Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । स्वकीय सचिव बज्राचार्यले भने, ‘मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।’ यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए । यसैगरी बुधबार दिउँसो नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन…
काठमाडौं- डा.गोविन्द केसीका माग सम्बोधनका लागि आज वार्ता हुँदैछ । तर, समय भने तय भइनसकेको सरकारी वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीले बताए । ‘सरकारले बुधबार अबेर निर्णय गरेकाले समय तय भइसकेको छैन, मैले डा.केसीका प्रतिनिधिसँग पनि कुरा गरिरहेको छु सकभर १ बजे अघि नै नत्र ४ बजेपछि वार्ता गर्छौँ,’ मैनालीले भने । १ बजेदेखि शिक्षासम्बन्धीको सार्कस्तरीय भर्चुअल मिटिङमा सहभागी हुनुपर्ने भएकाले त्यसअघि नै या त ४ बजेपछि वार्ता गर्ने मैनालीले बताए । २५ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले उहाँका जायज माग सम्बोधन गर्ने प्रतिबद्धतासहित अनसन तोडाउने तयारी भएको…
काठमाडौँ: कोभिड–१९ बाट श्रृजित समस्याबाट ब्यापारीक क्षेत्रमा देखिएको शिथिलतालाई चलायमान बनाउन तथा अनलाईन ई कमर्सको माध्यमद्धारा उद्यमी ब्यवसायकोब्यापार अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डट कम बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठ र सोचेको डट कमका प्रवन्धनिर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सभापति श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसंग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डट कम पोर्टल माध्यमद्धारा एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान विक्रि वितरण गर्न लागिएको र यो व्यवस्था प्रभावकारी हुने बताइन् । नेपाल महिला चेम्बर नेपालका…
काठमाडौं: २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा रहेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले आजै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने, जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक…
काठमाडौं: ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई IME Pay Digital Wallet को माध्यमबाट सजिलै भुक्तानी गर्न सकिनेछ । यस व्यवस्थाले सर्वसाधारणलाई राजश्व बुझाउनकै लागि सरकारी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।
काठमाडौँ: जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ भने एकजना अझै वेपत्ता छन्। दुर्घटनामा जुनीचाँदे-११ का वडाध्यक्ष अमरबहादुर शाही, ६१ वर्षीय किर्तिबहादुर शाही, ३२ वर्षीय खेमबहादुर शाही, २९ कृष्णबहादुर शाही, २९ वर्षीय मालिका बस्नेत र थप एकजनाकाे ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए। उनका अनुसार एकजनाको शव फेला परेकोमा उनको पहिचान खुलेको छैन। थप एक जना घाइते भएका छन्। जीप खलङ्गाबाट जुनिचाँदी जाँदै गर्दा स्थानीय औलखोलामा खस्दा दुर्घटना भएको उनले बताए।
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसका संक्रमितको निधन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ।
काठमाडौं : सरकारले बुधबार काठमाडौंमा कोरोना संक्रमितको दर ह्वात्तै बढेसंगै यहाँका अस्पतालमा बेडको अभाव चुलिँदै गएको बताएको छ । यही दरमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्ने हो भने अबको केहीदिनमै हामीले (यहाँका अस्पतालले ) कोरोना संक्रमितहरुको उपचार धान्न नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनले भने, ‘संक्रमितको संख्या बढेसंगैं यहाँका अस्पतालमा भनेको समयमा बेड र उपचार पाउन मुश्किल पर्दै गएको छ ।’ त्यसकारण यहाँ भीडभाड कम गर्न र आवश्यक सावधानीका उपाय अवलम्बन गर्न उनले आमनागरिकलाई अपिल गरेका छन ।
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । हिजो मंगलबार २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको थियो भने आज २५ हजार ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । त्यसैगरी काठमाडौैं उपत्यकामा मात्रै १६ सय ८४ जना संक्रमित भेटिएका छन, जसमध्ये काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना रहको छन । २४ घण्टामा ११ सय २६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका…
काठमाडौं : कोरोना भाइरस अर्थात कोभिड १९ को सक्रिय संक्रमितको संख्या देशभर २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाए अनुसार पछिल्लो २४ घण्टामा कुल संक्रमित संख्या बढेर २५ हजार ७ जना पुगेको छ । यो संख्यासंगै सरकारलाई अब थप बन्दाबन्दी अर्थात लकडाउनको निर्णय गर्न बाटो खुल्ने छ । तर विभिन्न संघसंस्था र व्यवसायीका कारण सरकारलाई अहिले लकडाउन गर्न अप्ठ्यारो परेको छ ।
