Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा सो शाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र माइक्रोबस व्यवसायी सङ्घका प्रतिनिधिहरुको संयुक्त बैठकले शनिबारदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकलाई सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको जानकारी दिए । माइक्रोबसको अगाडि र पछाडि गन्तव्य रुट, प्लेट राख्नेसमेत बैठकले निर्णय गरेको उनले बताए। महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि माइक्रोबसका चालक तथा सहचालकले…

Read More

कलैया: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक प्रहरी हवल्दारलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग पान मसला र गुटखा नेपालमा भारतबाट सहज रुपमा ल्याउनका लागि सहजीकरण गरी दिने भन्दै हवल्दार सुदामा हजाराले रु एक लाख लिदैँ गर्दा अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । आरोपी हजारा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका छन् । उनलाई थप अनुसन्धानको लागि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडामा राखी अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालयले जनाएको छ ।

Read More

नुवाकोट: जिल्लाका दुई निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन भएको छ । दुई क्षेत्रका लागि आएको रु चार चार करोडमा अधिकांश रकम सडक पूर्वाधारमा विनियोजन गरिएको छ । विगतमा निर्वाचन क्षेत्र विकास कार्यक्रम भनिने यो कार्यक्रममा दुई निर्वाचन क्षेत्र नं २ का लागि आएको रु आठ करोडका योजना विनियोजन गरिएको हो । न्यूनतम रु १० लाखभन्दा माथिका योजना बनाउन सोे कार्यक्रमअन्तर्गत क्षेत्र नं १ र २ मा २०–२० योजना छनोट गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी तथा सदस्य सचिव सच्युतराज उप्रेतीले जानकारी दिए । जिल्ला समन्वय समितिमा क्षेत्र नं २ का सांसद नारायणप्रसाद खतिवडाको अध्यक्षतामा बसेको…

Read More

सिन्धुली: प्रहरीले आज यहाँ २५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ । मरिण गाउँपालिका–१ को टँुडिखेल, बेदपानी र वडा नं ३ को बरुण भलाइमा लगाइएको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा खटिएको टोलीले आजबाट गाँजा खेती नष्ट गर्ने अभियान शुरु गरेको छ । अहिलेसम्म वडा नं १ को टँुडिखेल र भलायो बरुणमा लगाइएको चार बिघा तथा वडा नं ३ मा लगाइएको २१ बिघामा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । यस क्षेत्रमा लगाइएको ठूलो परिमाणमा लगाइएको १५ बिघाभन्दा बढी क्षेत्रफलको गाँजा खेती शनिबार नष्ट गर्ने र विस्तारै…

Read More

काठमाडौँ: नेपालका निजी क्षेत्रले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा पर्याप्त लगानी गरे उत्पादकत्व वृद्धिका साथै आर्थिक वृद्धि सहज हुने एक अध्ययनले देखाएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको नवीनतम अध्ययनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाएर प्राथमिकताका ती पाँच क्षेत्रमा पर्याप्त लगानी भएमा छ प्रतिशतको आर्थिक वृद्धि असम्भव नहुने देखाएको हो । ‘नेपालमा बजार सृजना’ नामक प्रतिवेदनले संस्थागत सुधार एवं सुदृढीकरण, भौतिक पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार तथा स्वदेशी–विदेशी लगानीका बाधा हटाएर निजी क्षेत्रलाई विश्वासमा लिई अघि बढेमा आर्थिक विकासको बाटोमा अग्रसर हुन सहज हुने पनि निष्कर्ष निकालेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा…

Read More

काठमाडौँ: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता आगामी माघ १९ गतेदेखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स छन् । रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । अनुमानित बजेट पाँच करोड…

Read More

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ । घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताए । यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए । सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो । अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा…

Read More

काठमाडौँ: ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए । “भोलि बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान शुरु हुनेछ, हामीसँग दुईवटा बेलुन छन्, पहिलो चरणमा हामी एउटा मात्र उडाउँछौँ, एउटामा एक पटकमा आठ जनाले उडान भर्न मिल्छ”, उनले भने । पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको उहाँको भनाइ छ । बेलुनले…

Read More

काठमाडौँ: श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठकमा चार वटा विषयमा छलफल भएको छ । ती विषयगत क्षेत्रमा कन्सुलर सहायता, आप्रवासनसँग सम्बन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ्य र महिला आप्रवासी कामदारको समानता रहेका छन् । बिहीबारदेखि यहाँ शुरु भएको बैठकमा कोलम्बो प्रोससमा आबद्ध सदस्य राष्ट्र नेपाल, अफगानिस्तान, कम्बोडिया, थाइल्याण्ड, बङ्गलादेश, चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का र भियतनामका प्रतिनिधिमण्डलको सहभागिता रहेको छ । कोलम्बो प्रोसेसको सोच र प्रतिबद्धता कार्यान्वयनका लागि क्षेत्रगत कार्यसमूह निकै महत्वपूर्ण अङ्ग मानिन्छ । विगतका दुई वर्षमा ती समितिका १८ बैठक सफलतापूर्वक सम्पन्न भइसकेका छन् । बैठकले सुरक्षित…

Read More

जिरी: दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ । असोज २० मा आयोजनाको सुरुङको पहिलो ‘ब्रेक थ्रु’सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले बताए । आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माणकार्य अन्तिम चरणमा प¥ुयाएको हो । अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको अयोजना प्रमुख सापकोटाले जानकारी दिए । पाँच हजार ९१५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावरहाउसतर्फको खण्डमा ९०० मिटर सुरुङ मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य आयोजनाले राखेको छ…

Read More