Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान काठमाडौको अन्नपूर्ण होटलमा प्रधानमन्त्री ओली र सुकीबीच भेटबार्ता भएको हो । प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय आपसी हितका बारेमा कुराकानी भएको छ । यसैवीच आजै काउन्सिलर सुकी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सुकी हाल नेपालको औपचारिक भ्रमणमा रहेकी छन् । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी…
काठमाडौँ : नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पारिएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए । उनले अति–विशिष्ट र विशिष्ठ व्यक्ति सवार हुने क्षेत्रमा सुरक्षा अवस्थालाई समेत ध्यान दिई आवश्यकमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । “विभिन्न देशका बहालवाला राष्ट्र÷सरकारप्रमुखसहित ४५ देशका पाहुन आउने भएकाले सुरक्षा व्यवस्था भरपर्दाे बनाएका छौँ”, अधिकारीले भने, “परम्परागत सुरक्षा योजनाअनुसार विभिन्न घेरामा सुरक्षाकर्मी परिचालन छन्, सुरक्षा खतरालाई समेत ध्यान दिइएको छ ।” “मुख्यगरी आवास क्षेत्र, कार्यक्रमस्थल, सडक क्षेत्रको सुरक्षामा थप ध्यान केन्द्रित छ”, अधिकारीले…
काठमाडौं: बहुउद्देश्यीय परियोजना बुढीगण्डकी जलविद्युत आयोजनाका बाँकी काम छिटो अघि बढाउन सरोकारवाला पक्ष एकमत देखिएका छन् । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, परियोजना स्थल गोरखा र धादिङका प्रभावित जनता र स्थानीय राजनीतिक दलका प्रतिनिधिले परियोजना छिटो अघि बढाउने प्रतिबद्धता जनाए । काठमाडौंमा भएको बुढीगण्डकी जलविद्युत आयोजनाको पुनर्बास तथा पुनःस्थापना नीतिको मस्यौदामाथि भएको छलफलका क्रममा सरोकारवाला पक्षले देखिएका समस्या तत्काल समाधान गरेर एकमतले परियोजना सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री राजेन्द्र पाण्डे, कमला पन्त, नेपाली कांग्रेसका पूर्वप्रमुख सचेतक चीनकाजी श्रेष्ठ, संघीय संसद तथा प्रादेशिक संसदका सांसद र पूर्वसभासद रामनाथ अधिकारी पर्शुराम तामाङ,…
काठमाडौँ: बिहिबारदेखि चार दिनका लागि लागू भएको जोर विजोर प्रणाली हटेको छ । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ । विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एसिया प्यासिफिक समिट-२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो । जोर विजोर प्रणालीका कारणले गर्दा जनताले दुख: पाएका थिए भने कार्यालय जान समेत सवारी साधन नपाउदा घर फर्किन बाध्य भएका थिए ।
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका नेता गगन कुमार थापाले राजधानीमा गरिएको जोर बिजोर प्रणाली लागुबारे दिएको बक्तब्य उनको आफ्नो भनाई नभएर नेपाली काँग्रेसको भासा बोलेको बताएका छन्। “आज एक जना कांग्रेस नेताजीले जोर बिजोर लागु गरिएको बारे बोल्नुभएछ त्यो उहाँको अभिव्यक्ति नभएर समग्र कांग्रेसको भनाई हो, कांग्रेसले केहि नपाएर पोखरीमा ढुङ्गो हान्न मात्रै खोजेको हो अरु केहि होइन,” मन्त्री बाँस्कोटाले विहिबार आयोजित पत्रकारसम्मेलनमा भने। विहिबार नेता थापाले आफ्नो सामाजिक सञ्जालमार्फत सरकारले लागु गरेको जोर बिजोर प्रणालीबारे सार्वजनिक रुपमै जनतालाई अवज्ञा गरौँ भन्दै लेखेका थिए। सरकारले शुक्रबारबाट शुरु हुने एशिया प्रशान्त सम्मेलनका लागि काठमाडौँ उपत्यकाभर निजी तथा…
विराटनगर: अरुण तेस्रो आयोजनाका लागि भारतीय निर्माण कम्पनीले गिट्टी र बालुवाबाहेक सबै सामग्री भारतबाटै आपूर्ति गर्ने भनिएपछि यहांँका उद्योगी एवं व्यवसायीमा उत्साह कम देखिएको छ । नेपाल सरकार, परियोजना विकासकर्ता एसजेभिएन र अरुण–३ पावर डेभलप्मेन्ट कम्पनी प्रालि(एसएपिडिसी)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले योजनामा लाग्ने सामग्री स्वदेशमै उत्पादन भएको गुणस्तरीय भएकाले सोको प्रयोग हुनुपर्नेमा जोड दिए। नेपालमा उत्पादन भएको सिमेन्ट र स्टिल गुणस्तरयुक्त छ, यो सामग्री नै प्रयोग गर्न सके उद्योग र व्यापारमा सहयोग पुग्ने थियो उनले बताए । उद्योगी विनोद अधिकारीले हामीले उत्पादन गर्ने सिमेन्ट र स्टिलको गुणस्तरका बारेमा अहिले आपूर्ति गर्ने…
काठमाडौं: गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ । उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन । होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए । उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर । प्रहरीका अनुसार महेन्दले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए । मंगलबार साँझ उनले उपयुक्त समय पाए । साँझ करिब ६ बजेको थियो । बालकका आमा बुबा अस्पताल गएको मौका छोपी उनले अपहरण गरेका थिए । महेन्द्रले दिएको बयानअनुसार बालकलाई फकाउनउनले ५० रुपैयाँको क्याटबरी चकलेट किनिदिएका थिए ।…
काठमाडौं: नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०/२४३ पनि समावेश छन्। नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ। उसले भने ‘आफ्नो’ भनिरहेको छ। बेचिसकेकालाई कसैले ‘मेरो’ भन्दैन। बेचेपछि सम्बन्धै सकिन्छ। तर, हाई फ्लाईको स्वामित्वमा रहेका जहाजको सूचीमा राखिनुले दुवै गम्भीर सन्देह खडा गराएको छ। नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले केही दिनअघि नागरिक उड्डयन प्राधिकरणले दिएको दर्ता प्रमाणपत्र सार्वजनिक गरेका थिए। त्यसलाई हेरेर ‘स्वामित्व…
काठमाडौं: सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् । प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए । ‘बाहिर अफवाहका रूपमा आएजस्तो प्रचार–प्रसारमा करोडौँ करोड खर्च भएको छैन,’ बाँस्कोटाले भने, ‘खर्च भएको रकम अर्थ मन्त्रालयले कोषलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।’ त्यस्तै, बैठकले आगामी २७ र २८ मंसिरमा काठमाडौंमा आयोजना हुने नेपाल–भारत…
काठमाडौँ: स्थान : बल्खु चोक, समय : मंसिर ११ गते ११ बजे । तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरुको गतिविधि शंकास्पद ठाने र चेकजाँच गर्न थाले । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सञ्जय तिरुवा, गोपाल विक र शिव कुमालले सुरुमा त गाडी पर्खेको भनेर झुक्याउन खोजे । ड्युटीमा रहेका प्रहरीले चेकजाँच गर्दा उनीहरुको झोलाबाट ३७ लाख रुपैयाँ र एक केजी सुन बरामद भयो । त्यसपछि प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि ललितपुर परिसरको जिम्मा लगायो । भोलिपल्ट तीनै जनाको बयानपछि उक्त सुन नक्कली भएको र त्यसैलाई बेच्ने भन्दै लुटिएको…