Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब २३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेको अर्थमन्त्रालयले जनाएको छ । उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता…

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा शुक्रबारबाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ । संस्थानका अनुसार आज बेलुकासम्म तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँन शुरु गर्ने भएकाले शुक्रबार बिहान १०/११ बजेबाट थापाथली कार्यालयबाट विक्री शुरु गर्ने छ । यो वर्ष संस्थानले दशैंका लागि राजधानीमा दुई हजार खसीबोका र च्याङ्ग्रा विक्री वितरण गर्ने भएको छ । संस्थानले एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा गरी दुई हजार चौपाया विक्री गर्ने तयारी थालेको संस्थानका प्रवक्ता शंकर सापकोटाले पहिलोक्लिकलाई बताए । उनले भने संस्थानले घटस्थापनादेखि विक्री शुरु गर्ने तयारी गरे पनि मुस्ताङबाट च्याङ्ग्रा ल्याउन एक दिन ढिला भएकोले बिहिबार बाट…

Read More

काठमाडौं : चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ। भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ। सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ। थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेका हुन्। चाडपर्वको मुखमै मूल्यवृद्धि गरेर उनीहरूले मौकाको फाइदा उठाउन खोजेका छन्। तर व्यापारीले बाहिरबाट आयात गर्ने सामानमा डलरको विनिमय दर बढेकाले सामानको भाउ बढेको दाबी गरे। ढुवानी खर्च वृद्धि भएको, आन्तरिक उत्पादनमा कमी आएको र उत्पादन हुने मौसम सकिएकाले…

Read More

फिक्कल: इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् । उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै विद्युत्…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी अस्पतालले भन्दा निजी अस्पतालले दिने सेवा राम्रो हुन्छ भन्ने आम जनमानसमा भ्रम रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा गम्भीर भएर सेवा दिन चिकित्सकलाई आग्रह गरेका छन्। ओलीले आज भक्तपुरको दुवाकोटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत र नयाँ शल्य क्रिया भवनको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा ब्यक्त गरेका हुन्। उनले भने, “देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने, एउटा खुट्टा बिरामी छ अर्काेको उपचार गर्ने ? यो तहको चिकित्सा सेवाले कहाँ पु¥याउँछ ? यस प्रकारको हेलचेक्र्याईं दोहोरिन भएन, चिकित्सक र सिङ्गो चिकित्सा क्षेत्र गम्भीर…

Read More

काठमाडौँ: सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको शुरुआत गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत गरेको हो । अस्पतालका निर्देशक प्राडा भुपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृतसमेत दिएको जानकारी दिए। ओपिडी सेवा बिहान ९ देखि ५ बजेसम्म हुने उनले बताए। थप उपचार गर्नु परेमा वीर अस्पतालमा अर्काे टिकट लिन नपर्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न भौतिक संरचना गर्न करीब ५७० रोपनी जमीन…

Read More

काठमाडौँ : सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको शुरुआत गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत गरेको हो । अस्पतालका निर्देशक प्राडा भुपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृतसमेत दिएको जानकारी दिए । ओपिडी सेवा बिहान ९ देखि ५ बजेसम्म हुने उनले बताए । थप उपचार गर्नु परेमा वीर अस्पतालमा अर्काे टिकट लिन नपर्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न भौतिक संरचना गर्न करीब…

Read More

धनुषा: भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल आज जनकपुर आइपुगेको छ । आज अपराह्न ब्लास्ट बोकेको ५३ ¥याकसहित रेल जनकपुर आइपुगेको हो । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् । भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो । निर्माणाधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ ¥याक सहितको…

Read More

काठमाडौँ : आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ‘इमाजिन नेपाल’ नामक संस्थाले यस वर्ष काठमाडौँदेखि रारा तालसम्मको गन्तव्य तयार गरेको छ । उक्त संस्थाले स्थानीय जनजीवनका विभिन्न संस्कृति, सम्पदा, वन्यजन्तुका साथै पर्यटकीय स्थलबारे खोज अनुसन्धान गरी वृत्तचित्र निर्माण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा त्यसको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । सन् २०१६ मा स्थापित संस्थाले यसअघि मनाङ र लोमान्थाङको भ्रमण गरी ‘इमाजिन नेपाल मनाङ’ र ‘इमाजिन नेपाल लोमान्थाङ’ नामक वृत्तचित्र निर्माण गरेको थियो । ‘इमाजिन नेपाल मनाङ’को वृत्तचित्र करीब पाँच लाखले अवलोकन गरेपछि त्यहाँ पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको आयोजकले जनाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा…

Read More

बेत्रावती:दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्पराअन्तर्गत नीरञ्जना मन्दिरमा यो वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए । “ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ”, पुजारी पौडेलले भने, “यसको पूजाआरधना र जल पनि आलोपालोरुपमा चढाउने गरिएको छ ।” नुवाकोट, रसुवा र धादिङका नौ…

Read More