Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ । आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चिमा देखिएको समस्याको संसमाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ । ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिन देखि ठप्प भइ अलपत्र अवस्थामा पुगेको छ । मेलम्ची सुरुङ ढलान १ किलोमिटर बाँकी छ । सरकार र ठेकेदारबीच लामो समयदेखि क्षतिपुर्ती विवाद चल्दै आएको छ । ठेकेदार कम्पनी सीएमसीले भुकम्प, काबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठुलो रकम क्षतिपुर्ति माग्दै आएको छ…
भीमदत्तनगर: उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ । स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् । दुई वर्षअघि रु १५ लाख ऋण लिएर पदमा गुड उद्योग सञ्चालनमा ल्याएका चाँदनीका स्थानीयवासी पुरनबहादुर चदारोले गुड उद्योग फष्टाउन नसकेको बताए । “भारतीय बजारमा उखुको मूल्य बढी भएपछि दोधारा चाँदनीका किसान उखु बिक्री भारतमै गर्छन् ।” उनले भने, “भारतीय गुड यहाँको भन्दा सस्तो भएकाले पनि स्थानीय उद्योग फष्टाउन सकेनन् ।” भारतीय बजारमा उखु मूल्य प्रतिक्विन्टल ४०० भारुमा बिक्री…
काठमाडौँ: संघ र प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृतसरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मन्त्री र सांसदको स्वेच्छाचारी कामबारे प्रधानमन्त्रीको कुनै गुनासो छैन, समाचार आएकोमा भने आपत्ति छ । त्यस्ता समाचारले अतिवादलाई मलजल गर्ने तथा प्रतिगमन निम्त्याउने उनको भनाई छ । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा पुरुष सांसदहरुले सुत्केरीको औषधि खाएको समाचार आउँदा असोज १८ र माघ १९ निम्तिएको दाबीसमेत गरे ।
काठमाडौं : कर्मचारी समायोजनको नाममा लोकसेवा आयोगको कार्यतालिका प्रभावित बनेको छ । सरकारको आग्रहमा पहिलो पटक आयोगले दुई महिनाका लागि कार्यातालिका सारेको थियो । दुई महिना सारेर मंसिर २६ गते आयोगले न्याय सेवा, व्यवस्थापिका संसद् सेवा र लेखापरीक्षणको मात्रै अधिकृतस्तरको विज्ञापन आह्वान गरेको थियो । सबैभन्दा धेरै कर्मचारी माग हुने प्रशासन सेवा र स्वास्थ्य सेवाबाट रिक्त दरबन्दीको माग नै नआएपछि अधिकृतदेखि सहसचिवसम्मको सेवाको विज्ञापन आह्वान नभएको आयोगका उपसचिव एवं सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । समायोजनका कारण प्रशासन सेवा र स्वास्थ्य सेवाको अधिकृतको विज्ञापन आह्वानमा असर परेको छ । नायब सुब्बाको विज्ञापन आह्वानमा पनि प्रभाव पर्ने भएको छ । न्याय…
काठमाडौं: नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको भनिएको घोटालामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएपछि यसबारे आफ्नो धारणा सार्वजनिक मन्त्री अधिकारीले सोमबारका लागि पत्रकार सम्मेलन डाकेका छन् । विहान १० बजे मन्त्री अधिकारी, कृष्ण प्रसाद देवकोटा सम्बद्ध अधिकारी सहित पत्रकार सम्मेलनको आयोजना गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । बिहान ११ बजे नै लेखा समितिको बैठक बोलाइएको अवस्थामा मन्त्री अधिकारीले बिहान ११ बजेको लागि पत्रकार सम्मेलन बोलाएका हुन् । १८ पुसमा संसदको सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको छ भने सो अनियमिततामा मन्त्री अधिकारीसहित…
काठमाडौं : विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा आंशिक नियन्त्रण (परिमाणात्मक बन्देज)को तयारी थालेको छ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा आयात भएका वस्तुको संरचनागत वर्गीकरणका आधारमा विलासी वस्तुको आयातमा परिमाणात्मक बन्देज तथा कृषि उत्पादनतर्फ आयात प्रतिस्थापन गर्ने तयारी गरिएको हो। बढ्दो शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति कमजोर भएपछि सरकारले आयातमा कडाइ गर्न लागेको छ। विदेशी मुद्रा आर्जनको मजबुत आधार नभएकाले राष्ट्र बैंकले आठ महिनाको आयात धान्न विदेशी मुद्रा सञ्चिति अपुग भए जटिलताको संकेत गर्छ। चालु आर्थिक वर्षमा आयात अत्यधिक बढेको छ। आयातमा आधारित राजस्व नीतिका कारण आयात वृद्धिबाट सरकारले प्राप्त गर्ने राजस्व पनि वृद्धि हुने…
काठमाडौं: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्। खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । नेपाल टेलिकमको दशौं तहमा कार्यरत अधिकारीलाई कार्यक्षमता र योजनाका आधारमा टेलिकमको नेतृत्व दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् ।
काठमाडौँ: सरकारले आधा दर्जन आयोजनाको पूर्वाधार निर्माणका लागि करीब ४० हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएको छ । मन्त्रिपरिषद्को यही पुस १३ र १६ गते बसेको बैठकले लमजुङमा माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना (२ दशमलव ४० मेगावाट) का लागि ३ दशमलव ४९ हेक्टर, उदयपुरमा चुनढुङ्गा उत्खननका लागि ४ दशमलव ४३ हेक्टर र पाल्पामा पत्थरकोइला उत्खनन योजना सञ्चालनका लागि १ दशमलव ३२ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा याम्बालिङ खोला जलविद्युत् आयोजना (७ दशमलव २७ मे.वा.) का लागि ३ दशमलव ४९ हेक्टर, रसुवामा रसुवा–भोटेकोशी जलविद्युत् आयोजना (१२० मे.वा.)…
बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उनले यस अवसरलाई खेर पाल्न नहुने बताए । वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को आज बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाए । उनले दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा काम नगर्ने…
हुम्ला: शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको स्थानीयवासी लोकेन्द्र बोहराले बताए । एक मात्र यातायात सेवाका रुपमा रहेको हवाईसेवा बन्द हुँदा यात्रु मारमा परेका छन् । हिउँ परेपछि कर्मचारी तथा स्थानीयवासी आगो तापेर बस्न बाध्य छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा विभिन्न कामकाजले आउने सेवाग्राहीको चाप ह्वात्तै घटेको छ । उत्तरी हुम्लाका चाला, मुचु, यारी, नारा, न्यालु, लिमी, जाङग, हल्जीलगायत गाउँमा अत्यधिक हिमपात भएको छ ।