Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रहरी रिपोर्ट: लाइनको हैरानी सकियो, जहाँ हुनुहुन्छ त्यहींबाट भर्नुहोस्, अनि घरैमा प्राप्त गर्नुहोस

    प्रहरी रिपोर्ट: लाइनको हैरानी सकियो, जहाँ हुनुहुन्छ त्यहींबाट भर्नुहोस्, अनि घरैमा प्राप्त गर्नुहोस

    पहिलोक्लिकपहिलोक्लिकNovember 5, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन् । फोटो र आवश्यक
    कागजात पनि इमेलमै अट्याच गरिन् ।

    इमेल पाउनासाथ प्रहरी प्रधान कार्यालयले आवेदन तथा कागजात उपर परीक्षण लगायतका आवश्यक प्रक्रिया पुरा गरी तयार गरेको रिपोर्ट अञ्जुको
    इमेल ठेगानामै पठाइदियो ।

    देशबाहिर धेरै टाढा भएर पनि आवदेन पठाएको भोलिपल्टै अञ्जुले रिपोर्ट पाउन सकिन् । प्रहरी रिपोर्टका लागि उनले प्रहरी कार्यालय धाउनु परेन । लौ न
    गरिदिनुस् भनेर आफन्त गुहार्नु पनि परेन । काम सजिलै र छिट्टै भयो ।

    विदेशमा बस्ने नेपालीलाई प्रहरी रिपोर्ट आवश्यक परेमा यसअघि सम्बन्धितका आफन्त प्रहरी प्रधान कार्यालयमै पुगेर आवेदन दिनुपर्थ्यो । तोकिएको दिन पुन: रिपोर्ट लिन पुग्नुपर्थ्यो ।
    स्वदेशमै रहेका सेवाग्राहीलाई फर्म दर्ता गर्न पनि लामो लाइन बस्नु पर्थ्यो ।

    रिपोर्ट लिन केही लामो समय पर्खनुपर्थ्यो । यो समस्या समाधान गरी काम सहज बनाउन प्रहरीले आवेदन संकलनका लागि ९ केन्द्र थप गर्नुपर्‍यो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्र थप गर्न
    र सूचना प्रविधिको प्रयोगलाई अझै व्यापकता दिई तत्काल काम गर्न निर्देशन दिएपछि यस्ता समस्या समाधान भई नागरिकलाई छिटोछरितो सेवा प्रदान हुन सकेको हो । यसका लागि
    प्रहरी प्रधान कार्यालयबाटै तत्काल हेर्न सकिने प्रविधिको प्रयोगले सहयोग पुर्‍याएको छ ।

    अञ्जुजस्तै विदेशमा रहेर सूचना प्रविधिको प्रयोग गरी प्रहरी सेवा लिनेको संख्या अहिले ह्‍वात्तै बढेको छ । गत ३ महिनाको अवधिमा विदेशमा रहेका ३ हजार ६ सय नेपालीले
    आवेदन दर्ता गरेका थिए । तीमध्ये ३ हजार ५ सय ५० लाई रिपोर्ट प्रदान गरिएको तथ्याङ्क छ । कूल दर्तामध्ये ७ सय ४९ जनाले इमेलमार्फत आवेदन दिएकोमा सबैजनालाई इमेलबाटै
    रिपोर्ट पठाइएको छ ।

    उक्त अवधिमा प्रहरी रिपोर्टका लागि ६३ हजार ३० सेवाग्राहीले चालचलन शाखामा आवेदन दिएका थिए । तीमध्ये ६२ हजार ६ सय ८४ लाई प्रहरी रिपोर्ट प्रदान गरिएको छ ।
    ६५ जनालाई मुद्दा जनाएर दिइएको छ भने अन्य प्रकृयामै छन् ।  वितरण गरिएकामध्ये १ सय ९७ रिपोर्ट विदेशी नागरिकका छन् । प्रदेश प्रहरी कार्यालयबाट २ हजार १ सय ४८ जनाले
    रिपोर्ट लिएका छन् । गत आर्थिक वर्षमा कूल २ लाख ७९ हजार, ३ सय ३ जनाले प्रहरी रिपोर्टका लागि फाराम दर्ता गरेका थिए । जसमा ४३ हजार ७ सय ६० महिला र २ लाख, ३५
    हजार ५ सय ४३ पुरूष थिए ।

    फाराम दर्ता भएकामध्ये २ लाख, ७७ हजार ४ सय ९५ लाई रिपोर्ट वितरण गरिएको थियो । यो संख्या आर्थिक वर्ष २०७३/०७४ भन्दा ६६ हजार ९ ले
    बढी हो । उक्त आर्थिक वर्षमा कूल २ लाख ११ हजार ४ सय ३३ प्रहरी रिपोर्ट वितरण गरिएको थियो ।

