Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति भएको छ । आज बिहान बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकले सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्ति हटाउने सहमति भएको हो । संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो । छलफलमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी…

Read More

काठमाडौँ: पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन टुंगोमा नपुग्दै त्यसलाई प्रभावित पार्ने प्रयास भएको छ । पशुपति क्षेत्र विकास कोषका बहालवाला र तत्कालीन पदाधिकारीसहितको मिलिभगतमा जलहरीको करिब ११ केजी सुन गायब पारिएको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । अख्तियार उच्च स्रोतका अनुसार जलहरी प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । तर, यसलाई लिएर प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसद आरोप–प्रत्यारोपमा उत्रिएका छन् । माओवादी सांसद लेखनाथ दाहालले बुधबार संसद् बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुन भनेर पशुपतिको ज्योतिर्लिङ्गमा पित्तलको जलहरी राखिएको बताएपछि एमालेले शुक्रबार त्यसको प्रतिवाद गरेको हो । जलहरी सुन कि पित्तलबाट बनेको भन्ने…

Read More

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह आज सुर्खेत आउने भएका छन् । राजधानी वीरेन्द्रनगरको घण्टाघरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी हुन शाह सुर्खेत आउन लागेका हुन् । उनी अहिले बाँकेको नेपालगन्जमा रहेका छन् । दिउँसो २ बजे उनी त्यहाँबाट प्लेन चार्टर गरेर वीरेन्द्रनगर आउने छन् । वीरेन्द्रनगर विमानस्थलमा झरिसकेपछि धमला चोक हुँदै कर्बड हलको पछाडि हुँदै कार्यक्रम स्थलमा सहभागी हुने छन् । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ । अभिनन्दन कार्यक्रम पश्चात् उनी देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको पुरीले जानकारी दिए । पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन…

Read More

अहमदाबद: साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो । यस जितका नायक शुभमन गिल (६० बलमा १२९ रन) र मोहित शर्मा (१० रनमा ५ विकेट) थिए । गिलले सिजनको तेस्रो शतक प्रहार गरे । उनी प्लेअफमा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान बने भने गुजरात लगातार दुई सिजन फाइनलमा पुग्ने तेस्रो आईपीएल टोली बनेको छ। अहमदाबादको पीएम नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति भएको खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३३ रन बनाएको…

Read More

काठमाडौँ: शुक्रबार दुईपटक समय तोकेर पनि बस्न नसकेको प्रतिनिधि सभाको बैठक आज बस्दै छ। शुक्रबार साँझ ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो। संघीय संसद्‌द्वारा जारी सूचनामा भनिएको छ, ‘(शुक्रबार साँझ) ६ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ।’

Read More

काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिने किशोरीको उमेर खुल्ने कागजात अस्पताल र वडा कार्यालयले पुनः पठाएका छन्। जिल्ला अदालत काठमाडौंले पुनः माग गरेपछि पर्साको नारायणी अस्पताल र नुवाकोटस्थित किशोरीको वडा कार्यालयले पुनः उपलब्ध गराएका हुन्। बुधबार दुवै कार्यालयबाट किशोरीको जन्मदर्ताको कागजात बुझाएका हुन्। किशोरीले आफू नाबालिग रहेको भन्दै नागरिकता लगायतका कागजात पेश गरेकी छन्। सन्दीप पक्षले किशोरी नाबालिग नरहेको प्रमाण अदालतमा बुझाएका छन्। सुरुदेखि नै किशोरी नाबालिग हुन् वा होइनन् भन्ने विवाद छ। उनका कागजात समेत फरक परेका छन्। बसाईसराई, जन्मदर्ता, शैक्षिक प्रमाण पत्र, विद्यालयमा भएको अभिलेख, किशोरी जन्मिएको अस्पतालको अभिलेख र नागरिकतामा उमेर बाझिएको छ। यसपटक पठाएका…

Read More

काठमाडौँ:सिंहरदरबारमा अहिले सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भइरहेको छ। प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्षका नेता र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो। पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेका सांसदले गरेको अवरोधका कारण शुक्रबार विषय प्रवेश नगरी स्थगित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ। आफ्ना अध्यक्ष ओलीलाई माओवादी केन्द्रका सांसदले संसद्मै भ्रष्टाचारको आरोप लगाएपछि त्यस विषयमा स्पष्टीकरण नदिएसम्म संसद् चल्न नदिने अडानमा एमाले छ। सोही विषयमा सहमति जुटाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच छलफल भइरहेको हो।

Read More

काठमाडौं: नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो । एमालेले दाहालकाे भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान सुरु भएको हो। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गरिएको छ। सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागिएको र पहिलो प्रतिवादीका रुपमा केशव प्रसाद दुलालको नाम समावेश भएको कारण पहिलो बयान दुलालकै लिन लागिएको हो । बुधबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको २२४ पृष्ठ लामो अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाउँदा केशवप्रसाद दुलालको नाम पहिलो प्रतिवादीका रुपमा रहेको छ । त्यसैगरी दोस्रो प्रतिवादीका रुपमा दोस्रो नम्बरमा…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा १९ रुपैयाँ तोकिएको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएसँग नयाँ भाडा तोकिएको हो । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने छोटो दुरीको सार्वजनिक यातायातको न्यूनतम भाडा २० रुपैयाँ रहेको थियो । मन्त्रालयले घटाएको भाडादर शुक्रबार राजपत्रमा प्रकाशित भइसकेकाले नयाँ भाडा लागु भएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । ‘नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ,’ उनले भने । योसँगै ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ, १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ, १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ रुपैयाँ तोकिएको…

Read More