Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दु वै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जित निकाल्न सकेको छैन । विभागीय टिम एपिएफले मात्र एक जित निकालेको छ । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ । विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गर्न सकेको…

Read More

काठमाडौं: गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए । तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ।, आजको नयाँ पत्रिकामा यो खबर छ । नेपालको जनगण्ना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन् । सन् २०२० मा ३.८ प्रतिशत…

Read More

कामठाडौं: मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् । हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् । मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८…

Read More

काठमाडौं: सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो । आव २०७४/०७५, २०७३/०७४ र २०७२/७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको खबर आजको कारोवार दैनिकमा छ । हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ। तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तिनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाउन सकेका छैनन्।

Read More

काठमाडौँ: एक वर्षअघि सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको एउटा आदेश अहिले उच्च पदस्थ सरकारी अधिकारीका लागि टाउको दुखाइ भएको छ । ‘नागरिकको निजी सम्पत्ति निजको स्वेच्छाले बाहेक सरकारले प्राप्त गर्दा जग्गा ऐनले तोकको प्रक्रिया पूरा गरी मुआब्जा वा क्षतिपूर्ति प्रदान गर्नू’, आदेश यत्ति हो । यो समाचार आजको नागरिक दैनिकमा छ । सर्वोच्च अदालतका तीन न्यायाधीहरु कदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले २ असोज २०७४ मा गरेको सो आदेशको २०७५ भदौमा तयार भएको पूर्ण पाठले केन्द्रीय सचिवाल सिंहदरबारमा हलचल ल्याएको हो ।

Read More

काठमाडौं: गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रतिशत पूर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुभति पाउने छैनन्। ‘नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता गर्ने कार्य हाललाई स्थगित गरिनेछ, इजाजतप्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी र तयारी पूरा गरेका बाहेकका सञ्चालनमा आउन बाँकी मदिरा…

Read More

काठमाडौं : वाइडबडी प्रकरणबारे संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमसँग लिखित जवाफका लागि ३८ प्रश्न तयार गरेको छ। समितिले निगमलाई बुधबार प्रश्न पठाउने भएको हो। वाइडबडीको खरिद प्रक्रिया र अनियमितता सम्बन्धमा सांसदले उठाएका प्रश्न समेटेर निगमसँग जवाफ मागिएको समिति सभापति भरत शाहले जानकारी दिए। ‘हामीले प्रश्न तयार गरिसकेका छौं, यसमा छाँटकाँट हुनसक्छ’, शाहले भने, ‘भोलि (बुधबार) समिति बैठक बसेपछि निगमलाई लिखित प्रश्न पठाउँछौं।’ उनले निगमलाई जवाफका लागि बढीमा तीन दिनको समय दिइने जनाए। निगमले ल्याएका दुई वटा वाइडबडी विमानबारे समितिले अध्ययन गरिरहेको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, निगमका पदाधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग छलफल गरिसकेको…

Read More

काठमाडौं : जलविद्युत् तथा पूर्वाधार आयोजनामा विस्फोटक पदार्थ नभई हुँदैन। तर यसको आपूर्तिमा एउटै मात्र कम्पनीको एकाधिकार छ। एकीकृत व्यापार कम्पनीले नेपालमा विस्फोटक पदार्थ आपूर्ति गरिरहेको छ। यो सिन्डिकेटका कारण दुई सय रुपैयाँ प्रतिकिलो पर्ने विस्फोटकलाई एक हजार रुपैयाँ तिर्न व्यवसायी बाध्य भएका छन्। निर्माणसम्पन्न तथा निर्माणाधीन अधिकांश जलविद्युत् आयोजनामा उक्त कम्पनीले मात्रै विस्फोटक पदार्थ आपूर्ति गर्दै आएको छ। एउटा आयोजनाका लागि झिकाइएको विस्फोटक पदार्थ अर्काे आयोजनामा प्रयोग गर्न पाइँदैन। तर उक्त कम्पनीले ‘साह्रोगाह्रो परेको बेला’ भन्दै सापटीसमेत दिँदै आएको छ। यो कृत्यले विस्फोटक पदार्थजस्तो संवेदनशील विषयमा समेत सिन्डिकेट रहेको देखाएको छ। पहिले नेपाली सेनाले विस्फोटक पदार्थ उत्पादन गथ्र्यो। त्यो…

Read More

काठमाडौँ: राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङ निर्माणमा भइरहेको कामको स्थलगत अवलोकन गरेको छ । समितिका सभापति दिलकुमारी रावलको नेतृत्वमा भएको अवलोकनमा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलगायत समितिका सदस्यको सहभागिता थियो । अवलोकनसँगै सुन्दरीजलमै समितिले मेलम्ची खानेपानी विकास समितिसँग अन्तरक्रियासमेत गरेको छ । सो अवसरमा सभापति रावलले आयोजनाको काम निष्कर्षमा नपुगेसम्म निरन्तर रुपमा समितिले पछ्याइरहने बताए । मेलम्चीको पानी राजधानी आउने मिति पटकपटक सरेकाले समितिले सरोकार भएका सबै निकायलाई एकै ठाउँमा राखेर बैठक गर्ने उनले जानकारी दिए । नेकपा संसदीय…

Read More

हेटौँडा: प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो । उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताउनुभयो । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उहाँले भन्नुभयो, “यदि सहमति हुन नसके मतदानबाटै टुङ्गो लगाउनुपर्छ, प्रदेशसभाको आगामी बैठकमा राजधानीको विषयले प्रवेश पाउँछ ।” यद्यपि बैठकको मिति भने टुङ्गो लागेको छैन् । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ । उपसभामुख तामाङका अनुसार यस अवधिमा काङ्गे्रस महासमिति बैठक र नेवारी समुदायको चाड…

Read More