Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘बर्थडे सेलिब्रेशन छ’ भन्दै स्कुल कलेजका ४२ केटाकेटी गेस्ट हाउसमा गाँजा तान्दै गर्दा भेटिए

    ‘बर्थडे सेलिब्रेशन छ’ भन्दै स्कुल कलेजका ४२ केटाकेटी गेस्ट हाउसमा गाँजा तान्दै गर्दा भेटिए

    पहिलोक्लिकपहिलोक्लिकDecember 8, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भन्दै घरबाट हिँडेका स्कूले विद्यार्थीहरु गोंगवुको लजमा गाँजा तान्दै गर्दा प्रहरीको फेला परेका छन् ।

    शुक्रवार राती महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोंगवुका होटल तथा लजहरुमा स्वीप अपरेशन चलाउँदा कक्षा ८ देखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी त्यसरी गाँजा तान्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

    ‘स्कुल कलेज पढ्ने केटाकेटीहरु लजमा कोठा लिएर समूहिक रुपमा गाजा सेवन गर्ने गरेको भेटियो’ महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक (डिएसपी) फणिन्द्र प्रसाईँले भने, ‘अधिकांश विद्यार्थी ८ देखि १२ कक्षामा अध्ययनरत रहेको पाइयो ।’

    स्वीप अपरशेनका क्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गाजा सेवन गर्ने विद्यार्थीसहित होटल गेष्टहाउमा शंकास्पद गतिविधि गर्ने ४२ जनालाई नियन्त्रणमा लिएको छ ।

    गेष्ट हाउसबाट पक्राउ परेका अधिकांश किशोर किशोरीको गोजीमा गाजा भेटिएको डिएसपी प्रसाईँले जानकारी दिए । उनले भने, ‘पक्राउ परेकामध्ये ३२ जनाबाट हामीले गाजा बरामद गरेका छौं ।’

    काठमाडौं बाहिरबाट आएका विद्यार्थीहरुले पनि अभिभावकलाई थाहै नदिई लजमा बसेर गाजा सेवन गर्ने गरेको भेटिएको छ ।

    घरबाट छाडेर बर्थ डे पार्टी मनाउन भनि काठमाडौं–२६ मित्रनगर स्थित बाग्लुङ कालिका गेष्ट हाउसमा २ वटा कोठा बुक गरी बसेका ८ देखि कक्षा ११ सम्म पढ्ने १३ देखी १८ बर्षका ७ छात्र र दुई छात्राको साथबाट पनि प्रहरीले गाजा फेला पारेको छ ।

    शुक्रवारको स्वीप अपरेशनको क्रममा एउटा मोटरसाइकलको चावी अर्कोमा मिल्ने गरेको कारण मोटरसाईकल चोरी पनि बढेको खुलेको छ ।

    सिभिल मलबाट प्रभु बैंकको एक ब्रान्च मेनेजरले सिभिल मलबाट लिएर हिँडेको मोटरसाइकल प्रहरी चेकजाँचको क्रममा अर्कैको रहेको खुलेको थियो ।

    बा.८३ प ६८३१ सेतो जिक्सर चढ्दै आएका ती मेनेजर त्यतिवेला अचम्ममा परे, जब गोंगवुमा प्रहरीले बिलबुक चेक गर्दा मोरसाइकल नम्बर नमिलेको भन्दै मोटरसाइकल नियन्त्रणमा लियो ।

    पछि अनुसन्धान गर्दा हतारमा सिभिल मलको पार्किङमा रहेको मे. ८ प. १४१७ नम्बरको मोटरसाइकल उनको चाबीले खुलेको पाइयो । प्रहरीले दुवै मोटरसाईकल भेरिफाई गरेर सम्बन्धित धनीलाई बुझाएको छ ।
    स्वीप अपरेशनका क्रममा चेकजाँच गर्दा महाराजगञ्ज प्रहरीले कागज पत्र नभएका ७ स्कुटर ५ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

    Facebook Comments Box

    बर्थडे सेलिब्रेशन छ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.