Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन् । शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्कटा क्लबबीच हुनेछ । ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अङ्क तालिकाको पुछारमा छ भने एपिएफ एक जित र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । त्रिभुवन आर्मी अघिल्ला दुई खेलमा जित निकाल्दै ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने…
काठमाडौँ: सुनसरी दुहबीमा मारिएका फिदा हुसेनका परिवारलाई सरकारले राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट हुसेनको बुधबार बिहान हत्या भएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मृतक हुसेनका छोरालाई सरकारकोतर्फबाट रोजगारी उपलब्ध गराउने बताए । घटनाको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पुगी अध्ययन शुरु गरिसकेको जानकारी दिँदै उहाँले दोषी पत्ता लगाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको छ भने । मन्त्री बाँस्कोटाले मृतक हुसेनका परिवारले उठाएका मागलाई सरकारले सम्बोधन गरेको जानकारी पनि दिए ।
काठमाडौँ: भारतको व्यवसायीक घराना रजत ग्रुप अफ कम्पनिज अन्तर्गतको निर्माण सामाग्री एमकेजी ब्राण्डको विक्री वितरण अब नेपालका लागि औधोगिक तथा व्यापारीक घराना एम्. भि. दुगड अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले गर्ने भएको छ । आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले स्मार्ट प्रबिधिबाट छिटो र गुण्स्तरीय ढङ्गले मज्बुदीलो निर्माण कार्यलाई मूर्त रुप दिने कुरामा निश्चिन्त रहेको देखिन्छ। दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले नेपालमा ५ किसिमका निर्माण उपकरण भित्र्याएको छ । १) कङ्कृट उपकरण २) स्टिल बेन्डिङ्ग र कटिङ्ग मसिन ३) पेसेन्जर कम मेटरियल एलिभेटर ४) रोलर ५) लाईट उपकरण तर्फ…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति र उपराष्ट्रपतिको लागि दिइनलागेको सेवा सुविधाबारे सार्वजनिक रुपमा मान मर्दन गरेर एउटा संबैधानिक तथा लोकतान्त्रिक पदलाई दुषित पर्न खोजेको बताएका छन् । राष्ट्रपतिलाई किन्ने भनिएको १८ करोडको बुलेट प्रुफ गाडी र उपराष्ट्रपतिका लागि छुट्टै भवनको व्यवस्था गर्नु सरकारको जिम्मेवारी र दायित्व रहेको मन्त्री बाँस्कोटाले बताएका हुन् । १८ करोडको गाडी एउटै गाडीको लागि मात्रै नभएर त्यसको अघि पछि हिन्ने खर्गेड र बैकल्पिक अन्य सवारीकालागी आवश्यक आधा दर्जन जति गाडी किन्नका लागि छुट्याइएको रकम भएको पनि सरकारका प्रबक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आज मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा स्पष्ट पारेका हुन्। राष्ट्रपति र उपराष्ट्रपति आफैले…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले उक्त प्रस्ताव पेश गरेको हो । प्रदेश कमिटीको एकीकरण र गठनको पूर्णताका लागि आज प्रतिवेदन पेश भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिवेदनबारे शुक्रबार दिउँसो बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची तय गरिएको छ । प्रवक्ता श्रेष्ठले प्रदेश कमिटीको एकीकरणको विषयलाई टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणको विषय अघि बढाइने जानकारी दिए । प्रदेश र साङ्गठनिक एकीकरण तथा गठनको…
अमरगढी: डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको क्रिस बोर्डिङ स्कूल बस दुर्घटनामा परेको हो । अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिँदै छ ।
काठमाडौँ : संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई सो क्षेत्रका आफू अन्तर्गतका ११ राष्ट्रमध्ये दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आज आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई ट्रकोमा रोग निवारण भएको प्रमाणपत्र प्रदान गरे । नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारकतत्व रहेको ट्रकोमालाई खस्रे रोगको रुपमा चिनिन्छ । ट्रकोमा क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको कारणले लाग्ने सङ्क्रामक रोग हो ।…
काठमाडौँ: एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच आज विद्युत् खरीद सम्झौता भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले हस्ताक्षर गरे ।सम्झौताअनुसार उक्त आयोजनाबट उत्पादित विद्युत् बर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ । आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न…
काठमाडौंको भृकुटीमण्डपमा ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ सुरु भएको छ। भूकम्प प्रतिरोधी भवन निर्माणका लागि जनचेतना जगाउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको हो। बिहीबारबाट सुरु भएको सो एक्स्पो ५ दिनसम्म चल्नेछ। सुरक्षित र दिगो भवन निर्माणका लागि आवश्यक सम्पूर्ण प्रविधिबारे जानकारी दिने मूल उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्सका निवर्तमान अध्यक्ष विरेन्द्रराज पाण्डेले जानकारी दिए। ६० वटा भन्दा बढि स्टल रहेको एक्स्पोमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि आवश्यक सामग्रीहरु पनि राखिएको छ। एक्पो २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ्। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेपछि नेपालमा भूकम्प प्रतिरोधि भवन…
काठमाडौँ: देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ । रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भेगमा सामान्यतया सफा रहने तथा मङ्सिर ८ गते देशभर मौसम सामान्यतया…