काठमाडौँ: सरकारले आज कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्यामा हदैसम्मको लापरवाही गर्ने दुई प्रहरी अधिकृत एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश प्रसाद भट्टको बर्खास्तीपछि अव उनीहरुमाथि कस्तो अनुसन्धान चल्छ वा पक्राउ पर्छन् भन्नेबारे घटना अझै अनुउत्तरित छन्।
सरकारले बिष्ट र भट्टलाई सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट त हटायो तर अव उनीहरुले समात्ने कानूनी प्रक्रिया र सरकारले उनीहरुमाथि गर्ने अनुसन्धान प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारे अझै केहि भन्न सकिने अवस्था स्पस्ट भइसकेको छैन।
सरकारद्वारा गठित अनुसन्धान समिति हरि प्रसाद मैनाली र प्रहरी मुख्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आफ्नो प्रतिवेदन र सुझाव गृहमन्त्री राम बहादुर थापा बादललाई बुझाएको आधारमा आज बिष्ट र भट्ट बर्खास्त भएका हुन्।
प्रतिवेदन अनुसार उनीहरुको यस घटनामा ‘संदिक्ध गतिविधि’ समेत देखिएको, प्रमाण नस्ट गरेको, घटना पश्चात मृतकको शवको शनाखत र शवको मुचुल्का तयार पर्दा बुबा यज्ञ राज पन्तको नक्कली औंठा छाप लगाइएको जति बेला उनको बुवा भारतमा मजदुरीमा थिए, घटना भैसकेपछि पनि सम्बन्धित जिल्ला प्रहरी प्रमुखले आफुले गर्नु पर्ने र लिनु पर्ने जिम्मवारी लिएको नदेखिएको र उल्टै स्थानीय, पीडित बुवा आमा, आफन्त र गाउँ नै लाई त्रशित बनाइ आतंकित बनाएका जस्ता संगिन आरोपहरु प्रतिवेदनमा उल्लेख गरिएका छन्।
यी यावत सुझाव र प्रमाणहरु सरकार समक्ष समितिले बुझाउँदा अव के बिष्ट र भट्ट वास्तबमै पक्राउ पर्छन् या उनीहरु पक्राउ नपरी आफ्नो कानूनी बाटो लड्छन् भन्ने केही दिनमै थाहा हुनेछ।
के होला रोशनी र बबिता बममाथिको अनुसन्धान?
यस्तै घटनाको अर्को महत्वपूर्ण पाटो भनेको अव के फेरी बम दिदीवहिनीमाथि छुट्टै अनुसन्धान होला या उनीहरुले भनेजति उनीहरु निर्दोष वा घाटनाका साक्षी होइनन भन्ने भनाइबाट नै उन्मुक्त्ति पाउलान्? यो पनि एउटा फरक पाटो ।
के अव यस घटनाले नयाँ शीराबाट अनुसन्धान थाल्छ या यसमा शंकास्पद भनिएकाहरु माथी छुट्टै अनुसन्धान अबिलम्ब शुरु होला? यो यसै भन्न नसकिएला?
यस घटनाको मुख्य अभियुक्ता अझै पत्ता नलागिसकेको अवस्थामा घटनाको छुरो कुरो अझै सकिएको भने छैन।
बिष्ट र भट्टको बर्खास्तीले तत्काल लागि स्थानीय स्तरमा केहि राहत त मिल्ला तर घटनामा संलग्नहरुको पहिचान र पक्राउ नाभईन्जेलसम्म भने यस घटनाले पूर्णबिराम भने लिन अझै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो १२ वर्षनै कुर्नु पर्ने त होइन?