Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएपछि उडान र अवतरण प्रभावित भएको छ । सोही अनुसार ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर ‘डाइभर्ट’ गरिएको छ । यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा ‘होल्ड’ भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो । यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ । यसैबिच, घटनास्थलमा अहिले गृहमन्त्री रमेश लेखकसहितको…

Read More

काठमाडौँ: काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको छ । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । तस्बिर सौजन्य: नेपाली सेना

Read More

काठमाडौँ: काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको छ । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

Read More

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले पहिलोक्लिकलाई बताए । दुर्घटनाको विस्तृत विवरण आएको छैन ।तर अहिले विमानस्थलमा ठुलो र बाक्लो कालो धुँवाको मुस्लो आइरहेको छ । दुर्घटना ११:१५ बजे भएको हो । तस्बिर: यौवन प्रकाश श्रेष्ठ

Read More

काठमाडौँ: सरकारले आजदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दैछ। काठमाडौँको पानीमा पोलियोको भाइरस रहेको पुष्टि भएपछि सरकारले बुधबारदेखि शुक्रबारसम्म तीन दिन काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो। काठमाडौँको टुकुचा खोला र बागमती नदीबाट गत जेठ १३ गते संकलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको थियो। ढलको पानीमा पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो । परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि…

Read More

काठमाडौं: – नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह ए बाटै बाहिरिएको छ । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् । सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बलमा…

Read More

काठमाडौं: मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुग्यो । २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७,…

Read More

काठमाडौँ: नेपाली कांग्रेस–नेकपा एमालेबीच वाग्मती प्रदेशमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । कांग्रेसले ७ र एमालेले ६ वटा मन्त्रालयको नेतृत्व गर्ने गरी सहमति भएको हो । सहमतिअनुसार एमालेले शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा प्राप्त गरेको ५ वटा र समाजवादीले सम्हालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्व गर्ने भएको छ । कांग्रेसले माओवादीले प्राप्त गरेको ३ वटा, समाजवादीले लिएको २ वटा र हाम्रो नेपाली पार्टीको नेतृत्वमा रहेको एउटा मन्त्रालयको जिम्मेवारी लिने भएको छ । कांग्रेसले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने भएको हो ।…

Read More

काठमाडौँ:इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो। हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए। भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली…

Read More

२४ वडाको सम्पन्न हुने, २२ र २३ को मङ्सिरपछि काठमाडौं: न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । यो सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ भने अरुतिर मंसिरसम्म रोकिने छ । मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको छ । यो अध्ययन रिपोर्टका आधारमा वडा नम्बर २२ र २३ को फुटपाथबारे निर्णय हुनेछ । वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले भने, ‘२२ र २३ मा विस्तार गर्न बाँकीको हकमा सबै वस्तुस्थिति अध्ययन गरेपछि…

Read More