Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आज यहाँ आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन गरे । त्यस अवसरमा उनले बैंकको सम्पर्क कार्यालय स्थापनासँगै नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्नुका साथै नेपालमा कतारी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको कतार भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याएको बताए । उद्घाटन समारोहमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्र बैंकका डेप्युटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नेपालका लागि कतारका राजदूत युसुफ बिन अहमद हेल तथा कतारका लागि…

Read More

काठमाडौं : मेलम्चीको इटालियन ठेकेदार सीएमसीलाई फकाउने सरकारको लगातार तीन दिनको प्रयास बुधबार पनि असफल भएको छ। खानेपानी मन्त्रालयमा ठेकेदार र मन्त्रालयका पदाधिकारीबीच बुधबार दिनभर भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो। मन्त्रालय स्रोतका अनुसार सरकारले ठेकेदारलाई तिर्नुपर्ने ३६ करोड रुपैयाँ किस्ताबन्दीमा दिने प्रस्ताव गरेको थियो। सीएमसीले आपूmलाई नगद प्रवाहमा समस्या परेको भन्दै एकैपटक तिर्नुपर्ने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको हो। वार्ता आज बिहीबार पनि हुनेछ। ठेकेदारले गरेको दाबी रकम एक अर्ब ६१ करोडमध्ये दुवै पक्षका प्रतिनिधि सम्मिलित विवाद निरुपण बोर्ड (डीआरबी) ले सरकारले ३६ करोड रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो। उक्त निर्णयअनुसार ठेकेदार रकम पाउन खानेपानी मन्त्रालय र मेलम्ची आयोजनालाई…

Read More

जनकपुरधाम : ‘दशा बितरह हबें, घरदुवार बेगर (दशा भइरहेको छ, घर नभएर,’ शीतलहरमा लगलग काँप्दै गरेका ६५ वर्षीय जुलमा मुसहरले भने, ‘जाड बइढगेलै मुंदा जाडमे लगाबबला कपडा नैहबै (जाडो बढ्यो तर लगाउने कपडा छैन।’ तीन दिनदेखि चलेको शीतलहरले सताएको दुःख सुनाउँदै महोत्तरी भंगाहा नगरपालिका-३ का उनले थपे, ‘जाडसँ रातमे निन्द नैलगैय। आइग ताइपक बिहान करैछी (जाडोले राति निद्रा लाग्दैन। आगो तापेर रात कटाउँछु।’ पराले झुपडीमा उनले पुस्तौं बिताएका छन्। सरकारले दुई वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर बनाउने योजना ल्यायो। त्यसको सूचीमा गरिब मुसहर जुलमाको पनि नाउँ प¥यो। उनी निकै खुशी भए। छाप्रो हटाएर पक्की महल बनाउने सपना देखे। सम्पत्तिको…

Read More

काठमाडौं : मुद्रा तथा पूँजी बजारमा देखिएको प्रवृत्तिको खोजी गर्न बनेको कार्यदलले डा. अर्थमन्त्री युवराज खतिवडालाई प्रतिवेदन बुझाएको छ। राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले अर्थमन्त्रलाई ५८ बुँदे सुझाव पेस गरेको छ। मुद्रा तथा पूँजी बजारलाई दीर्घकालीन रुपमा व्यवस्थित र दिगो बनाउन आवश्यक नीतिगत व्यवस्था तथा ब्याजदर नियन्त्रणका उपाय समावेश गरिएको छ। सेयर कारोबारीले बैंकबाट सेयर धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण पाउने भएका थिए। हाल सेयर लगानीकर्ताले १८० करोबार दिनको औसत मूल्यको ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था छ। प्राथमिक पूँजीको २५ प्रतिशत रकम शेयरमा लगानी गर्न पाइने व्यवस्थालाई बढाएर ४० प्रतिशत पुर्याउने प्रतिवेदनमा उल्लेख छ। यसअघि पनि…

Read More

मेलम्ची : नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियोे । तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताए । काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । सडक विभागका अधिकारीका अनुसार चीनले…

Read More

मेलम्ची : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।

Read More

काठमाडौँ: सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि केही समययता विभिन्न सडकमा चल्ने सार्वजनिक यातायातमा प्रहरीले सादा पोशाकको प्रहरी खटाएर त्यस्तो चोरी नियन्त्रण अभियान अघि बढाएको छ । काठमाडौँ उपत्यकामा बेग्लाबेग्लै समयमा विभिन्न सडकमा चल्ने सवारी साधनमा पाकेटमारका समूहले साङ्केतिक भाषाको प्रयोग गरेर चोरी गर्ने गरेका छन् । त्यस्तो चारीको क्रम बढेपछि मङ्सिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग मिलेर सादा पोशाकमा प्रहरी खटाएको थियो । सो अभियान अन्र्तगत परिसरले ५० प्रहरीलाई चक्रपथ, रत्नपार्क, जमल, कालीमाटी सहितका उपत्यकका…

Read More

काठमाडौँ: शिक्षक सेवा आयोगमा पुनःयोग गर्नेको भीड लागेको छ । केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनःयोग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । उनका aअनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनःयोगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र पुनःयोग गर्न आयोगले समय दिएको थियो । आयोगमा आएर नै पुनःयोगका लागि निवेदन दिनुपर्ने हुन्छ । उहाँले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनःयोग गर्नेको सङ्ख्या बढेको बताए । सूचना अधिकारी खकुरेलले अहिले पुनःयोगको निवेदन लिइरहेको हुनाले कुनकुन विषय र तहमा कतिले निवेदन दिएको थाहा नभएको बताउनुभयो । आयोगले पुनःयोगबारे…

Read More

काठमाडौँ: मध्यभोटेकोसी जलविद्युत् कम्पनीले दुई चरणमा निष्कासन गरेको साधारण शेयर आज बाँडफाँड गरिएको छ । कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि शेयर निष्कासन गरेको थियो । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् १०० कित्ता र सङ्गठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यूनतम् ५० देखि अधिकतम् २६० कित्तासम्म शेयर पाएका छन् । पचासदेखि ९० कित्ता माग गर्ने २४ हजार ८६६ सञ्चयकर्ताले माग अनुसारको शेयर प्राप्त गरेका छन् भने १०० देखि ५०० कित्ता माग गर्ने एक लाख १४ हजार ९१२ सञ्चयकर्ता सबैलाई ९० कित्ता र चार हजार ५४३ सञ्चयकर्तालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्तासहित १०० कित्ता शेयर…

Read More

काठमाडौँ:  पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो । डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले राससलाई जानकारी दिनुभयो । “साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, श्रीमती गिरीले भन्नुभयो । पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुग्नुभएको थियो । विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री…

Read More