Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले मजदूरको जीवनमा ठूलो परिवर्तन ल्याउने बताएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर युनियनको ३८औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, “सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्छ, सरकारले खुट्टा कमाउँदैन ।” उहाँले मजदूरको हकहित रक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । पर्यटनको विकासबिना मुलुकको विकास हुन नसक्ने बताउँदै उनले समग्र पर्यटन क्षेत्रका विकासका लागि सङ्घीय पर्यटन ऐन, २०७५ को मस्यौदा तयार भइसकेको जानकरी दिए। आउँदो संसद् अधिवेशनबाट उक्त ऐन पारित हुने उहाँको भनाइ थियो ।…
चितवन: माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् । उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले स्थानीयले स्थायी समाधानको खोजी गर्नुपर्ने माग गरेको बताउनुभयो । उहाँले दशैँको समयमा पनि एक बालकलाई सोही हात्तीले आक्रमण गरी मारेको बताउनुभयो । केही दिन अघि एक महिलालाई पनि सोही हात्तीले उचालेर फालिदिएको ढकालको भनाइ छ । दशैँ अघिबाट दैनिक जङ्गली हात्तीले स्थानीयलाई त्रसित बनाउँदै आएको छ । ढकालका अनुसार माडीका…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बुधबार रेमिट्यान्स कम्पनी म्याक्स मनीको कारोबारमा प्रतिबन्ध लगाएको छ। मलेसियामा केन्द्रीय कार्यालय रहेको म्याक्स मनीले नेपालको धेरै बैंकहरुसँग साझेदार गर्दै आएको थियो। हिजो साझ एक सूचना जारी गर्दै केन्द्रिय बैंकले रेमिट्यान्स कारोबारसम्बन्धी बक्यौता रकम भुक्तानी नगरेको हुुनाले प्रतिबन्ध लगाएको जानकारी दिएको छ। पछिल्लो समय मलेसियामा रेमिट्यान्स संकलन गरेपनि उक्त रकम भुक्तानी नगरी सो कम्पनीका सञ्चालकहरु आफैँले चलाउँदै आएका थिए। रकमकै विषलाई लिएर म्याक्स मनी र हिमालयन बैंकबीच विवाद समेत उत्पन्न भएको थियो। हिमालयन बैंकको तिर्नुपर्ने रकम भुक्तान नगरी उल्टै विवाद सिर्जना गरेको बैंकको आरोप छ। राष्ट्र बैंकले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२…
काठमाडौँ: एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम सुरु भएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेतृ आङ सान सुकी आज काठमाडौँ आइपुगेका छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरे । त्यहाँ नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।
वीरगञ्ज: जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । अनुसन्धानको क्रममा सर्राफको नेपाल भारत दुवैतर्फका नागरिकता भेटिएकाले यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । २०६३ सालमा स्थानीय जनप्रतिनिधिको सिफारिशमा टोलीले जथाभावी नागरिकता वितरण गर्दा त्यसको मौका छोपी ५० प्रतिशतभन्दा बढी भारतीयले नक्कली…
सोलुखुम्बु: यहाँको महाकुलुङ गाउँपालिका–३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महिना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीसमेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर्माले बताए । उनले भने, “कार्यालयमा जनप्रतिनिधिनै आउँदैनन् अनि कसरी सेवा लिन हामी त्यहाँ जानु ?” वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवा वडा कार्यालयबाट प्रदान गरिनुपर्ने भए पनि छेस्काममा भने त्यो नभएको स्थानीयको गुनासो छ । सेवा लिने सेवाग्राहीले वडाध्यक्षसँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा आदानप्रदान गर्ने गरेको स्थानीय रामबहादुर कुलुङले बताए । उनले भने, “अधिकांश वडाले…
काठमाडौँ: निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादमा परेको रिटको अन्तिम सुनुवाई आज एकाएक स्थगित भएको छ। यसअघि सो मुद्दामाथि असोज १८ गते अन्तिम सुनुवाइ भएको थियो। अदालतको पूर्ण इजलासमा गएको मुद्दा खासगरी हेर्दाहेर्दैको स्थितिमा राखिएको मुद्दा स्थगीत प्राय: नगर्ने चलन भएपनि अदालतले आज सो मुद्दा स्थगित गरेको हो। पूर्ण इजलासमा आजको मुद्दा न्यायाधीश शारदाप्रसाद घिमिरेले लीड गर्ने भनिएको थियो। घिमिरेसँगै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान सदस्य थिए। अदालत स्रोतका अनुसार बिहीबार दैनिक पेसी सूचीमा सो मुद्दाको पेसी प्रकाशित नगरी मुद्दा स्थगित छ। पुँजीगत लाभकार असुल नभएसम्म एनसेलको नाफा विदेश लैजान नपाउने निर्णय ठुला करदाता…
काठमाडौँ: यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ । घोषित टोलीमा कप्तान मल्लसहित भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमार छन् । त्यसैगरी टोलीमा सन्दीप लामिछाने, ललित राजवंशी, सोनु तामाङ कुशल भूर्तेल, शंकर राना, रसिद खान, पवन सार्राफ, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्र सिंह कार्की लगायत छन् । इपिएलका लागि ललितपुरले खेलाडीका लागि मात्र रु…
भक्तपुर: जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । तथ्याङ्कअनुसार ११ महीनाको अवधिमा बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित…
काठमाडौँ: नेपाल टेलिकमको फोरजी/ एलटीई सेवा विस्तारको टेन्डर चिनियाँ कामपनि जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) ले पाउने भएका छन्। अघिल्लो वर्ष आव्हान गरिएको टेन्डर ढिला गरी ठेक्का दिन लागिएको हो। स्रोतक अनुसार कम मूल्यमा प्रस्ताव गर्ने जेटीईले कोर नेटवर्क विस्तार र सीसीएसआईले रोडियो एक्सेस नेटवर्क (र्यान) विस्तारको काम पाउनेछन्। परियोजनाको लागत १९ अर्व हुनेछ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।