Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

वासिङटन डिसी: अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार यस विस्फोटमा परी अन्य तीन आफ्ना सदस्यहरु घाइते भएका छन् । यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको अमेरिकी टेलिभिजन सिएनएनद्धारा प्रशारित समाचारमा जनाइएको छ । यस विस्फोटमा परी ज्यान गुमाएका सैनिकहरुको परिचय भने खुलाइएको छैन । सन् २०१७ यता अफगानिस्तानमा अमेरिकी सैनिकमाथि गरिएको यो भीषण आक्रमण भएको बताइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका साताहरुमा तालिबान आतङ्ककारी समूहले आफ्नो आतङ्ककारी क्रियाकिलापमा बृद्धि गरेका छन् । तालिबान आतङ्ककारीको बलियो प्रभाव…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिगमा १२ अङ्क जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ । समान १० अङ्क नै जाडेको त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे । खेलको पहिलो हाफको २१ औँ मिनेटमा हिमालयन शेर्पाका आशिषले हेडमार्फत गोल…

Read More

काठमाडौं: दरबारमार्गको एक होटलमा भएको बलात्कार काण्डपछि फेरी काठमाडौंको ठमेलको वार्ड नम्बर २७ मा आज एक युवती बलात्कृत भएकी छिन्। घटना क्वासी होटल एण्ड रेष्टुरेन्टमा भएको थियो। यो चाइनिज होटल हो। महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी प्रबक्ता तथा डिएसपी होबिन्द्र बोगटीका अनुसार पीडित युवती त्यहाँ कोठा खोज्दै त्यस होटेलसम्म पुगेकी थिइन्। तर कसरी ति युवती कोठा खोज्न होटेलमा पुगिन् भन्ने बारे प्रहरी अझै अनुशन्धानरत रहेको बोगटीले बताए। बलात्कृत हुने युवती २२ वर्षकी छिन्, प्रहरीले भन्यो। उनले प्रहरी समक्ष उजुरी लिएर आएपछि तत्तकाल प्रहरी वृत लैनचौरले अनुसन्धान थालेको थियो। घटनामा संलग्न भएको आशंकामा पांच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा…

Read More

शिजिआजुआङ्: उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै उक्त बिस्फोट भएको थियो । यस विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको जाङ्गजीकाउ नगरको नगर सरकारका अधिकारीहरुले जानकारी दिएका स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । यस विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना…

Read More

विराटनगर: भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए । ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ । घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङकर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको…

Read More

काठमाडौँ: राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ) ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको छैटौँका अध्यक्ष विमल पोखरेलले जानकारी दिए। उनका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही मङ्सिर १५ देखि पुस १५ सम्म अभियान सञ्चालन हुनेछ । प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तक्र्रिया कार्यक्रम गरिने उनले जानकारी गराए । अखिलले अभियानमा सहभागी हुन, सहयोग गर्न सम्बन्धित प्रदेशका…

Read More

काठमाडौँ: महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बल्खुको रोयल गेष्ट हाउस अगाडि रोकी राखेको बा १० च ८९९२ नंम्को टाटा डिआई गाडीलाई जाँचका क्रममा नक्कली सुन एक किलोग्रामसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिसँग प्रहरीले विद्युतीय तराजु एक थान, कैंची एक थान र नगद रु ३६ लाख ६५ हजार बरामद गरेको छ ।…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७५/७६ मा लक्ष्य अनुरुपकै ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने नेपाल राष्ट्र बैंकले बताएको छ । अनुकूल मौसम, व्यावसायिक वातावरणमा आएको सुधार, उर्जा आपूर्तिमा भएको वृद्धि र पर्यटक आगमन बढेको कारण समष्टिगत आर्थिक परिदृष्य सकारात्मक रहेको भन्दै ८ प्रतिशतको आर्थिक वृद्धि हुने जनाएको छ । अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि आर्थिक वर्ष २०७५÷७६ मा नेपालको आर्थिक वृद्धिदरकोसम्बन्धमा गरेका प्रक्षेपणमा पछिल्लो समय संशोधन गरेका छन् मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य वृद्धिको तथा नेपाली रुपैयाँको अवमूल्यनका कारण आगामी दिनमा मुद्रास्फीतिमा चाप पर्नसक्ने जोखिम रहेको जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा वार्षिक…

Read More

लहान: हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो । अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत रु पाँच लाख ८६ हजार राजश्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको उनले जानकारी दिए।

Read More

दुल्लु: सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उहाँका अनुसार आज बिहान ८ बजे जिप धामीगाउँ नजिक उक्त जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन । दुर्घटनामा घाइते छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीका प्रहरी,…

Read More