Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : जगदम्बा–श्री तथा मदन पुरस्कार समर्पण समारोह आज भर्चुअल कार्यक्रममार्फत गरिँदैछ। विसं २०१३ देखि निरन्तर भइरहेको मदन पुरस्कार समारोह तथा २०४५ सालदेखि सुरू भएको जगदम्बा–श्री सम्मान कार्यक्रम यसपटक अनलाइन मार्फत् प्रसारण हुन लागेको हो। ‘कोभिड महामारीका कारण प्रत्यक्ष भेट्न नसके पनि सूचना प्रविधि मार्फत् सबैतिर फैलन पाउँदा हामी उत्साहित छौँ,’ मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले भनेका छन्। मदन पुरस्कार गुठीका दीपक अर्यालका अनुसार आज आइतबार अपरान्ह ३ः०० बजेको समारोहमा नैनीतालबाट इतिहासकार शेखर पाठक, सिलगुढीबाट शान्ति ठटाल ९जगदम्बा–श्री सम्मानित० र पोखराबाट चन्द्रप्रकाश बानियाँ ९मदन पुरस्कार सम्मानित० समारोहमा जोडिने छन्। डा। पाठकले आफ्नो विद्वद् प्रवचनमा महाकाली नदी वारि–पारिको…
विराटनगर : नोबेल अस्पताल विराटनगरमा आज एक जना वृद्धको कोरोना संक्रमणबाट निधन भएको छ । विराटनगर–७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको हो । क्यान्सर रोगले पीडित उनलाई कोरोना संक्रमण भएपछि असोज २५ उपचारका लागि भर्ना गरिएको तर उपचारकै क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
काठमाडौं: कैलालीमा मोटरसाईकल गस्तिमा खटिएका प्रहरीको हत्या भएको छ । शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले बताए । जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए । उनीहरुमध्ये एक जनाको शव मोहना खोलामा फेला परेको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव निकाल्न बाँकी रहेको र शव पहिचान भइनसकेको एसएसपी सिंहले बताए । बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर…
काठमाडौँ: विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट निधन भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्य…
काठमाडां : नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक वृद्ध मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ३ :०५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृतकमा मुटु सम्बन्धी पुरानै समस्या थियो । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको पनि मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका- ६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन…
काठमाडौँ: नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । गन्ध थाहा नपाउने समस्या भएपछि शनिबार कोरोना टेष्ट गरेका साहको रिपोर्ट पोजेटिभ आएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् । यसअघि बुधबार पनि गन्ध थाहा नपाएपछि पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएकोमा शनिबारको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिएका छन् ।
एजेन्सी: इंग्लिस प्रिमियर लिगमा न्यूक्सालमाथि म्यानचेस्टर यूनाइटेडले ४–१ को सानदार जित हात पारेको छ। दोस्रो मिनेटमा लुका साको अप्रत्यासित आत्मघाती गोलबाट पछि परेको यूनाइटेडले त्यसपछि लगातार चार गोल थप्यो। २३औं मिनेटमा ह्यारी मगाएरको गोलसँगै यूनाइटेडले खेलमा बराबरी गर्यो। ८६ औं मिनेटमा ब्रुनो फर्नान्डेज र निर्धारित समयको अन्तिम मिनेटमा आरोन वेन बिसाकेले गोल गरे। यस्तै इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गर्दै यूनाइटेडलाई ४–१ को जित दिलाए। जितसँगै यूनाइटेड ४ खेलमा ६ अंकसहित १४औं स्थानमा उक्लिएको छ। त्यति नै अंक रहेको न्यू क्यासल भने १३ औं स्थानमा छ।
ललितपुर, २ कात्तिक (रासस) : लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले व्यापारीलाई सात दिनभित्र यी पसल सफा सुग्घर गरेर सञ्चालन गर्न निर्देशन दिएका छाँै ।” उपप्रमुख गीता सत्यालले कोरोना महामारीको यस जटिल अवस्थामा बजारहरु कसरी सञ्चालन भइरहेका छन्, ग्राहक र व्यापारीले भौतिक दूरी कायम गरेका छन् या छैनन् र गुणस्तरीय सामग्री…
काठमाडौं: शिखर धवनको शतक मद्दतमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपरकिंग्सलाई पाँच विकेटले हराएको छ । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाईले दिएको १८० रनको लक्ष्य दिल्लीले एक बल बाँकी रहँदा हासिल गर्यो । चेन्नाईको टोलीबाट चार पटकसम्म जीवनदान पाएका धवनले नटआउट १०१ रन बनाए । उनी म्यान अफ द म्याच भए । यो दिल्लीको नौ खेलमा सातौं जित हो । यो जितसँगै दिल्ली अंक तालिकाको पहिलो नम्बरमा पुगेको छ । चेन्नाईले भने छैटौं पटक हार व्यहोर्यो । दिल्लीको शुरुवात खराब थियो । पृथ्वी शा दोस्रो बलमै शू्न्य रनमा आउट भए । उनलाई दीपक चहारले आउट गरेका हुन् । दोस्रो ओपनर शिखर…
काठमाडौं: सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं।’ तर, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन्। यद्यपि, यस वर्ष दसैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ। विगतमा दसैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे। बसपार्क तथा टिकट काउन्टरमा गाउँ फर्किन चाहने यात्रुको लाइन हुन्थ्यो। तर, यसपटक टिकट काउन्टर र बसपार्कमा भीडभाड छैन। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप कम भएकाले आधाभन्दा धेरै गाडी खाली नै गुडिरहेको बताए। ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले असोजमा ६ लाख २७ हजार यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए।…
