Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
डोटी: सुदूरपश्चिम प्रदेशमा नौ महिनादेखि पाँच वर्षमुनिका करिव दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार यसका लागि आगामी चैत १ गतेदेखि ३० गतेसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान सञ्चालनमा हुने छन् । अभियानमा पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवकसमेत परिचालन गरिने जनाइएको छ । अभियान अन्तर्गत डोटीमा करिव २४ हजार ५५० बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । अगामी चैत १ गतेदेखि पहिलो चरणमा जिल्लाका वोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिकामा सञ्चालन गरिने छ । त्यस्तै…
पोखरा : पोखराका होटल विगतमा यो बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुन्थे। यसपटक साना–ठूला होटलमा गरी १५ प्रतिशत मात्र पर्यटक पोखरामा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन्। चीनलगायत मुलुकमा कोरोना भाइरस संक्रमणको प्रभाव यहाँ परेको हो। अंग्रेजी महिना मार्च, अप्रिल, मे पदयात्राको सिजन हो। यो बेला युरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउने गर्छन्। पहिल्यै आएका युरोपेली, अमेरिकी ८ प्रतिशत, भारतीय ४ र बाँकी अन्य मुलुकका र आन्तरिक पर्यटक रहेको उनी सुनाउँछन्। नयाँ पर्यटक नआउने र भएका पर्यटक फर्किने भएकाले पर्यटन बजार शून्यमा पुग्नेप्रति चिन्ता बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेल…
काठमाडौँ: ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो । कारवाही पर्नेमा एक हजार ६४५ दुईपाङ्ग्रे तथा २९६ चारपाङ्ग्रे सवारीसाधन छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका…
भोजपुर : विगत छ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई प्रत्यक्ष मार परेको छ । बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टर यात्रा गर्न बाध्य छन् । एम्बुलेन्सबाट लामो समय लगाएर यात्रा गर्नुपर्दा कतिपयको बाटोमै मृत्युसमेत हुने गरेको छ । विभिन्न समस्या देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेपछि सर्वसाधारणलाई सास्ती भएको हो । उडान नहुँदा लेगुवा पाख्रीबास सडकखण्डको कच्ची बाटोले यात्रुलाई झनै सास्ती हुने गरेको छ । सरोकारवाला पक्षले बेवास्ता गर्नाले पनि नियमित उडान गराउन नसक्दा सर्वसाधारण…
काठमाडौँ: कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न आग्रह गरेका छन् । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक सङ्गठन युनिट्राभले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारण देखाउँदै श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएकाले दैनिक जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेका बेला एयरलाइन्सलगायत पर्यटन श्रमिकको रोजगारी खोस्ने काम कोही कसेले नगर्न चेतावनी दिएको हो । कोरोनाको प्रभावले आन्तरिक उडानमा असर परेको र उक्त क्षेत्रमा करिब रु चार अर्बको क्षति पुग्ने भन्दै वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा…
काठमाडौँ: नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले आज एक सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बोहक भेटघाट नगर्न आग्रह गरेको हो । कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ । दूतावासबाट प्रवाह हुने सेवाका बारेमा जानकारी दिन परेमा नियोगमा उपस्थिति हुनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । कोरोना सङ्क्रमणका विषयमा सम्बन्धित निकायबाट थप जानकारी प्राप्त हुनासाथ सबैलाई सूचित गराइने दूतावासले जनाएको छ । कतारमा करिब चार लाखको…
जनकपुरधाम: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस वर्षको महामूर्खको सम्मानबाट विभूषित गरिएको छ । होलीका अवसरमा मिथिला नाट्य कला परिषद्ले विगत २५ वर्षदेखि सो उपाधि प्रदान गर्दै आएको छ । यस्तै प्रदेशसभा सदस्य मनिष सुमनलाई पटमूर्ख, परमेश्वर साहलाई भभकौआ, रामआशीष यादवलाई हराशङ्ख, रामचन्द्र मण्डललाई सिलौट शङ्कर, जनकपुरधाम उपमहानगर उपप्रमुख रिताकुमारी मिश्रलाई टुनमुसरी, साहित्यकार रोशन जनकपुरीलाई दलभोगना, बृहत्तर जनकपुर विकास क्षेत्रका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलालको उपाधिबाट सम्मानित गरिएको छ । अभियन्ता सुशील कर्णलाई वंशकुल्लरी, नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष अनिल मिश्रलाई लोढाशङ्कर, मैथिली अभियानी जीवनाथ चौधरीलाई घरघुसना, कवियत्री पुनम झा मैथिललाई अगलबदली, शिक्षक बलराम साहलाई बज्रकीटको उपाधि प्रदान…
सुर्खेत: रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार किटानी जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको हो । घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले ती नाबालकको नाम गोप्य राखेको छ । प्रहरी नायब उपरीक्षक रवि रावलले चोरी भएको १२ घण्टाभित्रै शङ्कास्पद बालकलाई गिरफ्तार गरिएको बताउनुभयो । “नाबालकको साथबाट रु एक लाख २० हजार बरामद गरेका छौँ”, उहाँले…
काठमाडौं: रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ । टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका —५ पहिरेबेसीमा निर्माणाधीन त्रिसूली ३ बी हब सबस्टेसन, कार्यालयमा निर्माणामा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको…
म्याग्दी: रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइइ«ो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण गरिएको छ । चालिस मेगावाट क्षमताको आयोजना कार्यालय र कर्मचारी आवासका लागि विसं २०६७ मा १० भवन निर्माण शुरु गरेको थियो । पहिलेको ठेकेदार कम्पनीले अधकल्चो बनाएर छाडेको भवन उसँग सम्झौता रद्द गरेर नयाँ ठेक्का प्रक्रियाबाट पूरा गरिएको रघुगङ्गा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । गोरखा कन्ट्रक्शन एण्ड स्वच्छन्द जेभीसँग विसं २०६७ कात्तिक ४ गते रु ११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता भएको थियो । अठार महिनामा भवन बनाइसक्ने सम्झौता गरेका दुई…
