Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ललितपुर: सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो । कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन् । उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने दुई लाख तीन…

Read More

काठमाडौँ: सान्जेन जलविद्युत् कम्पनीको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ । विहीबार कोषमा भएको सो सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल तथा सन्राईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् । दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि छुट्टयाईएको ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि छुट्टयाईएको ३६ लाख ५० हजार कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयरको लागि सनराईज क्यापिटल र एनएमबि क्यापिटललाई…

Read More

भेटिकन सिटि: एएफपी) ः क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस आउँदो फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा जानुहुने भएको छ । क्रिश्चियन र इस्लाम धर्माबलम्वीहरूको सम्वन्धलाई थप मजबुत र सौहार्दपूर्ण बनाउनका लागि पोपले मुसलमान समुदायको राष्ट्र युएइको भ्रमण गर्न लाग्नु भएको समाचारमा जनाइएको छ । अरब प्रायद्वीपको भ्रमण गर्ने उहाँ पहिलो पोप हुने भेटिकनले बिहीबार जनाएको छ । आउँदो डिसेम्बर १७ तारिखका दिन ८२ बर्ष पुग्नुहुने पोपले यसअघि अन्य केही इश्लामिक देशहरुको पनि भ्रमण गर्नु भएको थियो । उहाँले सन् २०१४ मा टर्की, २०१६ मा अजरबैजान र २०१७ मा इजिप्टको भ्रमण गर्नु भएको थियो । त्यसैगरी आउँदो मार्चमा उहाँले मोरोक्कोको भ्रमण गर्ने…

Read More

काठमाडौं: ३३ किलो सुन तस्कर र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल साधारण तारेखमा रिहा भएका छन् । बिहीबार जिल्ला अदालत, मोरङको आदेश उल्टाउँदै उच्च अदालत विराटनगरले सञ्जेललाई साधारण तारेखका छाड्न आदेश दिएको हो । जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका सञ्जेललाई उच्च अदालतका न्यायधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले छाड्न आदेश दिएका हुन् । साधारण तारेखमा राखेर सञ्जेलको मुद्दाबारे अनुसन्धान भइरहने उच्च अदालतले जनाएको छ । सुन तस्कर प्रकरणमा प्रहरी प्रधान कार्यालयले एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई गत वैशाखमा निलम्बन गरेको थियो ।

Read More

काठमाडौँ: भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ । जहाँ प्रदीप रावल एक्लै बस्छन् । विपन्न परिवारका उनले स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा बेंग्लोरमा छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।, एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्रनगर बजारमा व्यवसाय गर्दै आएका उनले भने, ‘प्रदीपलाई पनि राम्रोसँग पढ्ने भए पढाइदिन्छु भनेको थिएँ, तर उसले साथीसंगतको लहलहैमा पढाइ छाड्यो ।’ निर्मला पन्तको हत्या आशंकामा काठमाडौंमा पक्राउ परेका युवक प्रदीप लागुऔषध दुर्व्यसनी हुन् । उनी चोरी र डकैतीमा संलग्न रहेको स्थानीय बताउँछन् ।…

Read More

काठमाडौँ: बैंकले एकतर्फी रुपमा ब्याज बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निजी क्षेत्रले सरकारलाई गुहारेका छन्। ब्याजदर बढेकै कारण निर्माणाधीन परियोजनाको लागत बृद्दी भएको र नयाँ परियोजना संचालन गर्न नसकिएको उनीहरुको गुनासो छ। पछिल्लो दुई वर्षयता बैंकले पटकपटक ब्याजदर बढाईरहेकाले उद्ध्योग व्यवसाय संचलान गर्न अप्ठ्यारो भएको भन्दै त्यो नियन्त्रण गर्न सरकारलाई आग्रह गरिएको हो। नेपाल उद्योग बाणिज्य महासंघले विहिबार बिज्ञप्ति जारी गरि यस्तो बताएको हो। अपेक्षा अनुसार निक्षेप बढ्न नसकेपछि बैंक तथा वित्तिय संस्था ब्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिए। ब्याजदर वृद्धिको प्रतिस्पर्धाले नयाँ निक्षेप संकलन गरेन। बरु बैंकहरुबीच निक्षेप खोसाखोसको प्रतिस्पर्धा बढ्यो। यो प्रवित्तिले विकृति बढ्न थालेपछि बैंकहरुको छाता संगठन नेपाल बैंकर्स…

Read More

काठमाडौँ: शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सो ट्रफी सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी हुने ६ टोलीका कप्तान क्रमशः दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, पारस खड्का, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच खेल हुनेछ । विराटनगरको कप्तानी पारस खड्का तथा ललितपुरको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् । राउण्ड रोविन लिगमा उद्घाटनको अर्को दिनदेखि दुई÷दुई खेल हुने इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले आज पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो । आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ । विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी रु ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो । विसं २०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियोे । प्रहरी प्रमुख भएका बेला खरीद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले दोषी…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विहिबार सरकारले सुचना नलुकाएको बरु उल्टै पाएका सहि सूचनालाई पनि संचार माध्यममा तोडमरोड गरी सम्प्रेषित गरेको प्रति संचारगृहमाथि खनिएका छन्। “सरकारले सूचना लुकाउने कुरा सोच्न पनि सक्दैन, बरु उल्टै संचारगृहहरुले सूचनालाई कुनै पनि पुष्ट्याई र आधिकारिकता विना सम्प्रेषण गर्दा जनता र राज्य त्यसबाट दुखित रहेको र त्यस्ताखाले भ्रम पूर्ण समाचारले बरु संचार गृहकै हैसियत उदाङ्गो पारेको छ, मन्त्री बाँस्कोटाले भने। सरकारले सूचना लुकाएको पनि छैन र कुनै पनि मन्त्रालय अन्तर्गतका प्रवक्तालाई सूचना नदिन पनि नभनिएको उनले प्रष्ट पारे। शाही साशनकालको जस्तो एकद्वार सूचना प्रणाली भन्नु भएको छ यो त कहिँ कतै हामीले…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन आज एक सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ…

Read More