Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
गोरखा: गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् । डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए। गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि मङ्गलबार साँझ हर्षबढाईका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैँ घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने…
गौशाला: परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताउनुभयो ।बिजयादशमीको दिनसम्म आयोजना हुने उक्त मेलामा हजारौँ पीडित (कारनी) का साथै अन्य दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । उक्त शक्तिपीठमा पूजा–पाठ गरे भूत प्रेत, बोक्साबोक्सी र दुष्टात्माले सताइएका व्यक्तिलाई निको हुने विश्वासमा नेपाल तथा भारतका विभिन्न जिल्लाका हजारौँ भक्तजन तथा सताइएका व्यक्ति आउने गरेको अर्का पूजारी झगरु झाले बताउनुभयो । भूत प्रेतका कारण रुँदै कराउँदै यहाँ आउने व्यक्ति दर्शन पछि…
काठमाडौँ: आज दशैंको सातौं दिन (सप्तमी) अर्थात घर घरमा फूलपाती गरी यसलाई भित्र्याउने चलन छ। यस दिन नेपालि सेनाले सैनिक मन्च टुँडिखेलमा फूलपाती बढाइं गर्ने परम्परा रहिआएको छ। भक्तजनहरुले आज आआफ्नो घरमा सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर प्रत्येक नौका दरले दुर्गापूजा…
बनेपा: सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ । सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर३२जे३४७५ नंको स्कार्पियो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ स्थित कालढुङ्गामा आज बिहान एकापसमा ठोक्किँदा स्कुटरमा सवार तीनै जना गम्भीर घाइते भई उपचारका क्रममा उनीहरुको मृत्यु भएको उनले बताए।…
काठमाडौँ: यातायात व्यवस्था विभागले बिपी राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने सवारी साधनमा गरेको अनुगमनका क्रममा १५ वटा सवारी साधनले तोकेभन्दा बढी भाडा लिएको फेला परेको छ । अनुगमनका क्रममा चलानी हेर्दा विभागले तोकेभन्दा रु ३०० सम्म बढी भाडा लिएको पाइएको छ । बल्खुबाट हेटौँडा, वीरगञ्जलगायत स्थानमा सञ्चालन हुने टाटा सुमोलगायत साना सवारीले पनि बढी भाडा लिएको गुनासोका आधारमा अनुगमन गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। अनुगमनका क्रममा बल्खुबाट चल्ने साना सवारीले बढी भाडा लिएको फेला नपरेको विभागले जनाएको छ । सवारीभित्र चढेर तोकेभन्दा बढी भाडा तिर्नुभएको भए जानकारी पाऊँ भनी सोध्दा कसैले बढी भाडा लिएको भनी उजुरी नगरेको प्रवक्ता…
काठमाडौँ: ग्रामीण क्षेत्रमा ७५ प्रतिशत र शहरी क्षेत्रमा ८५ प्रतिशत घरमा हातधुने स्थान रहेको एक सर्वेक्षणले देखाएको छ । साबुनपानीले हातधुने अभ्यास भने न्यून नै छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा प्रतिवर्ष पाँच हजार बालबालिकाको झाडापखाला कारण अकालमा मृत्यु हुने गर्छ । साबुनपानीले हात धोएमा मात्र बालबालिकाको झाडापखालाबाट हुने मृत्युलाई आधा, निमोनिया हुने मृत्युलाई एक तिहाइ र सुत्केरीका समयमा हुने आमा तथा नवजात शिशुको एक चौथाइ मृत्युलाई जोगाउन सकिने सन्देशसहित ‘सफा हात, मेरो स्वास्थ्यको आधार’ भन्ने मूल नाराका साथ ११औँ विश्वहात धुने दिवस आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको थाहा भएको छ । विश्व हात धुने…
काठमाडौँ: नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । हेरौं कस्ता छन् त राजसंस्थाले प्रयोग गरेका बहुमुल्य श्रीपेच र अन्य सामग्री
काठमाडौँ: नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपम रहेको श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताए । एक व्यक्तिको स्वार्थ र अहङ्कारको मारमा जनता पर्नुपर्ने शासनको अन्त्यका लागि लखन थापा, योगमाया, कृष्णलाल अधिकारी, महाकवि देवकोटा, बालकृष्ण सम, कृष्णप्रसाद कोइराला, मनमोहन अधिकारी, बिपी कोइराला, मातृकाप्रसाद कोइराला, रामनाथ दाहाल, ९६ सालका शहीद सबैले लडेको…
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत रु एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ । यस्तै गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीलाई समेत साधारण शेयर बिक्री गरिसकेको छ । आयोजनाले दोलखावासीलाई रु एक अर्ब पाँच करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । तेस्रो चरणमा आम सर्वसाधारणलाई…
काठमाडौँ: सरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करीब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए पनि संस्थानले पश्चिमी क्षेत्रबाट खसीबोका खरिद गर्न नसकेपछि मकवानपुरबाट ल्याएको हो । निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका कारण लक्ष्यअनुसारको खसीबोका खरिद गर्न नसकिएको संस्थानका प्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिए। संस्थानले आज बिहानसम्म ६५० च्याङ्ग्रा बिक्री गरिसकेको छ । मुस्ताङबाट ९२० च्याङ्ग्रा खरिद गरी ल्याइएको थियो । खसीबोका प्रतिकिलो रु ५०० र च्याङ्ग्रा प्रतिकिलो रु ७०० मा बिक्री वितरण गरिएको संस्थानले जनाएको…