Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोरोना महामारीसंग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए । यसअघि संघले कोरोना भाइसर पिडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो । बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ । संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पिडित नेपालीको…

Read More

काठमाडौँ: सरकारले कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणमा खटिने चिकित्सकहरुलाई सत प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने भएको छ । आइतबार बसकेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सकको मनोवल उच्च बनाउन यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार चिकित्सकहरुलाई चाहिने आवश्यक पीपीएका लागि समेत सरकारले व्यवस्था गर्नेगरी आवश्यक निर्णय गरेको छ । त्यस्तै बैदेशिक सहायता परिचालन गर्ने र कोरोेना रोकथामका लागि सरकारले केन्द्रीय कोष खडा गर्ने नर्णय गरेको छ । जसमा सरकारले ५० करोड रकम जम्मा गरेको छ । त्यसमा मनित्रपरिषदका सदस्यहरुले एक महिनाको तलव सुविधा थप्नेछन् ।

Read More

काठमाडौँ: धितोपत्र बोर्डले सोमबारदेखि ५ कार्यदिनसम्म सेयर कारोबार बन्द गरेको छ । बोर्डले सोमबारदेखि ५ कार्यदिनसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेका थिए । अत्यावश्यक सेवामा सेयर बजार नपर्ने भएपनि आइतबार नेप्सेका सीइओ चन्द्रसिंह साउदको अनावश्यक हटको कारण सेयर कारोबार भएको थियो । आइतबार दिनभर लगानीकर्ताका संगठन र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद समेत भएको थियो । बोर्ड स्रोतका अनुसार सोमबारदेखि ५ कार्यदिनसम्म सेयर कारोबार हुने छैन । अर्का साताको लागि भने परिस्थिती हेरेर निर्णय…

Read More

काठमाडौँ: विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान गर्ने भएको छ । मानवीय विपत्का घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ: सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापनाको निर्णय गरेको हो। कोरोना नियन्त्रणका लागि आवश्यक उपचार र उपकरणको व्यवस्था गर्न कोष स्थापना गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार कोषमा प्रधानमन्त्री केपीशर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले एक महिनाको तलब दिने घोषणा समेत गरेका छन्।

Read More

काठमाडौं: सरकारले अन्तत: भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी भएका मन्त्री पद्मा अर्यालका अनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ । भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका छन् । यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत…

Read More

भक्तपुर: कोभिड—१९ को सङ्क्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी भीड जम्मा नगर्न निर्देशन दिए पनि भक्तपुरका सबै बैंकमा आज सर्वसाधारणको अत्यधिक भीड लागेको छ । राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखामा आज बिहान ९ बजेदेखि सर्वसाधारणको भीड लागेको थियो । एघार बजेसम्म कार्यालयभित्रको लाइन बढेर बाहिर सूर्यविनायकको सडकसम्म पुगेको थियो । दशैँमा पनि यति भीड नहुने यो बैंकमा कोरोना भाइरसका कारण बैंक बन्द हुने हल्लाले पैसा झिक्न एकै पटक आउनाका कारण बैंकमा भीड बढेको बैंकका एक कर्मचारीले जानकारी दिनुभयो । बैंकका कर्मचारी कुमाले खत्रीका अनुसार सरकारले २५ जनाभन्दा बढी भीड नगर्नु भनेको अवस्थामा भित्र २५ जनालाई मात्रै प्रवेश…

Read More

काठमाडौँ: मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरुलाई कारवाही गरिएको बताउनुभयो । तीनदिनमा ४६ जनालाई यसरी कारवाही गरिसकिएको छ । यसअघि शनिबार १७ जनालाई र शुक्रबार नौ जनालाई कारवाही गरिएको थियो । ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो । उनीहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशालाबाट पक्राउ गरिएको हो । उनीहरुले एउटै टिकट दुई जनालाई बेच्ने गरेकोसमेत पाइएकोे छ…

Read More

काठमाडौँ: सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकामा कम्तीमा पाँच हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्कालै निर्माण गर्ने भएको छ । कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आज पहिलो बैठकले उक्त क्वारेन्टाइन स्थल निर्माणका लागि सम्बन्धित सबै निकाय संयुक्तरूपमा परिचालित हुने र सो स्थललाई आवश्यक पर्दा तुरुन्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको हो । उपत्यकाका होटल, विद्यालय, रङ्गशालालगायत स्थानमा त्यस्तो क्वारेन्टाइन बनाइनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा पर्यटन मन्त्रालयमा भएको बैठकले सार्वजनिक क्वारेन्टाइन स्थलसम्बन्धी मापदण्डको मस्यौदा तयार गरी आजै साँझ ६ बजेसम्म गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या…

Read More

काठमाडौँ: धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ ले घटेर २७१.०६ मा पुगेको छ । घटेको बजारमा कारोवार रकम पनि घटेको छ । कूल १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता शेयर रु १९ करोड ४६ लाख ४२ हजार ९८४ मा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन समूहको शेयर उकालो लाग्यो भने आठ उपसमूहको शेयर घट्यो । होटल ५२.९९, निर्जीवन…

Read More