Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: निर्मल पन्त हत्याराको गिरफतारी र उनको निमित्त न्यायको लागि शनिबार राजधानीको सडकमा उत्रिएका जमाको हुलमा नयाँ शक्ति पार्टीकी नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले आफूलाई राज्यले जिम्मेवारी दिए पन्तको हत्यारा पत्ता लगाइदिने बताएकी छिन्। ‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तर्गत आज राजधानीमा भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै धमलाले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाइन्। पन्तको हत्यारा पत्ता लगाउन थुप्रै प्रमाण रहेको भन्दै उनले भनिन्, ‘सकेन भन्छ सरकार । लाज लाग्दैन कुर्सीमा बस्न ?’ पूँजीवादका कारण बलात्कार तथा महिला हिंसा बढेको भन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति पनि उनले कडा कटाक्ष गरिन् उनले। उनले संसदमा ३३ प्रतिशत महिलाले स्थान ओगटेर बसेको र…

Read More

दमौली: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। नेपाली काङ्ग्रेस भानु नगर समितिले दशैँ, तिहार, छठ, नेपाल संवत्का अवसरमा आज भानु नगरपालिका–१ मा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, “काङ्ग्रेसभित्र भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले गफ मात्रै गर्ने काँग्रेसभन्दा कर्मशील काँग्रेस आजको आवश्यकता हो भन्दै कम्युनिष्ट बिग्रेलान् र काँग्रेस बन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताए । “कम्युनिष्ट बिग्रेर काँग्रेस बलियो हुने होइन”, उनले भने, “आफैभित्र भएको कमजोरी सुधार्दै बलियो बन्नुपर्छ ।” नेता पौडेलले काँग्रेसलाई सही ढङ्गले अघि बढाउन पार्टीभित्र सङ्घर्ष जारी रहेको उल्लेख गर्दै सङ्घर्षले सफलता मिल्ने विश्वास…

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् भने ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० जीपीए ल्याएको बोर्डले जनाएको छ । २४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याएका छन् । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए ।

Read More

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशका विभिन्न पार्टीसंग चाँडै नै एकता हुने बताएका छन् । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “राप्रपा परिवेशका विभिन्न पार्टीसंग यस बारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको छ ।” अध्यक्ष थापाले नेपालीपन र पहिचान झल्काउने यी पर्वको विशिष्ट महत्व रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्र्धनमा पार्टी निरन्तर क्रियाशील रहेको बताए । नेपाली संस्कृतिमा सदियौँदेखि स्थापित घटस्थापनाका दिनलाई सरकारले सार्वजनिक बिदा कटौती गर्न नहुने बताउँदै उनले मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायको विभिन्न…

Read More

काठमाडौँ : नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गरे । भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ…

Read More

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य एक खर्ब १४ अर्ब ३० करोड रुपैयाँ बराबरको रहेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ । यस्तै दोस्रोमा नविल बैंक लिमिटेड रहेको छ । सो बैंकको ७५ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको ६८ अर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । चौथोमा स्ट्यान्डर्ड चार्टड…

Read More

काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत आज पनि राजधानीमा प्रदर्शन गरिएको छ। माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् । गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो। घटना भएको २ महिना बिते पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

Read More

काठमाडौँ: आइसिसी विश्व टी–२० क्रिकेट अन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जीत निकाल्न सफल भएको छ । छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत निकालेको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । नेपालको जीतमा कप्तान पारस खड्काले अविजित ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित २७ रन जोडे तथा ओपनर विनोद भण्डारी १२ र अनिलकुमार साहले एक रनको योगदान गरे । यसअघि टस जीतेर ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा सबै…

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमको चिनियाँ जहाजले शनिबारबाट लुक्लाको तेन्जींङ हिलारी विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ। आज बिहान ६ बजेदेखि नै वाई-१२ विमानले तीनवटा र ट्वीनअटरले एउटा उडान गरेको छ, यसलाई नेपाल वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धी मानिएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए । ट्वीनअटर जहाजले कहिलेकाहिँ लुक्लामा उडान गर्दथ्यो, तर आज हामीले वाई-१२ जहाजबाट कमर्सियल उडान गर्‍यौं, उनले भने । निगम सँग भएको दुईवटा १७ सीटे वाइ १२-इ जहाजले तीनवटा र एउटा १९ सिटे ट्विनअटर (कल साइन ९ एन-एबीयु) जहाजले एउटा उडान गर्ने उनले जानकारी दिए। ट्विन अटरबाट गरिने एउटा उडान डिले सेडुल अन्तर्गत रहेको उनले बताए। चिनियाँ…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन् । वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उनले भने, “पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, भोलि आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी जाँदैछौ, यसमा कुनै समस्या छैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गरे । “सरकारको कामलाई प्रभावकारी बनाउन हामी समीक्षा गर्दैछौँ, मानिसले…

Read More