Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँ अवतरण गर्नुपर्ने थियो तर निगमको लापरबाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौँ ओर्लिएको थियो । हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घन्टापछि उडान भएको छ ।

Read More

काठमाडौँ: नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा पनि कारबाही नहुने गरेको स्थिती सेनाभिध रहेको हो । नेपाली सेनाले कही दिनअघिमात्र तीन अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको थियो । त्यसमा दोषीहरुबाट करिब साढे ३ करोग बिगो उठाउने निर्णय भएको थियो । कोर्ट इन्क्वायरीको सिफारिससँगै उपरथीको अध्यक्षतामा बनेको जनरल समरी सैनिक अदालत (कोर्ट मार्सल) मार्फत गरिएको कारबाहीमा पनि ठूला र पहुँचवालालाई जागाइएको पाइएको…

Read More

सोलुखुम्बु: खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको याक होटलमा बास बसेका थिए । आइतबार एक्कासि बिरामी भएका मिश्रलाई उपचारका लागि ल्याउने क्रममा लुक्लामा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्कीले जानकारी दिए । उनको शव कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत आइतबारनै…

Read More

काठमाडौं: कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञहरुसमेत राखेर यस्तो अनुसन्धान टोली गठन गर्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ । अहिले प्रहरीले भीमदत्तनगर १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सोधपुछका क्रममा उनीहरुले अपराध स्वीकार गरेका छन्, तर उनीहरुका कतिपय कुरा नमिल्दो रहेको प्रहरीले जनाएको छ । विगतमा अभियुक्त भनेर पक्राउ गरिएका दिलीपसिंह विष्टले पनि सुरुमा अपराध स्वीकार गरे पनि डिएनए नमिलेपछि छाडिएको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ…

Read More

काठमाडौं : इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग छ। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो। तीन सेन्टिमिटरमा ९० लिटर तेल अट्छ। देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर ‘तेल मिलाउँदा’ प्रतिदिन डिजेल र पेट्रोलमा…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विसं २१०० सालसम्मको दीर्घकालीन आधारपत्र तयार पारेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को सोचअनुरूप राज्यका तीनै तहले सम्पादन गर्ने कार्यहरूको सूची, नेपाल सरकारका सान्दर्भिक विद्यमान नीति, नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता एवं स्वास्थ्य क्षेत्रका विद्यमान चुनौतीलाई आधार बनाई स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सोचको आधारपत्र तयार गरिएको मन्त्रालयले जनाएको छ । दीर्घकालीन आधारपत्र तयार गर्नुको मुख्य लक्ष्य स्वस्थ, सबल र उत्पादनशील नागरिक तयार गर्ने रहेको मन्त्रालयले बताएको छ । आधारपत्रको नारा ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’ रहेको छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । राष्ट्रिय स्वास्थ्य नीति ०४८ ले दुर्गम र ग्रामीण क्षेत्रमा स्वास्थ्य…

Read More

काठमाडौं: राष्ट्रिय सम्पदा धरहरा भन्दा धरहराको अस्तित्व नै नामेट पार्ने व्यवसायिक टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलितहरु आन्दोलित भएका छन् । राष्ट्रिय सम्पदा बचाउ अभियान स्थानीय संघर्ष समितिमार्फत स्थानीयहरु आन्दोलित बनेका हुन् । स्थानीयलाई बिना सूचना, बिना जानकारी गुठी संस्थानले दादागिरी शैलीमा निर्माण कार्य अगाडि बढाएको स्थानीयको आरोप छ । पैसाको चलखेलका कारण पटक–पटक अदालत र सरकारी निकायलाई समेत हवाला दिंदै बिदाको दिन पारेर निर्माण कार्य अगाडि बढेको भन्दै संघर्ष समितिले सरकारी निकायको ध्यानाकर्षणसमेत गराएको छ । स्थानीय संघर्ष समितिका अनुसार गुठी संस्थानले प्रधानमन्त्रीको कार्यालय, पुरातत्व विभाग, महानगरपालिका, महानगरपालिकाको वडा नम्बर ११ कार्यालय लगायत कसैको पनि स्विकृतिबेगर उक्त निर्माण…

Read More

भक्तपुर: बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीनसम्म पनि उनको परिवारले बुझ्न मानेको छैन । शुक्रबार आफ्नै स्कूलको बसको ठक्करबाट ज्यान गुमाएकी चाँगुनारायण नगरपालिका–८ सुडालका सात वर्षीया प्रतिष्ठा खत्रीको शव विद्यालयका प्रिन्सिपल सम्पर्कमा नआई फरार रहेको भन्दै अभिभावकले उठाउन मानेका छैनन् । अभिभावकले आज महानगरीय प्रहरी परिसर दिनभर घेराऊ गर्नुका साथै सडकसमेत बन्द गराएका थिए । कक्षा १ मा अध्ययनरत खत्रीलाई बा१क ७२८५ नं को बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । स्कूलका प्रिन्सिपल राजेन्द्र कोजु अहिलेसम्म बालिकाको परिवारको सम्पर्कमा आएका छैनन् । मृतक बालिकाकी हजुरआमा मञ्जु खत्रीले स्कूलले बसमा सहचालकसमेत नराखी चलाउँदा नातिनीको ज्यान गएको आरोप लगाएकी छिन…

Read More

काठमाडौँ: एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजलाई पराजित गर्दै सुखद शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवाले पोखरालाई चार विकेटले पराजित गर्दै प्रतियोगितमा सुखद शुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले भैरहवालाई २१६ रनको लक्ष्य दिएको थियो । दुई सय १६ रनको लक्ष्य पछ्याएको भैरहवाले १९ दशमलव ४ ओभरमा छ विकेट गुमाउँदै भेटायो । भैरहवाको जितमा भारतीय बयाट्सम्यान रवि इन्द्रर सिंहले अविजित १२५ रनको योगदान दिए । त्यस्तै आरिफ शेखले २३ रन तथा पुनित मेहेराले अविजित १८ रन जोडे । पोखराका सुशन भारी, विक्रम…

Read More

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ अध्यादेश जारी गरिकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज सो अध्यादेश जारी गरिकी हुन् । प्रदेश तहमा कर्मचारी अपुग भइरहेको र खटाइएका स्थानमा कर्मचारी नजाने समस्या विद्यमान रहेको अवस्थामा उक्त अध्यादेशले तोकिएको सुविधा दिएर कर्मचारी प्रदेशमा खटाउने र अटेर गरेमा सेवाबाट बिदा दिन सकिनेसम्मको अधिकार रहेको जनाइएको छ । सङ्घ र प्रदेशबीच तथा प्रदेशप्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेकै दिन अध्यादेश जारी…

Read More