Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका हुन् । सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन मञ्चको अग्रभागमा अग्रज स्वर्गीय नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर राखिएको छ । ‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य’ नारा रहेको महासमिति बैठक आगामी पुस ३…

Read More

नेपालगञ्ज: अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ । पश्चिम मूल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको निरीक्षण गर्न मङ्गलबार बाँके आएको विज्ञ टोली कार्य सम्पन्न गरी फर्किएको छ । सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मूल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु आठ अर्ब ५० करोड बराबरको बिगोसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिसकेको छ । बाँकेको बालापुरदेखि ढकेरीको झिझरी खोलासम्मको करीब पाँच किलोमिटर क्षेत्रमा घुलनशील माटो बढी मात्रामा प्रयोग भएको आयोजना निर्देशक कृष्ण नेपाल बताए ।

Read More

सिमरा: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रहरुसंग हुने कार्य सम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले प्राधिकरणलाई आर्थीक,सेवा प्रवाह,उत्पादन र संचालनको हिसावले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्ने बताए । आफुले उर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसंगै मन्त्रालयले प्रशारण लाइनको गुरु योजना सार्वजनिक गरेको भन्दै मन्त्री पुनले आगामी दिनमा प्रशारण लाइन व्यक्तिको प्रभावको आधारमा भन्दा प्राथमिकताको आधारमा निर्माण हुने दाबी गरे । उनले विद्युत प्राधिकरणका सवै कार्यालयमा सेवाग्राही मैत्री वातावरण बनाउन समेत निर्देशन दिए । नेपाल कम्युनिष्ट पार्टी…

Read More

कावासोती: कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ । उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान राख्ने छाप्रोमा कौडा खेलिरहेको अवस्थामा रु एक लाख ३३ हजार ४२० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । कौडा खेल्ने स्थानबाट १६ थान कौडा, कौडा खेल्ने काठको बोर्ड दुई थानसमेत बरामद गरिएको उनले बताए । कौडा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, २० वर्षीय एनिस गिरी, मध्यविन्दु नगरपालिका–३ का ४३ वर्षीय तीलकराम महतो, बर्दघाट नगरपालिका–४ का…

Read More

काठमाडौँ: पैँतीसबुँदे भोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही मङ्सिर २२ गतेदेखि शुक्रबारसम्म सञ्चालन भएको उक्त महाभेलाले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका मानवअधिकारसँग सम्बन्धित सबै मौलिक हक तथा अधिकार कार्यान्वयनका लागि पहल हुनुपर्नेमा जोड दिएको छ । त्यसैगरी महाभेलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा आवश्यक सबैखाले कानून निर्माण गरी प्रदेश र स्थानीय तहका सरकारलाई थप प्रभावकारी बनाउनाका साथै सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व तथा सहभागिता, दिगो विकास, स्थायी शान्ति, समानता, स्वतन्त्रता र न्यायका साथै मानवअधिकारको सुनिश्चितताका लागि पनि सरकारसमक्ष आह्वान गरेको छ । मानवअधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने…

Read More

बेत्रावती: नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडाँैमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ…

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले शनिबारदेखि यात्रु बिमा रकम एक करोड ७७ लाख रुपैयाँ पुर्‍याउँदै छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरिसकेको मन्ट्रियल महासन्धि नेपालले पनि शनिबारदेखि लागू गर्ने भएको हो। नेपालले मन्ट्रियल महासन्धि दिवसको दिन शनिबारबाट नेपालमा यो लागू हुने भएको हो। मन्ट्रियल महासन्धि लागू भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले ६० वर्षपछि यात्रुको बिमांक रकम बढाउन लागेका हुन्। यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाईसेवा प्रदायकले २० हजार अमेरिकी डलर बराबरको बिमांक प्रदान गर्दै आएका थिए। मन्ट्रियल महासन्धिको पालनापछि नेपालका सबै अन्तर्राष्ट्रिय हवाई यात्रुको बिमा रकम एक…

Read More

काठमाडौं : कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ। चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ। सुरु हुने अघिल्लो शुक्रबार रातिसम्म विधानमा मतऐक्य हुन सकेन। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिन नसकेको हो। भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ। मुख्य मानिएको विधानमै किचलो बाँकी छ। पछिल्लो समयमा कांग्रेसभित्र गुटगत गतिविधि तीव्र छ। शशांक कोइराला, सुजाता कोइरालालगायतले घरमै पटकपटक बैठक बोलाए। सामुहिक नेतृत्वको पक्षमा आवाज उठिरहेकै बेला शनिबारदेखि काठमाडौंमा महासमिति भेला सुरु हुँदैछ। भेलाका लागि देशभरिबाट १६ सय…

Read More

ललितपुर: चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताए । चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर कलङ्की सडकजस्तै आठ लेनको हुने जानकारी दिँदै उनले भने, “मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एकएक लेनको सर्भिस ट्र्याक हुनेछ ।” सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण शुरु गरेको छ । सम्झौतामा उल्लेख भएअनुसार चिनियाँ निर्माण कम्पनीले…

Read More

काठमाडौँ: पर्यटकीय तथ्याङ्कलाई व्यवस्थित एवं पारदर्शी बनाउन सरकारले आगामी १ जनवरी २०१८ देखि ‘टुरिजम स्याटेलाइट एकाउण्ट’ प्रणाली शुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले स्याटेलाइट एकाउन्ट राख्न आवश्यक सबै प्रक्रिया पूरा भएको बताए । उनले भने, “हामीले टुरिजम स्याटेलाइट एकाउन्टलाई अगाडि बढाएका छौं, यसले नेपाली पर्यटनको अहिलेको अवस्थालाई ठूलो परिवर्तन गर्छ ।” सन् २०१८ को ११ महीना १० लाख विदेशी पर्यटक पुगेको अवसरमा पर्यटन बोर्डले आज साँझ आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्री अधिकारीले स्याटेलाइट एकाउन्टका लागि राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र केन्द्रीय तथ्याङ्क विभागसँग मिलेर काम अघि बढाएको जानकारी दिए । उनले भने, “यो…

Read More