Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डा चौकी नाका पर्सी मंगलबारबाट बन्द गर्ने निर्णय गरेको छ । मंगलबारबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । अहिले यो नाका भएर दिनमा हजारौं नेपाली आउने गरेका छन् । रोजगारी तथा भारतमा अध्ययन गर्न गएकाहरु कोरोना भाइरसको त्रास र बिसु पर्वका लागि घर फर्किएका छन् । तत्कालै नाका बन्द गर्दा पर्न सक्ने असरलाई ध्यानमा राखेर मंगलबारबाट बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ । ‘आवश्यकता महसुस गरेर नाकामा आवत जावत बन्द गर्ने निर्णय गरेका छौं’ प्रजिअ…

Read More

काठमाडौं : आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले छुट्टाछुट्टै विज्ञप्ति निकालेर नयाँ भाडादर सार्वजनिक गरेका हुन् । कोभिड–१९ को सम्भावित जोखिमलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले लामो दूरीका सार्वजनिक यातायात बन्द भएपछि गन्तव्यमा जाने यात्रुको चापलाई ध्यान दिएर भाडादर केही समयका लागि घटाइएको कम्पनीले उल्लेख गरेका छन् । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी वायुसेवा कम्पनीले मनोमानीरुपमा भाडा घटाउने तथा नयाँ भाडादर कायम गर्न थालेपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वायुसेवा सञ्चालकसँग छलफल…

Read More

काठमाडौं : कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको उडान अवतरण चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरिएको जनाएको छ । प्राधिकरणले यस निर्णयबाट नेपालबाट अन्तरराष्ट्रतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडानमा असर नपर्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे…

Read More

काठमाडौँ : कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने कर्जा प्रवाह र बचत सङ्कलन ९आर्थिक कारोवार० बन्द गर्ने भएको छ । कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले जानकारी दिए । शाखाले प्रेस विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा भने यथावत् राख्दै सञ्चयकर्तालाई भाइरसविरुद्ध उच्च सतर्कता अपनाउन आह्वानसमेत गरेको छ ।

Read More

काठमाडौं : सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने तयारी गरेको छ । सरकारले कोरोना भाइरस जोखिम घटाउनका लागि प्रदेश अन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल कलेजहरुमा छात्रवृत्तिमा अध्ययनरत एमडी एमएसका विद्याथीहरु तथा एमबीबीएसका विद्यार्थीहरुलाई कोरोनाको रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि परिचालन गर्ने निर्णय गरेको हो । सरकारी छात्रवृत्तिमा एमबीबीएस र एमडीरएमएस अध्ययन सकेका डाक्टरलई आवश्यकताअनुसार परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्र काटेको छ ।

Read More

काठमाडौँ : कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकालेसङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए । “व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ,” उनले भने। अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताए । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा…

Read More

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गरेका छन । अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गरेका हुन । अध्यक्ष दाहालले कोरोना भाइरसको सङ्क्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध समेत गरे । यस्तै उनले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ…

Read More

काठमाडौं : कोरोना भाइरसको अति जोखिममा रहेको नेपालमा यसको संक्रमण रोक्न आज आइतबारदेखि सरकारले देशभर अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दा भएको घोषणाअनुसार आजदेखि अत्यावश्यक बाहेक सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द हुने बताएका थिए । सरकारले सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट प्रवाह हुने १९ प्रकारका सेवालाई अत्यावश्यक सेवाको रुपमा सूचीकृत गरेको छ । ती सेवाहरु भने बन्द हुने छैनन् । प्रधानमन्त्रीको घोषणाअनुसार गृह मन्त्रालयले अत्यावश्यक बाहेकका…

Read More

काठमाडौं: अमेरिकी डलरको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ । आइतबार डलरको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा थियो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चय गर्नतर्फ आकर्षित भएका हुन् । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ । तर सुन र डलर भने माथि लागेका छन् । कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित…

Read More

काठमाडौँ: सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको हो । गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७५ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले नै बढेर ६७ हजार २०० रुपैयाँ पुगेको छ । गत शुक्रबार तेजावी सुनको भाउ प्रतितोला ७५ हजार २०० रुपैयाँ थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर ७ सय २० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ७ सय रुपैयाँ थियो ।

Read More