Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौँ तराई मधेश द्रुतमार्गको निर्माण प्रक्रिया अगाडि बढिरहेका बेला सांसदहरुले खोकना र बुङमतीवासीको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । सङ्घीय संसद् मातहतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले सांस्कृतिक सम्पदाको संरक्षण र विकास निर्माणको काम तथा कारवाहीलाई समन्यायिक तवरले अगाडि बढाउनुपर्ने र स्थानीयवासीको मागको उचित निरुपण गर्नुपर्ने आवश्यकता औँल्याए । आयोजना प्रभावित क्षेत्रका रुपमा रहेको खोकना र बुङमतीवासीले परम्परागत बस्तीको संरक्षण, उचित मुआब्जाको माग र आयोजनामा अपनत्व खोजेको भन्दै सरकारले उनीहरुको माग सम्बोधन गरेर जानुपर्ने बताए । समितिको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले न्यापूर्ण मुआब्जा पाउनुपर्छ भन्ने स्थानीयवासीको माग जायज रहेको बताए । उनले स्थानीयवासीको माग…
काभे्रपलाञ्चोक: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काभे्रपलाञ्चोकका १३ वटा स्थानीय तहसँग पुनर्निर्माण कार्यको समन्वय एवं सहयोग आदानप्रदान गर्न ११ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा आज धुलिखेलमा आयोजित पुनर्निर्माण समीक्षात्मक कार्यक्रममा स्थानीय तहका प्रमुख एवं पदाधिकारी तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कर्यान्वयन एकाई, अनुदान व्यबस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का प्रमुखबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो । कार्यकारी अधिकृत ज्ञवालीले अबको बाँकी आवास निर्माणका लागि प्राधिकरणले स्थानीय निकायसँग समन्वय गर्ने योजनाअनुसार समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले भने, “सङ्घीयताकै आधारमा आवास पुनर्निर्माणको जिम्मेवारी प्रदेशमार्फत स्थानीय तहलाई दिइने योजनाअनुरुप स्थानीय तहका पदाधिकारीसँग सम्झौता गरेका हौँ ।”…
काठमाडौं : ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरिदिएका हुन् । गत साउनमा तलब, भत्ता , बीमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरहरुले टानसमक्ष सात सुत्रीय माग पत्र राखेको र तीन महिना बितिसक्दासमेत समस्याको समाधानतर्फ टान कार्यसमिति एवं पदाधिकारी उदासिन भएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए । पथ प्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बीमा, औषधि उपचार बीमा र श्रमिकको हकहितको नाममा उठाएको टिम्स रकम सार्वजनिक…
काठमाडौँ: युएन पार्क नजीकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए । उनका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ ।
काठमाडौँ: एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब १६ अर्ब ९२ करोड रुपैयाँ विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता ९सासेक०अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । विकास सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा राजन खनालले हस्ताक्षर गरे । साकेस शहरी खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गत २० वटा नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् । मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उनले विकासको गतिलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई रहेको छ भने । प्रधानमन्त्री ओलीले भने, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौँ ।” सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत असोज २८ गते डा रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय मानव संसाधन प्रक्षेपण कार्यदल गठन गरेकोे थियो । समितिका अन्य सदस्यमा डा माधव दाहाल, डा इन्दिरा पराजुली, डा विश्ववाला थापा,…
काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा न्यू रोड टीम (एनआरटी)लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि थ्री स्टारले खेलको ७५औँ मिनेटमा रञ्जित धिमालको गोलबाट अग्रता लिएको थियो । थ्री स्टारका खेलाडी अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाए पनि रञ्जितले रिबाउण्डमा आएको बललाई गोलमा परिणत गरेका थिए । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रञ्जितले ब्रिगेड ब्वाइज र मनाङविरुद्ध पनि गोल गरेका…
काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । यद्यपि अपराह्न भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकांश तापक्रम आइतबार २२ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम बढिरहेको महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री मापन गरिएको छ । त्यस्तै…
काठमाडौँ: साताको दोस्रो कारोवारको दिन पूँजी बजारमा गिरावट जारी रहेको छ । आज सोमबार नेप्से परिसूचक ६ दशमलब ३५ अंकले घटेर एक हजार १६० दशमलब २८ अंकमा झरेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलब ८२ अंकले घटेको थियो । आजको कारोवारमा अन्य र बित्त बहेको सबै समूहको परिसूचकमा गिरावट आएको छ । आजको कारोवारमा सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ८९ दशमलब ३ अंक, जीवन बीमा ६७ दशमलब ०५ अंक र लघुवित्त समूहको परिसूचक १५ दशमलब १६ अंकले घटेको छ । त्यसैगरी, बाणिज्य बैंक ४ दशमलब ८३ अंक, विकास बैंक ५ दशमलब ७६ अंक, होटल १३ दशमलब ३…
चितवन: नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ चितवन शाखाले आज यहाँ आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताए । चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उनले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ थियो । उनले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताए । उनले भने, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।” कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति…