Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो। पार्टीका दुई अध्यक्षबीच चिसो बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍मा यस्ताे प्रस्ताव लगेका हुन्। उनको प्रस्तावमा केही मन्त्रीहरुले लकडाउनको अहिलेको परिस्थितिमा यस्तो निर्णय गर्नु पर्‍यो भनेर प्रश्न समेत उठाएको ती मन्त्रीले सुनाए। प्रधानमन्त्री ओलीले यसको अहिले आवश्यकता रहेको बताएपछि निर्णय भएर आजै राष्ट्रपति…

Read More

काठमाडौँ: उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन् । राहतको अभावमा दैनिक सयौँ नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा निरन्तर आइरहेका बेला उपत्यका नगरपालिका फोरम, काठमाडौँले दुई लाख ११ हजार बढी परिवारलाई राहत उपलब्ध गराएको जानकारी दिएको हो । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न नगरपालिका फोरमलेले केही दिन अघि मात्रै राहतको अभावमा उपत्यका नछाड्न उपत्यकावासीलाई आग्रह गर्दै संयुक्त अपिल गरेको थियो । उपत्यकाका १८ मध्ये १४ वटा नगरपालिकाका प्रमुखसहित काठमाडौँको राष्ट्रिय सभागृहमा बसेको उपत्यका नगरपालिका फोरमको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा…

Read More

काठमाडौं : लकडाउनको महिना चैतमा बाणिज्य बैंकहरुमा ४९ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । बन्दाबन्दीले सम्पूर्ण क्षेत्र प्रभावित बनेको र आर्थिक गतिविधि ठप्प हुँदा समेत बैंकमा पैसा राख्नेको कमी देखिएको छैन । सम्पूर्ण क्षेत्र प्रभावित हुँदा बैंकको व्यवसायलाई खासै असर नगरेको बैंकमा जम्मा भएको निक्षेप र प्रवाह भएको ऋणले देखाएको छ । चालु आर्थिक वर्षको (२०७६—२०७७) नौ महिना (चैतसम्म) सम्ममा बाणिज्य बैंकहरुमा ३१ खर्ब ८९ अर्ब निक्षेप पुगेको छ । फागुन सम्ममा यस्तो निक्षेप ३१ खर्ब ४० अर्ब रुपैयाँ थियो । फागुनमा मात्रै ७४ अर्ब निक्षेप संकलन भएको तथ्यांकले देखाउँछ । यता चैत मसान्तसम्ममा २८ खर्ब १० अर्ब…

Read More

विराटनगर: भारतसँग सिमा जोडीएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको मोरगंको विराटनगरमा र्यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) कीट अभाव भएको छ । कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले चार दिनअघिबाट सुरु भएको यो प्रविधिको परीक्षण नै रोक्नुपरेको बताए । ‘पर्याप्त कीट नहुँदा परीक्षण नै रोक्नुपरेको छ । प्रदेश सरकारसँग भनिरहेका छाँै । तर उपलव्ध नभएकाले रोक्दै काम गर्नुपरेको छ’, अधिकृत पोखरेलले भने, ‘हाम्रो महानगरभित्र ५ सय कीट चाहिने अनुमानसहित टेस्ट गर्न थालेका थियौँ । अहिलेसम्म १९८ जनाको परीक्षण भएको छ सवैको नतिजा नेगेटिभ आएको छ तर अब बाँकी अझै…

Read More

काठमाडौँ: सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको बताए । प्रहरी अधिकृत कसैले स्वेच्छिक…

Read More

काठमाडौं: कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताएका हुन । ‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन…

Read More

काठमाडौँ: विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैर आबासीय नेपाली संघले (एनआरएनए) पहल थाल्ने भएको छ। खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचिल्लीमा परेका खबरहरु आईरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो। संघको ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठकमा संघका अभियन्ताहरुले बिद्यार्थी, श्रमिक तथा बिबिध कारणले अबैधानिक रुपमा बस्दै आएका नेपालीहरुको अबस्थाबारे चिन्ता प्रकट गरेका छन्। परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्य सम्म गैर आबासीय नेपालीहरुलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठक भित्र सो बिषयमा गहन छलफल भएको हो । आइतवार कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले’ कोभिड–१९’ पछि…

Read More

काठमाडौँ: संघीय सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने गृहकार्य थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको मन्त्रालयसम्बद्ध एक उच्च स्रोतले पहिलोक्लिकलाई सोमबार जानकारी दिएको हो । उनका अनुसार बैशाख १५ पछि बन्दाबंदी यस्तै तरिकाले जाँदैन बरु यसको स्वरुपमा परिवर्तन हुनेछ । “अरु सम्बध मन्त्रालयले पनि आआफ्नै तरिकाले तयारीहरु गरिरहेका छन्। देशभर अहिलेजस्तै लकडाउन धान्न सक्ने अवस्था छैन’, उनले भने। सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ। बढी संक्रमण देखिएको क्षेत्रमा अहिलेकोभन्दा कडा लकडाउन गर्ने र बाँकी क्षेत्रमा…

Read More

काठमाडौँ: विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिरहेको यो संकटको समयमा सहयोगी हात मात्र होइन, अपराधी गिरोह पनि सल्बलाइरहेका छन्। आफ्ना कुत्सित उद्देश्य प्राप्तिका लागि अहिले त्यस्ता गिरोह अनेक रूपमा प्रकट भइरहेका छन्। यसै क्रममा अहिले इन्टरनेटमा एउटा गिरोहले जीमेल प्रयोगकर्तालाई सिकार बनाउने खोजिरहेको पाइएको छ। गुगलका अनुसार कोरोना महामारीको जानकारी दिने नाममा यो गिरोहले जीमेल प्रयोकर्तालाई अहिले हरेक दिन १ करोड ८० लाख इमेल पठाइरहेको छ। अहिले विश्वभरि नै ‘फिसिङ अट्याक’ बढिरहेको गुगलले जनाएको छ। यसअन्तर्गत अपराधीले इमेल प्रयोगकर्तालाई विभिन्न प्रलोभन देखाएर पासवर्ड, क्रेडिट कार्ड डिटेलजस्ता व्यक्तिगत जानकारी लिने गर्छ। गुगलका अनुसार त्यस्ता अपराधीले जीमेल प्रयोगकर्तालाई विभिन्न प्रकारका…

Read More

काठमाडौँ: सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको कारवाही रोकिएको बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि । डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि । छापिएकै छ नि ।’ ‘तर, यो महामारीका विषयमा विज्ञ डाक्टर नबोलेर को बोल्ने भन्ने मेरो अडान अहिले पनि छ ।…

Read More