काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विहिबार सरकारले सुचना नलुकाएको बरु उल्टै पाएका सहि सूचनालाई पनि संचार माध्यममा तोडमरोड गरी सम्प्रेषित गरेको प्रति संचारगृहमाथि खनिएका छन्।
“सरकारले सूचना लुकाउने कुरा सोच्न पनि सक्दैन, बरु उल्टै संचारगृहहरुले सूचनालाई कुनै पनि पुष्ट्याई र आधिकारिकता विना सम्प्रेषण गर्दा जनता र राज्य त्यसबाट दुखित रहेको र त्यस्ताखाले भ्रम पूर्ण समाचारले बरु संचार गृहकै हैसियत उदाङ्गो पारेको छ, मन्त्री बाँस्कोटाले भने।
सरकारले सूचना लुकाएको पनि छैन र कुनै पनि मन्त्रालय अन्तर्गतका प्रवक्तालाई सूचना नदिन पनि नभनिएको उनले प्रष्ट पारे। शाही साशनकालको जस्तो एकद्वार सूचना प्रणाली भन्नु भएको छ यो त कहिँ कतै हामीले सुनेका र सरकारले त्यसो गर्नु भनेर कुनै मन्त्रालयलाई नभनिएको पनि उनले बताए।
निर्मला हत्या काण्डबारे सरकारको आलोचन र सरकार पोस्टरमा भेटियो न्यायमा भेटिएन भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “सरकार निर्मलाको हत्या अनुसन्धान मार्फत छिटै भेटिनेछ हामी यसमा धेरै नगिच पुगेसकेका छौँ।”
सरकारको सहभागितामा हालै सम्पन्न भएको एशिया प्रशान्त सम्मेलनबारे टिप्पणी गर्दै उनले भने, “तत्तकालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरला यस्तै सम्मेलनमा सहभागी हुँदा चाँही उहाँ शान्तिको दूत हुनु भो, कम्युनिष्टहरुले भाग लिंदा चाहिं निकै ठुलो अपराध जस्तो हुने यो हाम्रो पत्रकारिताले के संदेश दिन खोजिएको हो।”
“यस्तै पत्रकारिता गर्ने हो हामीले भुल्नु हुदैन कहीं कतै हाम्रो संचार गृहहरु डा भक्तमान श्रेष्ट अपहरण काण्ड र दिलसोभा प्रकरण जस्तो प्रमाणित भएर कुनै दिन आफै लाज्जित भई जनताको बिश्वास गुमाउन नपुगोस,” सरकारका प्रबक्तासमेत रहेका बाँस्कोटा भने। “केहि संचारगृहमा अहिले भ्रमपूर्ण, बिना कुनै पुष्ट्याई खबर सम्प्रेषण गर्ने गर्नाले नेपाली पत्रकारिताको ‘ट्रेन्ड र प्राक्टिस’ नै सेट गर्न खोजे जस्तो देखिन्छ जुन कालान्तरमा नाङ्गिनेछन,” उनले भने।
तपाँइहरु सबै जानकारी हुनुहुञ्छ हाम्रो देश नेपाल धर्म निरपेक्ष, बहुजाती , बहुभाषी र बहुसांस्कृतिक हो भनेर अनि फेरी यहि कुरा भुलेर हामीले एउटा निश्चित धर्मको नाममा लागेर त्यसैलाई सरकारको ठुलो गल्ति भयो भनाइ भ्रम पूर्ण समाचार दिनु भनेको जनताले पनि १० रुपैयाँ तिरेर किनेको पत्रिका पढ्ने पाठकलाई गुमराहमा राख्नु हो, मन्त्रि बाँस्कोटाले भने।
भक्तमान अपहरण काण्ड
डा. भक्तमानको श्रेष्ठको अपहरण घटनाको सुरुवाती चरणमा माओवादीले गरिएको भनिएको थियो। उनको २०६७ जेठ ४ गते अपहरण भएको थियो । श्रेष्ठ १९ दिनपछि एक करोड आठ लाख ५० हजार रुपैयाँ बराबरको सुन फिरौती बापत बुझाएर अपहरण मुक्त भएका थिए । डा. श्रेष्ठको अपहरणमा संलग्न ठहर भएका मुख्य अभियुक्त भारतीय नागरिक रोहित पालिवाल र भिमसेन पण्डितलाई जिल्ला अदालत चितवनले अपहरण तथा शरिर बन्धक मुद्धा अन्तर्गत १३ वर्ष कैद र संगठित अपराध भएकोले थप दुई वर्ष सहित १५ वर्ष कैद सजाय फैसला सुनाएको थियो।
यस्तै, दिलशोभाको घटनामा नागरिकमा लेखिएको उक्त समाचारमा प्रहरीले दुई महिना अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा ‘अरु आरोप पुष्टि भए पनि यौन दुराचारको आरोप पुष्टि हुन नसकेको’ भन्दै पहिलो पेजमा प्रधान सम्पादकले क्षमा मागेका हुन्।
यी दुइवटै समाचार नागरिक दैनिक र रिपब्लिकामा प्रकाशित भएका थिए।
,