Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज यहाँ आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उनले भर÷अभरमा सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक भएको स्पष्ट पारे । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै सबैका लागि र सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने बताएको स्मरण गर्दै उनले भने, “आजभन्दा २५ वर्ष पहिले हामीले नै पहिलो चोटि अल्पमतको सरकार…

Read More

काठमाडौँ: कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरेको हो । “सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह् लगाउने काम भइरहेको छ”, उनले भने, “सडक चिन्ह् सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ ।” सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रो चरणको कालोपत्रे भएको योजनाले जनाएको छ । दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह् लगाइएको हो । अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम…

Read More

काठमाडौं: लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले हालै ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ । ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थको आवश्यकतालाई पूर्ति गर्ने क्रममा दुगड समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अगाडि नै बजारमा ल्याएको थियो । बजारको मागलाई ध्यानमा राख्दै यस समूहले ज्ञान कोदोको पिठो १ केजी प्याकमा बजारमा ल्याएको हो । ज्ञान कोदोको पिठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनिको दाबी छ । ज्ञान कोदोको पिठो…

Read More

चितवन: कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय समितिको बैठकले भोलि बुधबारदेखि सबै ह्याचरीले चल्ला उत्पादन गर्ने सेटर मेशिनमा आधा मात्रै फुल राख्ने निर्णय गरेको हो । देशभरमा १३ वटा लेयर्स ह्याचरी उद्योग सञ्चालनमा छन् । एउटा सञ्चालनमा आउने तयारीमा छ जसमध्ये आठ वटा चितवनमा छन् । अठार दिन सेटर मेशिनमा फुल राख्ने गरिन्छ । त्यसपछि तीन दिन ह्याचरी मेशिनमा राखेपछि फुलबाट…

Read More

काठमाडौँ: केहिदिन देखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज सामान्य सुधार आएको छ । आज मंगलबार नेप्से परिसूचक एक दशमलब ६१ अंकले बढेर एक हजार १६१ दशमलब ४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलब ८२ अंकले र सोमबर ६ दशमलब ३५ अंकले घटेको थियो । नेप्से परिसूचक बढेपनि कारोवाररकममा भने साधुर आउन सकेन । आजको कारोवारमा सबै भन्दा बढी होटल समूहको परिसूचक १० दशमलब ०८ अंक र जलबिधुत ४ दशमलब ८१ अंकले बढेको छ । त्यसैगरी बाणिज्य बैंक २ दशमलब २२ अंक, विकास बैंक ३ दशमलब ८६ अंक र अन्य समूहको परिसूचक २ दशमलब २७ अंकले बढेको…

Read More

भक्तपुर: भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गरे । पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको अधिकार सम्पन्न बागमती आयोजनाका प्रमुख आशिष घिमिरेले जानकारी दिए । हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले सो क्षेत्रको खोलाको चौडाइ फराकिलो बनाइ करिडोर निर्माणकार्य शुरु गरिएको आयोजनाले जनाएको छ । बागमती नदीको सहायक नदीका रुपमा बहने हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले दुई किमि नदी क्षेत्रमा करिडोर निर्माण शुरु गरेको हो…

Read More

काठमाडौँ: सरकारले लाखाँै श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरे । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् ।उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।

Read More

रोल्पा : पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो । गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९ मा पढ्दै गरेकी जानकी गर्भवती भएसँगै उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्ने निर्णयसहित यही मङ्सिर १ गते घरबाट भागे । मङ्सिर ५ गते विवाहको तयारी गरिरहेको बेला बालविवाह भएको भन्दै गाउँलेले प्रहरीमा खबर गरे । इलाका प्रहरी कार्यालय सुलिचौरले केटाकेटी तथा केटाका अभिभावकलाई समातेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पेश ग¥यो । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको अगुवाइमा भएको छलफलपछि…

Read More

काठमाडौँ: माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) आज मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए । आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो । आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाले बताएको छ । ४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाको दोस्रो चरणमा…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.७ प्रतिशतले बढेको छ । २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ प्रतिशत, ३५ प्रतिशत र ४६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३६.१ प्रतिशत र ४२.५ प्रतिशत रहेको थियो । २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.८…

Read More