Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेजमा देखिएको विवाद समाधान गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित उपसमितिले आज स्थलगत जानकारी लिएको छ । उपसमितिका संयोजक योगेश भट्टराई, सदस्यद्वय उमेश श्रेष्ठ र हितबहादुर तामाङ् तथा समितिका सचिव जीवन बुढाथोकीले आज सो स्थानमा पुगि कलेजको भौतिक संरचना र अन्य विषयमा पदाधिकारीसित जानकारी लिनुभएको थियो । सो अवसरमा प्राचार्य प्रा डा हरिकृष्ण श्रेष्ठले कलेजको भौतिक संरचना तथा अध्ययन अध्यापनका बारेमा जानकारी दिँदै कलेजको विवाद छिटो समाधान खोजिदिन आग्रह गरेका थिए। सो अवसरमा उपसमितिका संयोजक सांसद भट्टराईले सर्वपक्षीय सहमतिमा चाँडोभन्दा चाँडो कलेजमा देखिएको विवाद समाधान गर्न पहल गरिने बताउनुभयो । कलेजलाई निजीकरण गरी प्रालिका…
काठमाडौँ: पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीतिमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १ प्रतिशत रहेको छ । यस्तै तराईमा ४ दशमलव ३ प्रतिशत, हिमालमा ४ दशमलव २ प्रतिशत र काठमाडौँ उपत्यकामा ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३ प्रतिशत, ३ दशमलब ६ प्रतिशत, ५दशमलब १ प्रतिशत र २ दशमलब ३ प्रतिशत रहेको थियो । यस्तै नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति चालू आवको तीन महीनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत र भारतको…
काभ्रेपलाञ्चोक: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इञ्जिनीयर गाउँ नबसे तत्कालै कारवाही गरिने बताएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)द्वारा आज धुलिखेलमा आयोजित जिल्लास्तरीय नीजि अवास पुनःनिर्माणसम्बन्धी दुई दिने समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले स्थानीय जनप्रतिनिधिले आफ्ना क्षेत्रमा इञ्जिनियर तथा अन्य प्राविधिक नबसेको जानकारी दिए तत्कालै कारवाही गरिने बताए। उनले भने, “प्राविधिकहरु गाउँमा बस्नैपर्छ, यदि नबसेको भए जानकारी दिनुस्, तत्कालै कारवाही गर्छु ।” ज्ञवालीले भूकम्पपीडितका बैङ्क खातामा गएको अनुदान रकम बैङ्कले विभिन्न बहानामा झुलाउने गरेको गुनासो पनि आएकाले त्यसबारे तत्कालै अनुगमन, छानबिन गरिने बताए।…
काठमाडौँ: घर तथा भवन निर्माणसम्बन्धी बिहीवारदेखि शुरु भएको ‘विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो’ मा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । सर्वसाधारणलाई निर्माणसम्बन्धी जानकारी दिने उद्देश्यले शुरु भएको मेलामा आफूले सोचेजस्तै अवलोकनकर्ता भित्र्याउन सफल भएको मेलाका मुख्य आयोजन युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुवेदीले बताए। “भूकम्पपछि मानिसमा घर बलियो बनाउनुपर्छ भन्ने चेतना बढेको छ, जसका कारण घर कसरी बनाउनुपर्छ भनेर उनीहरुलाई जानकारी दिने हेतुले प्रदर्शनीको आयोजना गरिएको हो”, सुवेदीले भने। प्रदर्शनीमा विद्यार्थीदेखि वृद्धवृद्धाको समेत आकर्षण रहेको उनले जानकारी दिए । सो प्रदर्शनीमा घर तथा भवन निर्माणका लागि आवश्यक सिमेन्ट, इँटा, डण्डी, पाइप, झ्याल, ढोका, भ¥याङलगायत कोठाका लागि आवश्यक सामग्रीका…
काठमाडौँ: मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन् । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका चार हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध गराइएको हो । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको वित्तीय क्षेत्रको अववस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आधुनिक समाजमा वित्तीय क्षेत्रको महत्व बढ्दै गएको बताए। आगामी दिनमा बाँकी रहेका ४० प्रतिशत नागरिकलाई पनि वित्तीय सञ्जालमा जोड्नुपर्ने उनले बताए । नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले परिवर्तित संरचनाअनुसार ७५३ स्थानीय तहमा सरकारले वितरण गर्ने रकम अझै बैंकमा प्राप्त हुन नसकेका कारण प्रथम चौमासिकमा करीब रु ९०…
काठमाडौँ : नेपालको उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब रुपैयाँ लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको २० खर्ब ३३ अर्ब रुपैयाँ लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए । विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७२३ लघु, घरेलु तथा साना उद्योगमा चार खर्ब ३२ अर्ब लगानी रहेको सिंहले जानकारी दिए । यसमा स्वदेशी लगानीका मझौला तथा साना उद्योग र विदेशी लगानीका सबै उद्योग…
काठमाडौँ: नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा तीन लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे। उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ । बैंकले रु २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात, मिर्गाैला खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपाटाइसिस, एप्लास्टिक एनीमिया, गम्भीर कोरोनरी धमनी रोग, उच्च रक्तचाप, प्रमुख अङ्ग एवं बोनम्यारो प्रत्यारोपणजस्ता घातक रोगको उपचारार्थ रु तीन लाख बराबरको बीमा गरेको हो ।…
काठमाडौँ: साताको पहिलो कारोवारको दिन पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलब ८२ अंकले घटेर एक हजार १६६ दशमलब ४३ अंकमा पुगेको छ । आजको कारोवारमा सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । आजको कारोवारमा सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक ९६ दशमलब ७६ अंक, जीवन बीमा ४४ दशमलब ४ अंक र उत्पादन समूहको परिसूचक ५० दशमलब ५४ अनले घटेको छ । त्यसैगरी, लघुबित्त २२ दशमलब ४५ अंकले , बाणिज्य बैंक १२ दशमलब ६४ अंक, विकास बैंक ६ दशमलब ४७ अंक, होटल २८ दशमलब ८७ अंक र जलबिधुत २४ दशमलब ८९ अंकले…
बोगोटा: क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ । भूकम्पबाट सान आन्द्रेस नगरपालिका र सान्ता क्याटालिना नगरपालिकामा क्षति पुगेको अधिकारीहरुले बताएका छन् । उक्त द्वीप निकारागुवाको पूर्वी तटीय क्षेत्रबाट २२० किलोमिटर टाढा पर्दछ । कोलम्बियाली अधिकारीहरुले तटीय इलाकामा सुनामीको खतरा नरहेको जनाएका छन् ।
काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो । पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक भट्टराईले बताए । “दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसङ्घको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो,”–उनले भने । नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसङ्घको विधान मिच्ने…