Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धादिङ, सुन्दरबजार ६ का २३ वर्षीय राजकुमार मग्रातीको उपचारका क्रममा मृत्यु भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना चैत ९ गते नीलकण्ठ नगरपालिका-६ भोर्ले आइपुगेका थिए । त्यहाँबाट उद्दार गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु सबैलाई जिल्ला स्वास्थ्य चौकीमा लगेर चेकजाँच समेत गरिएको थियो । त्यसक्रममा मग्रातीको खुट्टा भाँच्चिएको र टाउको तथा अनुहारमा चोट लागेको पाएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ तामाङले बताए । उनलाई बुधबार विहान ज्वरो…

Read More

काठमाडौँ: विश्व बैंकले कोरोना भाइरसको कारण विश्वमा आर्थिक संकटको कारण १ करोडभन्दा बढी मानिसहरु गरीब हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले जारी गरेको प्रतिवेदनमा २०२० मा पूर्वी एशिया र प्रशान्तमा कम्तिमा १ करोड १० लाख मानिसहरुको आर्थिक अवस्था निकै नै कमजोर हुने छ । विश्व बैंकले कोरोना भाइरस अगाडि यो क्षेत्रमा यो वर्ष ३ करोड ५० लाख मानिसहरु गरीबीबाट माथि उठ्ने अनुमान गरेको थियो । पूर्वी एशियाका देशहरूमा चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, मंगोलिया हुन्। प्रशान्त देशहरूमा अष्ट्रेलिया, न्यूजील्याण्ड, पापुआ न्यू गुयना, किरिबाती, मालदीव, फिजी समावेश छन् । विश्व बैंकको कोरोन अगाडि चीनमा मात्र २ करोड ५० लाख…

Read More

जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही हुने बताएको भोलिपल्टै कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरिएको हो । सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायीक धर्म, काम, कर्तव्य, जिम्मेवारी र दायित्व समेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दायरामा ल्याई कारबाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै निर्देशन दिएको छ । त्यस्ता स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्नेदेखि लिएर यस महामारी लकडाउनको…

Read More

काठमाडौँ: लकडाउनका बेला खाद्यान्न अभाव नहोस् भनेर सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले मोबाइल भ्यानबाट बिक्री वितरण सुरु गरेको छ। साल्ट ट्रेडिङले नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री सुरु गरेको हो। मोबाइल भ्यानबाट काठमाडौं, ललितपुर र भक्तपुरलगायतका ठाउँमा खाद्यान्न बिक्री सुरु गरिएको हो। उपभोक्ताको माग अनुसार भ्यान पठाउने गरको साल्ट ट्रेडिङका सुचना अधिकृत कुमार राज भण्डारीले बताए। वडाबाट माग आएपछि त्यही ठाउँमा खाद्यन लिएर भ्यान जाने गरेको उनले बताए। वटा भ्यानले हरेक दिन फोनको आधारमा छुट्टाछुट्टै ठाउँहरुमा खाद्यान्न लिएर जाने गरेको छ। प्याकिङ गरिएका सामानहरु मात्रै मोबाइल भ्यानले बिक्री गर्दै आएको छ। हालको अबस्थालाई बुझेर एक व्यक्तिले २ केजीसम्म किन्न…

Read More

लिस्बन: पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको…

Read More

काठमाडौँ: पशुपति घाट सेवाका कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षामा आवश्यक पर्ने ‘पिपिई’ लगायत सामग्री नहुँदा काममा असहजता आएको छ । सुरक्षाका लागि घाट सेवाका कर्मचारीलाई धोती फेर्नुपर्ने र जुत्ता फुकाल्नुपर्ने नियमलाई आपत्कालका लागि सहुलियत दिई काम लगाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । “‘पिपिई’ बजारमा किन्न खोज्दा पाइएन, सरकारले उपलब्ध गराउन गरेको प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेको छैन, केही दिनमा ‘पिपिई’ दिने प्रतिबद्धता सरकारले जनाएको छ, त्यतिञ्जेललाई कपडा र जुत्ता लगाएर शव जलाउन सकिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो । पासकै कारण भने घाट र मन्दिर सेवाको काम भने प्रभावित नभएको कोषले…

Read More

काठमाडौँ: सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षको कार्यक्रम औपचारिक रुपमा स्थगित भएको छ, अन्य कार्यक्रम अहिलेलाई तय भएको छैन, आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा कस्तो अभियान चलाउने भन्ने छलफल हुनेछ ।” यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै केशरमहलस्थित भ्रमण वर्ष सचिवालय पनि विसं २०७७ वैशाख १ गतेबाट विघटन गरिने सचिव अधिकारीले बताउनुभयो । सरकारले सन् २०२०…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज निजी अस्पताललाई कोरोना सङ्क्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । “आम मानिसलाई स्वास्थ्योपाचार उपलब्ध गराई महामारीबाट जोगाइ स्वास्थ जीवनको प्रत्याभूति गर्ने कार्य निजी स्वास्थ्य संस्थाको उत्तिकै जिम्मेवारी भित्र पर्दछ”, आदेशमा भनिएको छ, “कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना सङ्क्रमणको उपचार गर्नबाट पञ्छिन र त्यसको उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालत बार एशोसिएशनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेल दायर…

Read More

काठमाडौँ: चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ । यसअघि चीनबाट सरकारी तहमा ठूलो संख्यामा मास्कलगायतका स्वास्थ्य सामग्री र उपकरण आयात गरिएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलबार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो । पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिंचामन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरे । ती मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीका लागि वितरण गरिने मन्त्री पुनले बताए । अभावका…

Read More

काठमाडौं: लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान कारबाहीमा परेका छन् । भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सशस्त्र प्रहरी क्याम्प सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए । ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो । कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दवाव परेको थियो । त्यही दवावका कारण सशस्त्र प्रहरी चौधरीलाई कारवाही गर्न बाध्य भएको हो । गणेश चौधरीलाई हिजो बेलुका कारवाही गरिएको…

Read More