Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
घोराही: घोराही दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो । चौधरीलाई घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले तीन घण्टासम्म सवारी जाँच गरेपछि चौधरी पक्राउ परेकी हुन् । पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान सन्तकुमार चौधरी फरार छन् । यसअघि उक्त…
काठमाडौँ: पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । “पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,” उनले भने, “महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको…
बेरुत: सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २०० जनाको मृत्यु भएको सिरियाली मानब अधिकारवादी समूहहरूले जनाएका छन् । झडपहरूमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् ।इस्लामिक स्टेट (आइएस) लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले सोमबार जानकारी दिएका छन् । भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ । यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सवैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरु मारिएको घटना हो । “आइएस लडाकूहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५…
धनगढी: पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए । घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ ।
काठमाडौँ: सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार (आज) प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले…
काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा पाइरहेका बेला निगम स्वयंले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ । जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको छ । महालेखा परीक्षकको ५५ वार्षिक प्रतिवेदनले जहाज खरीद प्रक्रियामा त्रुटी औंल्याएपछि पछिल्लो समय यो विषय सडकदेखि संसदीय समितिमा पुगेको छ । जहाज खरीद प्रक्रियामा कुनै खोट नभएको निगमका अधिकारीले स्पष्टीकरण दिएका छन् । झण्डै एक महीनादेखि सञ्चार माध्यमले निगमको…
काठमाडौँ: काठमाडौँ तराई मधेश द्रुतमार्गको निर्माण प्रक्रिया अगाडि बढिरहेका बेला सांसदहरुले खोकना र बुङमतीवासीको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय संसद् मातहतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले सांस्कृतिक सम्पदाको संरक्षण र विकास निर्माणको काम तथा कारवाहीलाई समन्यायिक तवरले अगाडि बढाउनुपर्ने र स्थानीयवासीको मागको उचित निरुपण गर्नुपर्ने आवश्यकता औँल्याए । आयोजना प्रभावित क्षेत्रका रुपमा रहेको खोकना र बुङमतीवासीले परम्परागत बस्तीको संरक्षण, उचित मुआब्जाको माग र आयोजनामा अपनत्व खोजेको भन्दै सरकारले उनीहरुको माग सम्बोधन गरेर जानुपर्ने बताए । समितिको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले न्यापूर्ण मुआब्जा पाउनुपर्छ भन्ने स्थानीयवासीको माग जायज रहेको बताए । उनले स्थानीयवासीको माग…
काभे्रपलाञ्चोक: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काभे्रपलाञ्चोकका १३ वटा स्थानीय तहसँग पुनर्निर्माण कार्यको समन्वय एवं सहयोग आदानप्रदान गर्न ११ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा आज धुलिखेलमा आयोजित पुनर्निर्माण समीक्षात्मक कार्यक्रममा स्थानीय तहका प्रमुख एवं पदाधिकारी तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कर्यान्वयन एकाई, अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का प्रमुखबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो । कार्यकारी अधिकृत ज्ञवालीले अबको बाँकी आवास निर्माणका लागि प्राधिकरणले स्थानीय निकायसँग समन्वय गर्ने योजनाअनुसार समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले भने, “सङ्घीयताकै आधारमा आवास पुनर्निर्माणको जिम्मेवारी प्रदेशमार्फत स्थानीय तहलाई दिइने योजनाअनुरुप स्थानीय तहका पदाधिकारीसँग सम्झौता गरेका हौँ ।”…
काठमाडौं : ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरिदिएका हुन् । गत साउनमा तलब, भत्ता , बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र राखेको र तीन महिना बितिसक्दासमेत समस्याको समाधानतर्फ टान कार्यसमिति एवं पदाधिकारी उदासिन भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए । पथ प्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाएको टिम्स रकम सार्वजनिक…
काठमाडौँ: युएन पार्क नजीकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए । उनका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ ।