने तयारी गरिरहेका छन् । केही आयोजनामा त चिनियाँ कम्पनीले लगानी समेत गरिसकेका छन् । भारतले आफना लगानीकर्ताले लगानी गरेका आयोजनाबाट उत्पादित बिजुलीलाई मात्रै आफनो…

Read More

काठमाडौँ: चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो । “सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने । रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा…

Read More

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा सेयर बजारबाट लगानीकर्ताले करिब सवा खर्ब रुपैयाँ नाफा कमाएका छन् । यो गत साउनदेखि माघसम्म सेयर कारोबारबाट लगानीकर्ताले कमाएको कुल आम्दानीबाट कर तिरेपछिको रकम हो । चालु आर्थिक वर्षका प्रायः सबै महिना सेयर बजार बढिरहेको छ । बढेको बजारबाट नाफा सुरक्षण (प्रोफिट बुक) गर्ने क्रममा लगानीकर्ताले करिब सवा १ खर्ब रुपैयाँ नाफा कमाउन सफल भएका हुन् । खासगरी लकडाउनपछि खुलेको बजार बुलिस (निरन्तर बढिरहेको) ट्रेन्डमा रहेकाले लगानीकर्ताले राम्रो नाफा आर्जन गर्ने अवसर पाएको जानकारहरू बताउँछन् । गत साउनदेखि माघसम्म लगानीकर्ताले सेयर कारोबारमा ५ अर्ब ६६ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यो लगानीकर्ताले सेयर कारोबारमा कमाएको कुल नाफाको…

Read More

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन् । दाहाल आइतबार बिहान ११ बजेतिर सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालतमा आइतबार लिखित जवाफ दिएर फर्क‌ंदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल । दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलनासम्बन्धी रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए । निवेदनमा दाहालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला…

Read More

एजेन्सी: कप्तान लियोनल मेस्सिको उत्कृष्ट प्रदरश्नमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । खेलको २९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए । ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए । जितसँगै बार्सिलोना २५ खेलमा ५३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंकसहित चौंथो स्थानमा छ…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ । सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय कसैको हार वा जितको विषय नभएको बताएका छन् । शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सर्वोच्चको आदेशलाई स्वीकार गर्दे संसदको अधिवेशनको मिति समेत तय भइसकेको अवस्थामा यसलाई हार वा जितको बिषय बनाउन नहुने समेत बताए । उनले केहीले प्रधानमन्त्रीको राजीनामाको कुरा उठाइरहेको भन्दै अहिले नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै बाध्यात्मक अवस्था नरहेको स्पष्ट पारे । नेम्वाङले संसद पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै ओलीले सबै प्रकारको प्रस्तावको सामना गर्ने जिकिर गरे । अविश्वास प्रस्ताव फेल भएमा सरकार…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दाबी गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यसलाई ठाडै अश्विकार गरेको भन्दै हिमालय टेलिभिजनको अनलाइन संस्करणले समाचार तयार पारेको छ । उक्त टेलिभिजनको अनलाइन संस्करणले कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने भन्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएको उल्लेख गरेको छ । समाचारका अनुसार प्रचण्ड–नेपाल समूहको नेकपाले ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास गरिरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो सम्भावना नरहेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।

Read More