काठमाडौँ: बिहिबारदेखि चार दिनका लागि लागू भएको जोर विजोर प्रणाली हटेको छ । सरकारकै आलोचना भएपछि गृह मन्त्रालयले शुक्रबार विहानबाट जोरविजोर प्रणाली हटाउन निर्देशन दिएको छ ।
विहान साढे ११ बजेबाट जोर विजोर प्रणाली हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
एसिया प्यासिफिक समिट-२०१८ का लागि भन्दै ट्राफिक प्रहरीले १३ देखि १६ गतेसम्म जोर विजोर प्रणाली लागू गरिएको थियो ।
जोर विजोर प्रणालीका कारणले गर्दा जनताले दुख: पाएका थिए भने कार्यालय जान समेत सवारी साधन नपाउदा घर फर्किन बाध्य भएका थिए ।
Facebook Comments Box