Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक निजामती कर्मचारीको सङ्ख्या नै कमी भएका कारण प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको संसदीय समितिलाई जानकारी गराएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रदेश र स्थानीय तहमा कर्मचारी नगएरभन्दा सङ्ख्या नपुगेर कठिनाइ भइरहेको बताए। “सङ्घ, प्रदेश र स्थानीय तह सञ्चालनमा देखिएको कर्मचारी व्यवस्थापनसम्बन्धी अप्ठ्यारो र अड्चनलाई सम्बोधन गर्न कर्मचारी समायोजनसम्बन्धी अध्यादेशको तयारी गरिएको छ”, उनले भने, “कर्मचारी खटाउने हो कि पठाउने वा त्यही जिम्मेवारी दिने भन्ने प्रष्ट कानूनी व्यवस्था नभएकाले छिटो टुङ्गोमा पुग्न अध्यादेश ल्याउन भनिएको हो ।” सचिव थपलियाले…
काठमाडौँ: प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरीद गरेको वाइड बडी विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन गरे÷नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरीद तथा अनुगमन कार्यालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा उक्त कार्यालयका सचिव मधुप्रसाद रेग्मीबाट विमान खरीद प्रक्रियाका सम्बन्धमा आवश्यक जानकारी लिएपछि समितिले १० दिनभित्र लिखित राय पेश गर्न निर्देशन दिएको हो । एक हजार घण्टा उडान भरेको उक्त विमान खरीद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन भए÷नभएकोसहित समितिमा उठेका प्रश्नको सम्बोधन हुने गरी प्रतिवेदन दिन समितिले निर्देशन दिएको छ । उक्त विमान खरीदमा अनियमितता भएको हुन सक्ने आशङ्का भएपछि संसदीय समितिले आ–आफ्नो…
काठमाडौँ: मंगलबार सामान्य सुधार आएको शेयर बजारमा बुधबार पुन:गिरावट आएको छ । आज बुधबार नेप्से परिसूचक दुई दशमलब १ अंकले घटेर एक हजार १५९ दशमलब ३८ अंकमा पुगेको छ । मंगलबार नेप्से परिसूचक एक दशमलब ६१ अंकले बढेको थियो । आजको कारोवारमा अन्य बाहेक सबै समूहको परिसूचक घटेको छ । आजको कारोवारमा विकास बैंकको एक दशमलब ३१ अंकले घटेको छ । त्यसैगरी, होटल समूहको परिसूचक ३ दशमलब २५ अंक, जलबिधुत ४ दशमलब ९७ अंक, निर्जिबन बीमा समूहको परिसूचक २५ दशमलब ४१ अंक, जीवन बीमा १ दशमलब ८८ अंक र लघुवित्त समूहको परिसूचक १२ दशमलब ९१ अंकले घटेको । नेप्से परिसूचक…
वासिङटन डिसी: अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार यस विस्फोटमा परी अन्य तीन आफ्ना सदस्यहरु घाइते भएका छन् । यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको अमेरिकी टेलिभिजन सिएनएनद्धारा प्रशारित समाचारमा जनाइएको छ । यस विस्फोटमा परी ज्यान गुमाएका सैनिकहरुको परिचय भने खुलाइएको छैन । सन् २०१७ यता अफगानिस्तानमा अमेरिकी सैनिकमाथि गरिएको यो भीषण आक्रमण भएको बताइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका साताहरुमा तालिबान आतङ्ककारी समूहले आफ्नो आतङ्ककारी क्रियाकिलापमा बृद्धि गरेका छन् । तालिबान आतङ्ककारीको बलियो प्रभाव…
काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिगमा १२ अङ्क जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ । समान १० अङ्क नै जाडेको त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे । खेलको पहिलो हाफको २१ औँ मिनेटमा हिमालयन शेर्पाका आशिषले हेडमार्फत गोल…
काठमाडौं: दरबारमार्गको एक होटलमा भएको बलात्कार काण्डपछि फेरी काठमाडौंको ठमेलको वार्ड नम्बर २७ मा आज एक युवती बलात्कृत भएकी छिन्। घटना क्वासी होटल एण्ड रेष्टुरेन्टमा भएको थियो। यो चाइनिज होटल हो। महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी प्रबक्ता तथा डिएसपी होबिन्द्र बोगटीका अनुसार पीडित युवती त्यहाँ कोठा खोज्दै त्यस होटेलसम्म पुगेकी थिइन्। तर कसरी ति युवती कोठा खोज्न होटेलमा पुगिन् भन्ने बारे प्रहरी अझै अनुशन्धानरत रहेको बोगटीले बताए। बलात्कृत हुने युवती २२ वर्षकी छिन्, प्रहरीले भन्यो। उनले प्रहरी समक्ष उजुरी लिएर आएपछि तत्तकाल प्रहरी वृत लैनचौरले अनुसन्धान थालेको थियो। घटनामा संलग्न भएको आशंकामा पांच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा…
शिजिआजुआङ्: उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो । यस विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारका अधिकारीहरुले जानकारी दिएका स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । यस विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना…
विराटनगर: भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए । ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ । घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङकर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको…
काठमाडौँ: राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ) ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको छैटौँका अध्यक्ष विमल पोखरेलले जानकारी दिए। उनका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही मङ्सिर १५ देखि पुस १५ सम्म अभियान सञ्चालन हुनेछ । प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तक्र्रिया कार्यक्रम गरिने उनले जानकारी गराए । अखिलले अभियानमा सहभागी हुन, सहयोग गर्न सम्बन्धित प्रदेशका…
काठमाडौँ: महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बल्खुको रोयल गेष्ट हाउस अगाडि रोकी राखेको बा १० च ८९९२ नंम्को टाटा डिआई गाडीलाई जाँचका क्रममा नक्कली सुन एक किलोग्रामसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिसँग प्रहरीले विद्युतीय तराजु एक थान, कैंची एक थान र नगद रु ३६ लाख ६५ हजार बरामद गरेको छ ।…