Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललेे निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । हामी तर कुनै राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए । १० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । हामी चाँडै विधिसम्वत ढंगले सार्वजनिक गर्छौं ।’ तर, सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने हो कि भन्ने डर रहेको उनले बताए । कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै नेकपाका नेता समेत रहेका मन्त्री पोखरेलले भने, ‘मलाई एउटा…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै अङ्कतालिको दोस्रो स्थानमा पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा सङ्कटाले न्यूरोड टिम एनआरटीलाई १–० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोडेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी म्यासवेलले गोल गर्दै सङ्कटालाई विजयी बनाए । जीतपछि सङ्कटा सात खेलबाट १८ अङ्क जोड्दै शीर्षस्थानको मनाङसँग अङ्क बराबरी गरेको छ । एनआरटी तालिकाको पुछारमा यथावत् रह्यो । खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे…

Read More

काठमाडौँ: सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् । चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको तिला एक, ४२० मेगावाट क्षमताको तिला दुई ठूला आयोजना हुन् । ती आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेका हुन् । यस्तै २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाले…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन्। नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए । सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले भने “तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।” राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि…

Read More

काठमाडौं: बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भन्दै घरबाट हिँडेका स्कूले विद्यार्थीहरु गोंगवुको लजमा गाँजा तान्दै गर्दा प्रहरीको फेला परेका छन् । शुक्रवार राती महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोंगवुका होटल तथा लजहरुमा स्वीप अपरेशन चलाउँदा कक्षा ८ देखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी त्यसरी गाँजा तान्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । ‘स्कुल कलेज पढ्ने केटाकेटीहरु लजमा कोठा लिएर समूहिक रुपमा गाजा सेवन गर्ने गरेको भेटियो’ महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाईँले भने, ‘अधिकांश विद्यार्थी ८ देखि १२ कक्षामा अध्ययनरत रहेको पाइयो ।’ स्वीप अपरशेनका क्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गाजा सेवन गर्ने विद्यार्थीसहित…

Read More

काठमाडौैँ: ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गर्नुभयो । उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो । मङ्सिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो । त्यस्तै मङ्सिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो । सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक शुरुआत भएको सङ्घले जनाएको छ । सङ्घ स्थापना भएलगत्तै नेपालले रग्बीको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा सहभागिता जनाउँदै आएको अध्यक्ष टङ्कलाल…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको चार महीनामा मुलुकभर भएको सवारी दुर्घटनामा परी ८६५ को ज्यान गएको छ । साँघुरो सडक र तीव्र गतिका कारण देशभर दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको हो । प्रहरीका अनुसार चार महीनामा सात हजार २३७ दुर्घटना भएका थिए । उक्त दुर्घटनाबाट साउनमा १९२, भदौमा २०५, असोजमा २८५ र कात्तिकमा २९८ को ज्यान गएको छ । आव २०७४÷०७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ ले ज्यान गुमाएका थिए । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापर्वाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउछन् । “चालकको लापर्वाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, यात्रुको गल्ती, एकापसमा उछिन्ने प्रवृत्ति, तीव्रगति, यान्त्रिक गडबडीका…

Read More

काठमाडौँ: सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता कुमारी राउतले आफू श्रीमानबाट अन्यायमा परेको दाबी गरेकी छन् । राउतले शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर श्रीमानबाट अन्याय खेप्नुपरेको खुलासा गरेकी हुन । उनले भनिन्,‘म ललिता राउत हुँ, २०६१ मंसिरमा मेरो विवाह भएको थियो, एउटी महिलालाई विवाहपछि बच्चा हुनुपर्छ भन्ने ठूलो चाहना हुन्छ, त्यो चाहनाबाट बञ्चित बनाइयो । मलाई बच्चा चाहियो भने तर उहाँ साँझमा मात्र घरमा आउनुहुन्थ्यो । जहिले पनि पार्टी, मिटिङ यस्तै यस्तै भनेर समय बिताउनुहुन्थ्यो ।’ उनले अघि थपिन्, ‘बच्चाको बारेमा दाजुभाउजुसँग कुरा गरें, उहाँहरुले मान्नुभएको थिएन । तर, पछि बल्लतल्ल मान्नुभयो, दुःख गरेर बच्चा मागे,…

Read More

काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उनले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताए । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्दै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गरे । “विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन”मन्त्री महासेठले भने । उनले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया शुरु भइसकेको जानकारीे दिए…

Read More

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताएका छन्। नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज यहाँ सम्बोधन गदै उनले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने जनाउनुभएको हो । उनले भने, “व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो ।” यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उनले जानकारी गराए । उनले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाइ यातायातको विकास गरिने बताए…

Read More