Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले आज कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्यामा हदैसम्मको लापरवाही गर्ने दुई प्रहरी अधिकृत एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश प्रसाद भट्टको बर्खास्तीपछि अव उनीहरुमाथि कस्तो अनुसन्धान चल्छ वा पक्राउ पर्छन् भन्नेबारे घटना अझै अनुउत्तरित छन्। सरकारले बिष्ट र भट्टलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट त हटायो तर अव उनीहरुले समात्ने कानूनी प्रक्रिया र सरकारले उनीहरुमाथि गर्ने अनुसन्धान प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारे अझै केहि भन्न सकिने अवस्था स्पस्ट भइसकेको छैन। सरकारद्वारा गठित अनुसन्धान समिति हरि प्रसाद मैनाली र प्रहरी मुख्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आफ्नो प्रतिवेदन र सुझाव गृहमन्त्री राम बहादुर थापा बादललाई बुझाएको…

Read More

काठमाडौँ: निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका निलम्बित एसपी दिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरेको । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै निलम्बनमा परेका बिष्ट र भट्टलाई प्रहरी प्रधान कार्यालयको सिफारिशमा  बिहीबार साँझ गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो। गृहले  प्रेस बिज्ञप्ति जारी गर्दै विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको जनाएको हो । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । उक्त घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख…

Read More

काठमाडौँ : सरकारले आगामी तीन वर्षभित्रमा विद्युत् चुहावटलाई घटाएर करीब १७ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले हालै तयार पारेको मध्यमकालीन खर्च संरचनाअनुसार ठूलो मात्रामा खेर गइरहेको विद्युत् ऊर्जा चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्य राखिएको छ । आयोगले आर्थिक वर्ष २०७७÷७८ सम्ममा विद्युत् चुहावट १६.९ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको हो । हाल नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीमा हाल करीब २०.४५ प्रतिशतको हाराहारीमा विद्युत् चुहावट हुने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आव २०७३÷७४ मा २२.९० प्रतिशत चुहावट हुने गरेकामा आव २०७४÷७५ को अत्यसम्म २०.४५ प्रतिशत मात्रै चुहावट हुने गरेको छ । चालू आवमा…

Read More

बर्दिवास : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् । महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना अध्यक्ष मण्डलका सदस्यले संविधान संशोधनविना मधेश मुद्दाको सम्बोधन पूरा नहुने भएकाले यथाशक्य चाँडै यो विषय टुङ्ग्याउन सरकारसँग माग गरेका हुन् । नेता शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजेन्द्र महतो र राजकिशोर यादवसहितका नेताले नेकपाका शीर्ष नेताले संविधान संशोधन गर्ने वचन दिए पनि त्यसको कार्यान्वयनमा उदासिनता देखाएको गुनासो गरे । नेता महतोले संविधान संशोधन नभएसम्म हँसिलो अनुहारले बोलेर समस्याले निकास नपाउने बताए । “प्रधानमन्त्री स्वयं संविधान संशोधनको कुरामा आफू खुला रहेको त…

Read More

काठमाडौँ : स्थानीय तहले पर्याप्तमात्रमा छलफल नै नगरिकन कर उठाइएको पाइएको छ । सरकारले प्रदेश तथा स्थानीय तहको कर सम्बन्धमा अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय तहले जनतासँग छलफल नै नगरिकन विभिन्न शीर्षकमा कर उठाइएको पाइएको हो । स्थानीय तहले जथाभावी कर लिएको गुनासो आएपछि सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गाना रहेको समिति गठन गरेको थियो । मन्त्रालयका स्रोत परिचालन समन्वय शाखाका प्रमुख विष्णुदत्त गौतमले स्थानीय तहले कर निर्धारण…

Read More

चितवन: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताएका छन् । क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जङ्गल क्याम्प २०१८ को उद्घाटन गर्दै उनले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्रीसमेत भएका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताए । उनले भने “स्काउटमार्फत हुने अन्तर क्षेत्रीय र अन्तरदेशिय कार्यक्रमले उनीहरुमा ज्ञान र सीपको आदानप्रदान हुँदै थप विश्वास बढाएको छ ।” सभापति देउवाले विकासका नयाँ नयाँ…

Read More

काठमाडौँ : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज विजयी शुरुआत गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो हाफमा दुई गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । नेपालले शुरुआती अग्रता खेलको २८आँै मिनेटमा जान लिम्बूको पेनाल्टी गोलबाट लिएको थियो । राकेश विश्वकर्मालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फउल गरेपछि प्राप्त पेनाल्टीमा लिम्बूले गोल गरेका थिए । त्यस्तै खेलको ३५आँै मिनेटमा नमस थापा मगरले गोल…

Read More

काठमाडौँ: महालक्ष्मी विकास बैँकले शाखा सञ्जाल विस्तार गरी देशभर बैङ्गिग सेवा उपलब्ध गराउने क्रममा शुक्रबारका दिन देखि एकैसाथ चार नयाँ शाखाहरु मार्फत बैङ्गिग कारोबार सञ्चालनमा ल्याएको छ । नयाँ शाखा अन्तर्गत सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका वडा नं ६, विरेन्द्रनगर स्थित सुर्खेत शाखा, बाकेँ जिल्ला कोहलपुर नगरपालिका वडा नं १०, कोहलपुर स्थित कोहलपुर शाखा, सिराहा जिल्ला लाहान नगरपालिका वडा नं १, लाहान स्थित लाहान शाखा तथा नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं ८, कावासोती स्थित कावासोती शाखा पर्दछन् । उल्लिखित चार नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको शाखा संख्या ८३ पुगेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा…

Read More

काठमाडौँ:फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, माल्दिभ्स १५१, भूटान १८८आँै स्थानमा रहँदा बङ्गलादेश १९४आँै, पाकिस्तान १९९औँ र श्रीलङ्का २०१आँै स्थानमा रहेका छन् । विश्व बरियतामा बेल्जियमले शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौँथो र इङ्ल्याण्ड पाँचौँ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क रहेका छन् ।

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ । मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । सो करिडोरमा एक हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब स्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् । उनले केही महीनाअघि प्रसारण लाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका…

Read More