Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको सडकमा जडान गरिएको जनाइएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस प्रकारको उपकरण नेपालमै पहिलोपटक आज जडान गरिएको जानकारी दिनुभयो । साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको गति नाप्ने अत्याधुनिक उपकरण जडान गरेको उहाँले जानकारी दिनुभयो । “‘रजिस्ट्रेशन प्लेट रिकगनाइजेशन क्याम’ नामको सिसी क्यामरा सहितको उपकरणले सवारीसाधनको २०० भन्दा माथि सम्मको गति मापन गर्न…

Read More

काठमाडौँ: सरकारले आगामी वैशाखदेखि दीर्घकालीन फोहर विसर्जनस्थल बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन शुरु गर्ने भएको छ । पहिलो चरणको कार्य आगामी चैत अन्तिम साता सकिने र वैशाख १ गतेदेखि दीर्घकालीन रुपमा फोहरको अन्तिम व्यवस्थापन शुरु गर्ने गरी काम अघि बढाइएको शहरी विकास मन्त्रालयले जनाएको छ । केही समयअघि आन्तरिक समस्याका कारण निर्माण रोकिए पनि हाल नियमित रुपमा निर्माण भइरहेको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले सिसडोलमा दुई वर्षका लागि भन्दै १३ वर्षदेखि फोहरको अन्तिम व्यवस्थापन गर्दै आएका थिए । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी पहिलो चरण सकेर फोहर राख्न शुरु गर्न…

Read More

काठमाडौँ: संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ । ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन् । सो क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको छ । यसको संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ । वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन् । एजेन्सी

Read More

दमौली: तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत वैशाख १२ गते आह्वान गरेको दोस्रो पटकको बोलपत्रमा छनौट भएका चार कम्पनीको प्राविधिक प्रस्ताव रद्द भएपछि आयोजनाले शुक्रबार पुनः तेस्रो पटक बोलपत्र आह्वान गरेको हो । बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । चार वटा कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावलाई एशियाली विकास बैंक (एडिबी) ले सारभूत रुपमा प्रभावग्राही हुन नसकेको भन्दै रद्द गरिदिएको थियो । उक्त कामका…

Read More

कास्की: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षभित्रमा प्रदेशका सम्पूर्ण घरधूरीमा बिजुली बत्ती र आधारभूत खानेपानीको प्रबन्ध गरिने बताउनुभएको छ । कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं १ र २ लाई जोड्ने गरी खारपानीस्थित सेती नदीमा निर्माण गरिएको पक्की मोटरेवल पुलको आज उद्घाटन गर्दै उहाँले प्रदेशका पाँच लाख ८७ हजार २१९ घरधूरीमा नै खानेपानी र बिजुली बत्तीको प्रबन्ध गर्ने अभियानका साथ सरकारअघि बढेको उल्लेख गर्नुभयो । सरकारको पहिलो निर्णय दुई वर्षभित्र खानेपानी र बिजुली बत्ती पु¥याउने भएपनि तथ्याङ्क सङ्कलनमा ढिलाइ हुँदा एक वर्ष समय खर्चिनुपरेकाले आगामी वर्ष सबै घरधूरीमा बत्ती र पानीको प्रबन्ध गर्नका लागि चालू वर्षमा ३४ खानेपानी आयोजना शुरुआत…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जालाई खुकुलो बनाएको छ । सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले आवासीय भवनहरुको लागि बैंकबाट दिइने ऋणलाई विगतमो भन्दा खुकुलो बनाएको हो । आफ्नो लागि निर्माण तथा खरीद गरिने पहिलो घरका लागि राष्ट्र बैंकले खुकुलो नीति लिएको छ। पहिलो घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्याइएको छ। यसअघि ५० प्रतिशत थियो। यो भनेको कुल आम्दानीको ६० प्रतिशत रकम किस्ता तिर्न छुट्याउन पाइन्छ भन्ने हो। यसमा कडाइ गर्दा मध्यमवर्गीय परिवारका लागि घर निर्माण तथा खरीदका लागि समस्या भएको थियो। जसले गर्दा ऋण लगानी पनि सुस्त देखिएको थियो।…

Read More

काठमाडौँ: विश्व अर्थतन्त्रमा प्रभाव गर्ने गरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा केही समयदेखि उद्योग तथा कलकारखानाहरूका गतिविधि घोषित तथा अघोषितरूपमा बन्द भएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार औद्योगिक गतिविधिहरूमा देखिएको अवरोध तथा सवारी साधनहरूको आवागमनमा आएको कमीका कारण चीनको वुहान र वरपरका क्षेत्रमा प्रदूषणको मात्रा ह्वात्तै घटेको छ । नासाको नक्सामा सुरूमा वुुहान र त्यसपछि वरपरका क्षेत्र हुँदै चीनभर नै प्रदुषणको मात्रा निकै तल झरेको वैज्ञानिकहरूले बताएका छन् । नासाका वैज्ञानिकले आफ्नो र यूरोपेली स्पेस निकायको सेटलाइटहरूले खिचेका तस्वीरलाई जम्मा गरी गरिएको अध्ययनमा यो वर्ष नाइट्रोजनडाइअक्साइडको तह झरेको पाइएको बताए । चीनमा कोरोना भाइरसको सङ्क्रमणसँगै चीनले अपनाएको…

Read More

काठमाडौँ: सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष पूर्वसावधानी अपनाउन आह्वान गर्दै त्यस्तो आग्रह गरेको हो । अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको छ । त्यसैगरी विवाह, ब्रतबन्धलगायत सामाजिक संस्कारलाई पारिवारिक जमघटमा सीमित राख्न, सभा, सम्मेलन नगर्न, भीडभाडमा नबस्न, लामो समय बाहिर नहिँड्न, सुरक्षा मास्क तथा सम्पूर्ण पूर्वसावधानी र सतर्कता अपनाउन आम नागरिकमा सरकारले अनुरोध…

Read More

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै नीजि सचिवालयलाई निर्देशन दिनुभएको छ । उहाँको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उहाँ अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी नहुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रणसम्बन्धी सरकारको…

Read More

काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सोमबार अन्तरिम आदेश दिएको छ। सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको हो। संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नसमेत सजग गराइएको छ। ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ। सरकारले पूर्वसावधानीका लागि आवश्यक व्यवस्था मिलाउन नसकेको दाबीसहित अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका…

Read More