Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
एजेन्सी: विश्वकप २०१८ सुरु हुन एक दिन अघि, सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता क्यानडा-मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने पक्का भएको छ । रसियामा बसेको विश्व फुटबल महासंघ (फिफा) को बैठकबाट तीन मुलुकले प्रतियोगिता आयोजनाको बाजी जितेका हुन्। प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ। १० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन्। पहिलोपटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्। सन् २००२ पछि विश्वकप प्रतियोगिता संयुक्त रुपमा आयोजना भएको छैन। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए। विश्वकप फुटबल सन् २००६ मा जर्मनी, सन् २०१० मा…
काठमाडौं:जुम्लामा तारा एयरलाइन्सको विमान ठुलो दुर्र्घटनाबाट जोगिएको छ । नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज विभानस्थल अवतरणका क्रममा टायर पञ्चट भई अनिन्त्रित भएर तारको जालीमा ठोक्किदा विमानको अगाडिको भागमा सामान्य क्षति भएको छ । विमानमा सबार चालक दलका सदस्य सहित १८ जना यात्रु सकुसल रहेको जनाईएको छ ।
काठमाडौं: तेत्तिस्किलो सुन प्रकरणमा जोडिएका एमके भन्ने मोहनकुमार अग्रवालको घरमा शुक्रबार सुन काण्डको छानबिन गर्न बनेको समितिले छापा मारी ३० लाख नगद दुई किलो चाँदी र १० तोला सुन बरमाग गरेको छ । समितिका संयोजक तथा सह–सचिव ईश्वर पौडेल नेतृत्वको टोलिले आज छापा मारेको हो । अग्रवालको कालिकास्थानस्थित रहेको ताला लगाइराखेको घरमा छापा मारेको हो । समितिका एक सदस्यका अनुसार घरबाट सुन राख्न प्रयोग गरिएको सुनको बाकस र सुन बोक्न जाँदा प्रयोग गरिने छुट्टै रंगको तीन वटा ज्याकेट र बा १० छ २८२ नम्बरको अग्रवालको कारसमेत बरामद गरिएको छ । “हामीले घरबाट थुप्रै चेक्बुज र सुन कारोबार गर्न प्रयोग गरिएको…
बुटवल: गएरातिको वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बिहिबार रातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डका २ स्थानमा पहिरो खसेको थियो । दुर्वै स्थानका पहिरो हटाएपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालन गरिएको हो । पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहित खसेको पहिरो हटाएपछि अहिले यातायात सुचारु भएको छ ।एकतर्फी रुपमा खेलेको सडक दुईतर्फी सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ । यता पाल्पाको सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध…
बुटवल: सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड आज बिहानै पुनः अवरुद्ध भएको छ । गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने गाडी बीचबाटोमा रोकिएका छन् । पटकपटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेपछि केही दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले पहिरो गइरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा यसवर्ष…
दाङ: जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् । बस सडकबाट तल खोलामा खसेको छ । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ हो । दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको जनाईएको छ । चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको…
पथरी, मोरङ: अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिएका छन् । सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन । उनले भने , “परम्परागत शैलीबाट कृषि अगाडि बढ्न सक्ने देख्दिनँ ।” अर्थशास्त्री धमलाले अब निश्चित योजना र दृष्टिकोणसहित बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् । यतिबेला प्रदेश सरकार बजेट निर्माणमा व्यस्त छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संविधानमै बाध्यकारी व्यवस्था गरिएको छ । उनले आधुनिक प्रविधिको प्रयोग गर्नेगरी कृषिसम्बन्धी नीति बन्नुपर्ने धारणा राखे । उनकै…
काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा बिहिबार आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उनले भने । बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५/०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पारे । उनले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई…
पर्सा : सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कलपति देवीलाई अस्पताल ल्याउन ढिलाइ भएको र कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।
विराटनगर: विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ड्रोनमार्फत तस्वीर लिने कार्यको शुभारम्भ गर्दै हानगरवासीलाई नगरभित्र भएका र भइरहेका विकास निर्माण कार्यका सम्बन्धमा जानकारी दिन सहज हुने बताए । एसटिआइयुआइपी प्रोजेक्टअन्तर्गत सिटिसी कालिका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरका विभिन्न निर्माण कार्यको छायांकन र नक्सांकन गरिन लागेको हो । यस प्रविधिबाट विराटनगरको पहिलेको अवस्था र विकास भइसकेपछिको अवस्थाबारे बुझ्न…