Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए। मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको उनले बताए। प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यको भनाइ छ ।
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको थियो । महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माले बताए । बैठकमा पार्टीको विधान संशाोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ । काङ्ग्रेसले संविधानको सङ्घीय संरचनाअनुसार पार्टीको…
काठमाडौँ: चियाको उत्पादन तथा बजारीकरण बढाउन श्रम सम्बन्धी कानुनलाई लचिलो बनाउन सके नेपालको समृद्धिमा चियाको निर्यातले महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरले बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको उन्नती परियोजना अन्तरगत परिसंघले सञ्चालन गरिरहेको एड्भोकेसी फर गुड कर्पोरेट गभन्र्यान्स परियोजना अन्तरगत सोमबार परिसंघमा आयोजित“नेपालमाचिया क्षेत्रको विकासका लागि सरकारी निकाय तथा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया”कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मोरले चियाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमाजोड दिन सरकारसँग आग्रह गरे । नेपाली चियालाई बाह्य देशका व्यापारीहरुले सस्तोमा खरिद गरेर त्यहाँको ब्राण्डबाट अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरेको भन्दै यसलाई रोक्न र नेपाली ब्राण्डकै चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिनु पर्नेमा जोड दिएका…
काठमाडौं : नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो त्रैमासमा संगठित संस्थाहरुलाई १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति दिएको छ । यसअवधिमा ४ वटा कम्पनीले आइपीओ बिक्री अनुमति पाएका हुन् । आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका २५ वटा संस्था मध्ये ३ वटा जलविद्युत कम्पनी र एक लघुवित्त वित्त संस्थाले अनुमति पाएका हुन् । आइपीओ अनुमति प्रकृयामा रहेका मध्ये १० वटा कम्पनीको निवेदन प्रारम्भिक पुनरावलोकन प्रकृयामा रहेको र २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न भनिएको बोर्डले जनाएको छ । ४ वटा लघुवित्त संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम…
काठमाडौँ: प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ । गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै प्रहरी रिपोर्ट पठाउने व्यवस्था मिलाइएको बताउछन् । “विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौँ”, उनले भने, “अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध…
नेपालगन्ज : २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए । दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो । उद्दार गरिएका सबैलाई माइती इण्डियाले सोमबार बाँके प्रहरी र माइती नेपाल नेपालगन्जलाई उनलाई हस्तान्तरण गरेको छ । खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्दार गरी माइती नेपाल फर्काइएको हो । उद्दार गरिएकामा झापाका १०…
दमौली: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो । मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुँको कालिका शहीद तथा शान्ति पार्क र सिद्धगुफा भिमाद, कास्कीको मौजा होमस्टे, सिक्लेश पर्यटकीय क्षेत्र, मनाङको नार्फू ट्रेयल, मुस्ताङको लोमान्थाङ दरबार गुफा क्षेत्र, पर्वतको दुर्लुङ्ग क्यानोनिङ्ग(छाँगावरोहण), केभिङ्ग र होमस्टे तथा महाशिला नयाँ पर्यटकीय गन्तव्यका रुपमा छनोट भएका हुन् । त्यसैगरी स्याङ्जाको सतौ–चण्डिकालिका…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंह विरुद्ध अनाधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी सिंहको रु तीन करोड ५१ लाख ८२ हजार ६४४ बराबरको सम्पत्ति मध्ये रु एक करोड ६० लाख २१ हजार १८ वैध देखिएको छ । सरकारी सेवामा रहँदा आरोपी सिंहको रु एक करोड ९१ लाख ६१ हजार ६२५ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आयोगले दाबी गरेको छ । वन अधिकृत सिंहले २०४३ साल फागुन १३ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरी केही समय पहिले मात्रै अवकाश लिनुभएको हो । स्रोत नखुलेको सम्पत्ति आफन्तका…
काठमाडौं: अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन् । फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन् । इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षण लगायतका आवश्यक प्रक्रिया पुरा गरी तयार गरेको रिपोर्ट अञ्जुको इमेल ठेगानामै पठाइदियो । देशबाहिर धेरै टाढा भएर पनि आवदेन पठाएको भोलिपल्टै अञ्जुले रिपोर्ट पाउन सकिन् । प्रहरी रिपोर्टका लागि उनले प्रहरी कार्यालय धाउनु परेन । लौ न गरिदिनुस् भनेर आफन्त गुहार्नु पनि परेन । काम सजिलै र छिट्टै भयो । विदेशमा बस्ने नेपालीलाई प्रहरी रिपोर्ट आवश्यक परेमा यसअघि सम्बन्धितका आफन्त प्रहरी…
काठमाडौँ: बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ आज कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गर्नुभएको थियो । यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो । विसं १९९७ मा काठमाडौँमा जन्मनुभएका तुलाधरको गत कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि कात्तिक १३ गते उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उहाँको निधन भएको थियो । तुलाधरको पार्थिव शरीरमा जेठा छोरा सुजन तुलाधरले दागबत्ती दिनुभएको छ । उपप्रधान एवम्…