काठमाडौँ: नेपाल राष्ट्र बैंकले बुधबार रेमिट्यान्स कम्पनी म्याक्स मनीको कारोबारमा प्रतिबन्ध लगाएको छ।
मलेसियामा केन्द्रीय कार्यालय रहेको म्याक्स मनीले नेपालको धेरै बैंकहरुसँग साझेदार गर्दै आएको थियो।
हिजो साझ एक सूचना जारी गर्दै केन्द्रिय बैंकले रेमिट्यान्स कारोबारसम्बन्धी बक्यौता रकम भुक्तानी नगरेको हुुनाले प्रतिबन्ध लगाएको जानकारी दिएको छ।
पछिल्लो समय मलेसियामा रेमिट्यान्स संकलन गरेपनि उक्त रकम भुक्तानी नगरी सो कम्पनीका सञ्चालकहरु आफैँले चलाउँदै आएका थिए।
रकमकै विषलाई लिएर म्याक्स मनी र हिमालयन बैंकबीच विवाद समेत उत्पन्न भएको थियो। हिमालयन बैंकको तिर्नुपर्ने रकम भुक्तान नगरी उल्टै विवाद सिर्जना गरेको बैंकको आरोप छ।
राष्ट्र बैंकले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकारअनुसार म्याक्स मनीको कारोबारमा प्रतिबन्ध लगाएको जनाएको छ।
