Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास गरिएको र कतिपय जिल्लामा कामले तीव्रता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । विद्यालय स्वास्थ्य संस्था, स्थानीय तह र सरकारी कार्यालयको सेवामा सूचना र प्रविधिको विकासका काम जारी रहेको मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख राधिका अर्यालले बताउनुभयो ।प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने सरकारी योजनाअनुरुप धेरै जिल्लाका विद्यालय र स्वास्थ्य संस्थामा सूचना र प्रविधिको विकास भइसकेको उनको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सूचना र प्रविधिमा सबै…

Read More

धनगढी : नेपाल खाद्य संस्थानले किसानको धान खरीद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरीद गर्न थालेका छन् । संस्थानले धान खरीदको व्यवस्था गरेसँगै किसानले धान बिक्री गर्दा मूल्यमा व्यापारीबाट हुने मोलमोलाइको समस्या हटेको किसानले बताएका छन् । संस्थानले मोटो धान प्रतिक्विन्टल रु दुई हजार ३३१ मा खरीद गर्न शुरु गरेपछि धान खरीदको कारोवार गर्ने व्यापारीले धान खरीद मूल्य बढाएर प्रतिक्विन्टल रु दुई हजार ४०० पु¥याएको स्थानीय किसानले बताएका छन् । संस्थानले धान खरीद गर्नुअघि व्यापारीले प्रतिक्विन्टल रु दुई हजार २०० देखि दुई हजार २५० मा धान खरीद गर्दै आएका थिए । संस्थानको सेती अञ्चल…

Read More

हुम्ला: कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हँुदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताए । उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ ।

Read More

ललितपुर: राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास गर्न असहज भएको भन्दै उजुरी आइरहेको हो । उहाँले भन्नुभयो, “त्यसैले पनि मापदण्डअनुसार नचल्दा आफ्नो ठाउँमा बस्नै गाह्रो भएको भन्दै उजुरी आइरहेको छ ।” पहिलेभन्दा अहिले आयोगमा उजुरी कम भए पनि आएका उजुरीको प्रकृति बदलिएको आयोगले जनाएको छ । द्वन्द्वकालमा जघन्य अपराधसम्बन्धी मात्रै उजुरी आउँथ्यो । नागरिकमा जघन्य अपराधमा बाहेक आफ्नो अधिकार हनन…

Read More

काठमाडौँ: खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत पत्रकारहरुको छाता संगठन वास मिडिया फोरम नेपाल, विधिवत रुपमा दर्ता भएको छ। गत असारमा गठन भएको वास मिडिया फोरमको तदर्थ समिति जिल्ला प्रशासन कार्यालय काठमाडौमा विधिवत रुपमा मङ्सिर २५ गते दर्ता भएको हो । विभिन्न मुलधारका सञ्चार माध्यममा आवद्ध रहेर वास क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरुको भेलाले मनिषा कुमारी अवस्थीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । पत्रकारिताको माध्यमबाट खानेपानी तथा सरसफाइ क्षेत्रका बिषयहरुलाई उजागर गर्ने, सुरक्षित खानेपानी र स्वच्छ वातावरणमा जिउन पाउने नागरिकको संविधान प्रदत्त अधिकार प्राप्तिका लागि नागरिकलाई सुसुचित गराउने र राज्यलाई झक्झक्याउने उद्देश्यले वास मिडिया फोरम गठन गरी दर्ता…

Read More

काठमाडौँ: प्रस्तावित काठमाडौँ–केरुङ रेलमागको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । काठमाडौँ–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ । काठमाडौँमा चलिरहेको तेस्रो तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो ।

Read More

काठमाडौँ: सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानुन बनाउन लागेको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार संरचना आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक’ मा ठूला आयोजनाको निर्माण सम्झौता सोझै गरिने र यसको निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने आयोजना निर्देशक समितिले गर्ने उल्लेख छ । २५ देखि ५० अर्ब रुपैयाँसम्मको आयोजनामा भने प्रतिस्पर्धा गराइने छ । तर, ‘प्रस्ताव आह्वान गर्दा पनि छनोट हुन नसकेको आयोजना,’ ‘नयाँ प्रविधि र अवधारणामा आधारित’ र ‘५० अर्ब रुपैयाँभन्दा बढी लागत अनुमान भएको आयोजना’ को निर्माणकर्तासँग सोझै वार्ता गरी छनोट गर्न पाउने विधेयकको…

Read More

दाङ: चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयकाअनुसार मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, पाँच वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन् ।…

Read More

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ। दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता अफ लोड गरेको हो। उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए। भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए। त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्। एस ट्राभल्स एक्सप्रेस सर्भिस प्रालिको ब्रान्डिङ नाम ‘एस ट्राभल्स डटकम’ हो। नक्कली कागजपत्र बनाएर अवैध ढंगले…

Read More

काठमाडौं: मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ । राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्धा चलाउन थालेपछि मुलुकका शान्ति र अमनचयन कामय भएको सरकारको निष्कर्ष रहेको छ । विगतमा कमजोर मुद्धा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरण छुट्दै आएका राउत पछिल्लोपटक हिरासतमा फर्किनु परेको छ भने उनका ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएका छन् ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

Read More