    सेवाग्राहीको सजिलोका लागि काठमाडौं उपत्यकामा रानीपोखरी, महाराजगंज, गौशाला, कालीमाटी, ललितपुरको जावलाखेल, भक्तपुरमा आवेदन दर्ता र रिपोर्ट वितरण केन्द्र
    तोकिएको छ । उपत्यकाबाहिर ७ वटै प्रदेश प्रहरी कार्यालयमा यो सुविधा उपलव्ध छ । भीड हुने केन्द्रमा बिहान ८ बजे नै फारम लिने व्यवस्था मिलाइएको छ ।

    सेवाग्राहीले उपत्यकामा आवेदन दिएको ३ दिनमा र प्रदेशमा ७ दिनमा प्रहरी रिपोर्ट प्राप्त गर्न सक्छन् । कुनै सेवाग्राहीले तत्काल अत्यावश्यक परेको निवेदन दिएमा आवश्यकता मनन् गरी तोकिएको मितिभन्दा अगावै पनि उपलव्ध गराउने गरिन्छ । यो सुविधा प्रहरी प्रधान कार्यालयमा मात्र उपलब्ध छ । यस्तो छिटोछरितो सुविधा प्रहरीको सकृयता र सूचना प्रविधिको प्रयोगले मात्र सम्भव भएको हो ।

    सूचना प्रविधि आधुनिक जगतको टड्कारो आवश्यकता हो । यसको प्रयोगलाई अझै सशक्त बनाउन नेपाल प्रहरी प्रयासरत छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने नीति
    प्रहरीले अख्तियार गरेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, ‘ विदेशमा रहेका नेपालीहरूलाई आवश्यक पर्ने
    प्रहरी रिपोर्ट छिटो छरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै सम्बन्धीत इमेल ठेगानामा पठाउने व्यवस्था गरिएको छ ।

    ठूलो संख्यामा विदेश जाने नेपालीहरूलाई विभिन्न केन्द्र र सातवटै प्रदेशबाट आवेदन लिने र प्रमाणपत्र दिने ब्यवस्था छ । यसलाई अझै छिटो छरितो र सहज हुने गरी उपलव्ध गराउन भविष्यमा अनलाइनबाटै प्राविधिक तयार गर्ने प्रकृया अगाडि बढेको छ ।

    यसका लागि केही समय लाग्छ ।’ नेपाल प्रहरीले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ । प्रहरीलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण, त्यसका लागि तालिम दिने लगायतका सूचना प्रविधि सम्बन्धी काम प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ ।

    निर्मित सफ्टवयरमध्ये क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस), ‘अटोमेटेड फिङ्गरप्रिन्ट आइडेन्टीफिकेशन  सिष्टम (एएफआइएस)’ र ‘क्यारेक्टर भेरिफिकेसन इन्फरमेशन सिष्टम (सिभिआइएस)’ सफ्टवेयरहरू प्रहरी रिपोर्ट सम्बन्धी कामका लागि प्रयोगमा छन् । सिआरएसमा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक अभिलेख राखिन्छ ।

    जसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ । एएफआइएस सफ्टवयरले विदेशी नागरिक नेपालमा रहँदाको
    आपराधिक अभिलेख औंठाछापबाट थप जाँच गर्न मद्दत गर्दछ ।

    दुबै प्रकृयाबाट आवश्यक जाँचपछि फर्म्याट अनुसारको रिपोर्ट प्रिन्ट गर्ने काममा सिभिआइएस सफ्टवयरले सघाउँछ ।
    निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुनिलकुमार श्रेष्ठ भन्नुहुन्छ, ‘प्रहरी रिपोर्ट वितरणलाई व्यवस्थित र छिटोछरितो बनाउन यी सफ्टवयरहरूले सघाउ पुर्‍याएका छन् ।
    आगामी दिनमा प्रहरी संगठनको आवश्यकता अनुसार सफ्‍टवेयर विकास गरिने छ ।

    सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी र संगठनको हित अनुकूल बनाउन निर्देशनालय कटिवद्ध छ ।’ प्रहरी रिपोर्ट सम्बन्धी काम प्रहरी प्रधान कार्यालय, सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दछ । चालचलन शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटी भन्नुहुन्छ, ‘सूचना प्रविधिको प्रयोगले काम गर्न अति छिटो र सजिलो भएको छ ।

    नेपाल प्रहरीले प्रहरी रिपोर्टसम्बन्धी काम पूर्णतः नि:शुल्क बनाएको छ । आवेदन फर्म सम्बन्धित प्रहरी कार्यालयमै नि:शुल्क उपलव्ध हुन्छ । नेपाल प्रहरीको वेवसाइटबाट सेवाग्राही
    आफैले डाउनलोड गरेर पनि भर्न सक्छन् । स्टिकरवापत लाग्ने १० रुपैयाँसमेत हाल नि:शुल्क गरिएको छ । नागरिकका लागि नेपाल प्रहरीको यो छिटोछरितो सेवा सराहनीय छ

    Facebook Comments Box

    प्रहरी रिपोर्
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.