Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बैतडी: भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए । शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । साँझ साढे ६ बजेतिर अचानक बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राति साढे ८ बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले जानकारी दिए । मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।…
काठमाडौँ: आइतबार (आज) देखि मालपोत कार्यालय खुल्ने भएको छ। कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन्। ‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्नु हुन’ उल्लेख गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोत/ भूमिसुधार शाखाले सूचना निकालेको छ।
काठमाडौं: लकडाउनमा खुला गरिएका अत्यावश्यक उद्योग पनि पचास प्रतिशत भन्दा कम संचालनमा रहेको पाइएको छ। उद्योग मन्त्रालयले वैशाख ३० गतेदेखि जेठ २० गतेसम्म विभिन्न औद्योगिक क्षेत्रमा रहेको उद्योगको अध्ययन गर्दा अत्यावश्यक उद्योग समेत ४६ प्रतिशत मात्रै संचालनमा रहेको पाइएको हो। मन्त्रालयले १० वटा औद्योगिक क्षेत्रमा रहेको उद्योगको अध्ययन गर्दा ४६ प्रतिशत मात्रै संचालनमा रहेको पाइएको हो। मन्त्रालयले १० औद्योगिक क्षेत्रमा चामल, दाल, तेल, औषधि, डेरी, खानेपानी, ग्यास, चिया, चिनी, दाना उत्पादन गर्ने उद्योगहरुको अध्ययन गरेको हो। १० औद्योगिक क्षेत्रमा रहेका ५ सय ९७ वटा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग छन्। यीमध्ये ३ सय ३८ वटा उद्योगहरु मात्र संचालनमा छन्। लकडाउनका…
काठमाडौँ: काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् । यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बारा; बाराको निजगढमा बन्ने दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी गर्न अहिलेसम्म ६७ करोड रुपैयाँ खर्च भएको छ । विमानस्थलको चारकिल्ला घेर्न ५४ किलोमिटर लम्वाई तारवार सम्पन्न गर्न ४ करोड ४३ लाख खर्च भई सकेको छ भने, ६५ विघा १५ कठ्ठा जग्गा मु-आब्जाका लागि ४३ करोड ६४ लाख वितरण आयोजनाका प्रमुख इन्जिनियर विजय यादवले बताए । अध्यक्ष यादवका अनुसार विमास्थलको पूर्वतर्फ बकैया खोलामा तटबन्ध निर्माणका लागि प्रकृया अघि बढी सकेको जसको ठेक्का चार्डै नैं हुने पश्चिम तर्फ रहेको पसाहा खोलामा २.५ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । यसैबीच सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि निजगढ…
काठमाडौँ; कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर…
काठमाडौँ; पछिल्लो २४ घन्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार थपिएका संक्रमित मध्ये २८६ पुरुषा र ३७ महिला भएको स्वास्थ्य मन्त्रालयको जनाएको छ। शुक्रबार सम्म २९१२ जनामा कोरोना संक्रमण देखिएको थियो। यो सँगै कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ। शनिबार थप ३२ जना डिस्चार्ज भएका छन्। योसँगै उपचार पछि निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ।
काठमाडौँ: चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ । त्यसैगरी, बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ…
काठमाडौँ: काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने मौसमविदले बताएका छन् । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने छ । अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ । हिँजो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बढी पानी परेको थियो । आज ती क्षेत्रका पहाडी भागमा बदली छ भने तराईका केही भूभागमा पानी परिरहेको छ । हिजो कैलालीको धनगढीमा ६८ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ । काठमाडौं…
हेटौँडा: शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौँडादेखि काठमाडौँ जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त सडकखण्डमा आज बिहान खसेको पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभएको छ । हेटौँडाबाट काठमाडौं जोड्ने छोटो दूरीको उक्त सडकमा खसेको पहिरो पन्छाउने प्रयास भइरहेको समेत प्रहरीले जनाएको छ ।
