Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बुटवल: कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही सुरू गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८/१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन्। अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि हट्ने जो कोहीलाई पनि राखिरहन आवश्यक नभएको बताए। अहिले कोरोनाको कारण सबैतिर संकट भएकोबेला सेवाबाट पछाडि हट्नेहरूलाई कारबाही प्रक्रिया सुरू गरिएको बताए। अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने, आकस्मिक विभागमा कार्यरत डा.प्रकृति कार्कीलाई सेवाबाट हटाइएको अध्यक्ष भट्टराईले जानकारी दिए।
न्यूयोर्क: कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित भएको छ । राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले भने, ‘हाम्रो अहिलेको सर्वोच्च प्राथमिकता नै विश्वका सबै संकटपूर्ण ठाउँमा खटाइने बर्दीधारी सैनिकहरुमा कोविड–१९ नभएको सुनिश्चित गर्नु रहेको हुन्छ ।’ उनले केही विशिष्ट अवस्थामा यस व्यवस्थामा सामान्य फेरबदल हुन सक्ने स्पष्ट गरे । राष्ट्रसंघको उक्त निर्णयका बारेमा शान्ति सैनिक र प्रहरी पठाइरहेका सबै मुलुकलाई जानकारी गराइएको पनि उनले बताए । तर राष्ट्रसंघका…
काठमाडौँ: दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण सबै राजनीतिक दलका प्रतिनिधि, बौद्धनाथ क्षेत्र विकास समिति, महानगरीय प्रहरी वृत्त बौद्धलगायत सरोकार भएका निकायका अधिकारीको बैठकले जात्रा स्थगित गरिएको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि नै बौद्ध चैत्यमा आई दीयो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा वर्षेनी लाखौँ भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बाल्ने गर्थे । पूर्णिमाका दिन बिहानसम्म बौद्धमा…
काठमाडौँ: विश्व बैंकले नेपाललाई दुई करोड ९० लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार करीब साढे ३ अर्ब रुपैंया) ऋण सहयोग गरेको छ । बैंकले द्रुतमार्गबाट उपलब्ध गराएको यो सहुलियतपूर्ण ऋण पूर्ण रुपमा कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि प्रयोग गरिनुपर्ने बताइएको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच मंगलबार यो ऋण सम्झौता भएको हो । सम्झौतापत्रमा विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हदाद जेरभोस र नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिर कुमार ढुङ्गानाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार, यो रकम कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद, आइसोलेसन बेड, विश्व स्वास्थ्य संगठनले तयार गरेको ट्रयाकिङ एप विकास लगायतमा प्रयोग हुनुपर्नेछ । यसको…
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् । बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ३४१ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । अहिले १० लाख ४६ हजार ३०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ४७ हजार ९१२ जनाको अवस्था गम्भीर छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका २०९ देशमा पुगेको छ…
काठमाडौँ: कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहान साढे २ महिनापछि लकडाउनमुक्त भएको छ । लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ भने वुहानमा ७६ दिनदेखि घरभित्रै रहन बाध्य भएका मानिसहरु गन्तब्यसम्म जाने तयारीमा जुटेका छन् । बुधबार मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ। बुधबारदेखि रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् । १ करोड १० लाख मानिसको बसोबास रहेको वुहान कोरोना भाइरसको महामारी फैलिएपछि गत जनवरी २३ देखि लकडाउनमा थियो । वुहानमा मात्रै कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु…
एजेन्सी:कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कूल ३ लाख ९५ हजार ७ सय ३९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ९ हजार १ सय ६९ को अवस्थामा गम्भीर छ भने २१ हजार ६ सय ७४ संक्रमित निको भएर घर फर्किएका छन् ।
काठमाडौं: प्रायः एकदेखि दुई घण्टामा सकिने नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक मंगलबार साढे चार घण्टा बस्यो । तर बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । लामो समयपछि बसेको बैठकमा कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरेको प्रयास तथा त्यसक्रममा औषधि उपकरण खरिदका विषयमा छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलेमात्रै करिव दुई घण्टा सरकारले गरेका काम र भएको प्रगतिबारे व्रिफिङ गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले १ घण्टा ब्रिफिङ गरेका थिए । बाँकी १ घण्टा अन्य सदस्यले बोल्दा बैठक लम्बिएको एक सचिवालय सदस्यले बताए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले…
काठमाडौँ: काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ७६ महिला सहित १५ सय ९५ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ५ सय १० वटा दुई पाङ्ग्रे र ३५ वटा चारपाङग्रे गरी ५ सय ४५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय…
काठमाडौँ: प्रहरीले मंगलबार बिहान एक प्रतिष्ठित व्यापारीक घराना शंकर समुहका कार्यकारी निर्देशक सुलभ अगरवाललाई जोरो नाप्ने यन्त्र (थर्मल गन) कालोबजारी गरी बेचेको आरोपमा रंगेहात पक्राउ गरेको छ । ‘तपाईंसँग ज्वरो नाप्ने थर्मल गन छ भन्ने सुन्यौं, हामीलाई चाहिएको छ, १ सय थान जति मिलाइदिनु पर्यो,’ शनिबार सुलभ अग्रवालसँग एक अपरिचित व्यक्तिले फोन गरे । त्यसपछि सुलभले फोन गर्ने ग्राहकलाई हुन्छ, प्रतिपिस १६ हजार पर्छ भने। ग्राहकले त्यत्रो त महंगो भयो, अलि मिलाइदिनुस् भन्दै आग्रह गरे। त्यसपछि सुलभले १५ हजारमा कुरा मिलाए। ती ग्राहक एक्लैले सय सिप थर्मल गन मागेपछि त्यसको जोहो गर्दै सुलभले मंगलबार बिहान उपलव्ध गराउने वचन दिए।…
