Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नयाँ दिल्ली (एएनआई) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन । भारत भ्रमणमा रहेका ट्रम्पले आज मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन । समाथीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखे, “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै तपाईप्रति श्रद्धा सुमन छ ।” महात्मा गान्धीलाई श्रद्धान्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएकी थिइन । त्यहाँ रहँदा ट्रम्पले एक मिनेट मौन धारण गरेका थिए ।…

Read More

कालिकोट : कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खस्दा एकजनाको मृत्यु भएको छ । दैलेख जिल्ला गुराँस गाउपालिका वडा न ४ घर भएका २१ वर्षका चालक टक्क खड्काको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। रास्कोटदेखि यात्रु बोकेर लालिघाटका लागि हिँडेको लु २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जीप नदीको बिचमा डुबेको छ । जीप रास्कोट नगरपालिका वडा न। छ निवासी मन तिरूवाको जनाइएको छ । नदीको बिचमै डुबेको जिपको उद्धारमा कठिनाई रहेको छ ।

Read More

काठमाडौं : दैनिक नयाँ रेकर्ड बनाउदै आएको सुनको भाउ आज मंगलबार भने सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा छापावाला सुन मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेर ८० हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले नै घटेर ७९ हजार ७०० रुपैयाँमा आएको छ । मंगलबार चाँदीको भाउमा भने परिवर्तन छैन । चाँदी यस दिन पनि प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।

Read More

काठमाडौं : गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्न बुकक्लोजको मिति सार्वजनिक गरेको छ । कम्पनीले फागुन २२ गते एक दिनको लागि बुकक्लोज गर्न लागेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद निष्काशन प्रयोजनको लागि सो दिन बुकक्लोज गर्न लागेको हो। हिजो सोमबार फागुन १२ गते बसेको सञ्चालक समितिको १५६ औँ बैठकले सो निर्णय गरेको हो। इन्स्योरेन्सको ९ औँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। इन्स्योरेन्सले प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सको शेयर…

Read More

काठमाडौं : नेपाल ट्रष्टको सम्पत्ति विवरण आज मंगलबार सार्वजनिक गरिँदैछ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर गोकर्ण रिसोर्टको लिज सम्झौता प्रकरणसहित नेपाल ट्रस्टको देशभर रहेको सम्पत्तिबारे श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । पोखरेल नेपाल ट्रस्टका अध्यक्ष पनि हुन्। प्रधानमन्त्री ओलीनिकट व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि ट्रस्टबारे प्रश्न उठिरहेको छ। मन्त्री पोखरेलले सार्वजनिक गर्न लागेको श्वेतपत्रमा गोकर्ण रिसोर्ट र दरबारमार्ग र ताहाचलको लिज भाडा प्रकरणबारे छुट्टाछुट्टै रुपमा समावेश गरिएको छ। सरकारले गोकर्ण रिसोर्टको लिज नवीकरण गर्दा एक अर्ब सरकारलाई प्रत्यक्षरअप्रत्यक्ष आम्दानी हुने…

Read More

काठमाडौं : नेपाली सेनाका उपरथी ईश्वर हमाल, संयुक्त राष्ट्रसंघको डिसइन्गेजमेन्ट अभजर्भर फोर्स (युएनडफ) को मिसन प्रमुख तथा फोर्स कमान्डर बनेका छन । सोही मिसनको कार्यवाहक प्रमुख तथा फोर्स कमान्डका रुपमा अक्टुबर २०१९ देखि कार्यरत् नेपालकै अर्का मेजर जनरल शिवराम खरेलको ठाउँमा हमाललाई दिइएको जिम्मेवारी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अनुमोदन गरेका हुन । साथै आफ्नो जिम्मेवारी कुशलताका साथ पुरा गरेकोमा जनरल खरेललाई राष्ट्रसंघीय महासचिव गुटेरेसले धन्यवाद दिएको राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । खरेलको अवधि समाप्ती लगत्तै हमाललाई नियुक्ती गरिएको र सो नियुक्तीलाई महासचिवले अनुमोदन गरेका हुन । सन् १९८३ मा अफिसरको रुपमा हमाल नेपाली सेनामा…

Read More

काठमाडौँ : पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीनसम्म कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । “अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन”, मौसमविद् प्रधानाङ्गले भने । उनका अनुसार प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो । यसलाई हेर्दा अब प्रि–मनसुन प्रवेश गर्न सात–आठ दिन बाँकी छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन…

Read More

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ । मजदुरलाई ज्यालावापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। “भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ,छैन भनी जाँच गर्ने ९भेरिफाइ० काम भइरहेको छ”, उनले भने , “त्यो सकिनासाथ…

Read More

वीरेन्द्रनगर : एकसाता अगाडि आजकै दिन ट्रिपरको ठक्करबाट युवाको ज्यान गएपछि सुर्खेतको वीरेन्द्रनगर बजारमा आज पनि आफन्तले विरोध प्रदर्शन जारी राखेको छ । मृतकका आफन्तले आज बिहानैदेखि प्रदर्शन जारी राख्दा स्थानीय बजार खुल्न सकेका छैनन भने सवारी आवागमन पनि प्रभावित भएको त्यहाँस्थित हाम्रा समाचारदाताले बताएका छन । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गत बुधबार साँझ नै मृतकका आफन्तसँग सहमति भए पनि एक्कासी अर्को समूह चक्काजाममा उत्रिएपछि बजार प्रभावित भएको हो । आन्दोलन चर्काएको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । ट्रिपर धनी हरि बिसीविरुद्ध मुद्दा दायर गर्ने, प्रदर्शनमा घाइते भएकाहरुको उपचार गर्ने र कानुनी रुपमा मृतकका परिवारलाई…

Read More

भक्तपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सीटीईभीटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा मन्त्रो पोखरेलले सीटीईभीटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सीटीईभीटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताए । नामअनुसारले सीटीईभीटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सीटीईभीटीको काम हो भनी प्रश्नसमेत गरे । सीटीईभीटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सीटीईभीटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘सीटीईभीटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको…

Read More