Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने मन्त्रालयको निर्णय छ । सरकारले भदौ २८ बाट आरटी-पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ । तर स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्रापि्रड डायगनोस्टिकले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका छन् । ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ । मन्त्रालयको…

Read More

काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से लगातार तेस्रो दिन घटेको छ । सोमबार ४.७२ अंकले घटेको नेप्से मंगलबार ७.२१ र बुधबार ३.१९ गरी कूल १५.१२ अंकले ओरालो लागेको हो । नेप्से सूचक घटेपनि पछिल्ला दिनमा आईपीओको आधासम्म मूल्य झरेका १८ कम्पनीको शेयरमध्ये नेशनल हाइड्रोपावर बाहेक सबै कम्पनीको शेयरमूल्य एक सय रुपैयाँ माथि पुगेको छ । नेशनल हाइड्रोपावरको भने ८ रुपैयाँ बढेर ९८ रुपैयाँ पुगेको छ । विश्व महामारीका कारण अधिकांश क्षेत्रको ब्यापार व्यवसाय प्रभावित बनिरहेको समयमा हाइड्रोपावर कम्पनीको सस्ता शेयरमा लगानीकर्ता आकर्षित बनेका हुन् । जसले शेयरमूल्य बढ्ने अधिकांश कम्पनी यसै उपसमूहका रहेका छन् । बुधबार कारोबार रकम १२ करोड…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ गरी ९०२ जना संक्रमित थपिएका हुन्।

Read More

काठमाडौँ:  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । उनले देशभरमा १० हजार ८७ संस्थागत आइसोलेसनमा रहेको जानकारी दिए। उनले पछिल्लो २४ घण्टामा थप १२ हजार २०५ पीसीआर परीक्षण भएको जानकारी दिए। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५७ कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको…

Read More

काठमाडौँ: रेल्वे कम्पनीको जागिरका लागि मागिएको आवेदनमा २४८ गुणा बढीले आवदेन हालेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर-जनकपुर रेल संचालन गर्न माग गरेको १२९ कर्मचारीका लागि करिब ३२ हजारले आवेदन बुझाएका हुन् । रेल्वे कम्पनीले स्टेशन मास्टरदेखि कार्यालय सहयोगसम्मका विभिन्न २९ पदमा १२९ कर्मचारी करारमा भर्ना गर्न भदौ २९ गते विज्ञापन आह्वान गरेको थियो। आवेदन बुझाउने अन्तिम मिति असोज १२ सम्ममा करिब ३२ हजार युवाले अनलाइनमार्फत फारम भरेका हुन्। कम्पनीका महाप्रवन्धन गुरुप्रसाद भट्टराईका अनुसार करिब ३२ हजारले आवेदन बुझाएका छन्। कुन पदमा कति जनाले आवेदन दिएको कुरा अहिले भन्‍न नसकिने बताउँदै उनले अहिले कुन पदका कतिको भन्ने विवरण छुट्याउने…

Read More

काठमाडौँ: कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको प्रहरी महानिरीक्षक शैलेश थापाले बताएका छन् । ‘सकभर अनुसन्धन छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको’ थापाले बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले उक्त घटनाको अनुसन्धान कहाँ पुगेको छ भन्ने समितिलाई जानकारी दिन भनेपछि महानिरीक्षक थापाले उक्त घटनाको अनुसन्धान औपचारिक र अनौपचारिक रूपमा अगाडि बढिरहेको जानकारी दिए । निर्मलाको २०७५ साउन १० गते बलात्कार तथा हत्या भएको र ११ गते शव भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयले अधिकृत पठाइएको र उसले त्यहाँ अनुसन्धान गरिरहेको महानिरीक्षक थापाले…

Read More

काठमाडौं: वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । ‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ उनले भने, ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।’ निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो ।

Read More

काठमाडौं: प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए। नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६०० लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारवाही गरिएको बताए। दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने…

Read More

काठमाडौँ: प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल गर्न आज अध्यक्षद्वयबीच बैठक आह्वान गरिएको थियो । भागबण्डाको विषयमा कुरा नमिल्दा थप गृहकार्यका लागि बैठक स्थगित भएको स्रोतले जनाएको छ । मन्त्रिमण्डल पुनर्गठनका लागि अध्यक्षद्वयका आ-आफ्नै अडान छन् । ओलीले मन्त्रालय फुटाएर मन्त्रिमण्डल गठन गर्ने अडान कायम राखेका छन् भने प्रचण्ड भने सेट नै परिवर्तन गरेर नयाँलाई पालो दिनुपर्ने पक्षमा छन् । त्यस्तै नेकपाका उपाध्यक्ष…

Read More

काठमाडौं: कोरोना महामारीसँगै बजारमा आएका स्यानिटाइजरको गुणस्तर परीक्षणको कामलाई औषधि व्यवस्था विभागले तिव्रता दिएको छ । पछिल्लो समय विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने दुई कम्पनीको उत्पादन बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ । विभागले बुधबार एक सूचनामार्फत सेफ ह्याण्ड २०० एमएल र ह्याण्ड रब इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर १ लिटरको परीक्षणका क्रममा न्यून गुणस्तर रहेको पाइएकाले प्रतिबन्ध लगाइएको जनाएको छ । हालसम्म विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएका ह्याण्ड स्यानिटाइजरको संख्या २० पुगेको छ । असोज १२ गते पनि औषधि व्यवस्था विभागले ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको थियो ।

Read More